फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसनको नयाँ कार्यसमिति चयन, घिमिरे बने अध्यक्ष

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । मंसिर ३ गते सम्पन्न संस्थाको २० औं वार्षिक साधारणसभाले १० जनाको नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा नानिराज घिमिरे चयन भएका छन् । उनले ६९ मत पाएका छन् । उनका प्रतिस्पर्धी रामकृष्ण प्रसाईले ५४ मत प्राप्त गरेका छन् । त्यस्तै, समितिको महासचिवमा ज्ञानेन्द्र प्रसाद दाहल विजयी भएका छन् । उनले ८१ वटा मत प्राप्त गरेको छ । उनका प्रतिस्पर्धी ऋषिराज घिमिरेले ४० मत ल्याएर पराजित भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यमा ८ जना निर्वाचित भएका छन् । जसमा राजन गौतम, अशोक कुमार श्रेष्ठ, निर्मल भट्टराई, अनुप मानन्धर, केशर बहादुर प्रधान, त्रिलोक श्रेष्ठ, जीवन कुमार श्रेष्ठ र शंकर कुमार गौतम रहेका छन् ।

श्रममन्त्री भन्छन्ः प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमाजर्न गछौँ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने बताएका छन् । शुक्रवार वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिवद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउने बताएका हुन । ‘फ्रि भिसा र फ्रि टिकट’ भन्ने नारालाई लागू नगर्नेहरुलाई कानूनी कारबाहिको दायरामा ल्याउने भन्दै मन्त्री श्रेष्ठले श्रमीकहरुलाई एजेन्टमार्फत् नभइ सिधा म्यानपावरसम्म पु¥याउनका लागि पहल गर्ने बताए । सरकारले श्रमीकहरुको हकहीतमा केन्द्रित रहेर केहि विशेष निर्णय गर्न लागेको उनको भनाई थियो । उनले आफ्नो पहिलो प्राथमिकता श्रमीकहरुको हकहीत हुने बताउँदै श्रमीकहरुको हकहीत खोस्नेहरुलाई कानूनअनुसार कारबाही गर्ने दाबी गरे । ठगिएका श्रमीकहरुको कुरा नसुनी कुनै मुद्धा नछिन्ने बताउँदै उनले जतिसुकै दबाव आए पनि श्रमीकको सुरक्षा र हकहीतमा लागिरहने प्रतिवद्धता व्यक्त गरे । उनले पीडितलाई न्याय दिलाउन र पिडकलाई कारबाही गर्न मन्त्रालय कटिवद्ध रहेको जानकारी गराए । यस्तै, मन्त्री श्रेष्ठले मलेसियामा वैदेशिक रोजगारका गएका नेपालीहरुको धेरै मृत्यु भएको बताउँदै यसको अनुसन्धान गरेर अघि बढ्ने त्यसतर्फ श्रमीकलाई सचेत गराउने बताए । उनले सबैभन्दा ठूलो समस्या भारतमा जाने नेपाली कामदारहरुको भएको भन्दै कामदाहरुले न्यूनतम पारिश्रमीक पाउने व्यवस्थाका लागि समेत पहल गरिरहेको जनाएका थिए ।

प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले प्रमिला केसी थापा र रेशम थापालाई नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक प्रमिला केसी थापाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् । सञ्चालक रेशम थापा कम्पनीको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका हुन् । यससँगै, दुबै सञ्चालकले मंसिर ३ गतेदेखि नै इन्स्योरेन्समा आफ्नो जिम्मेवारी सम्हाल्दै छन् ।