नेपाल क्लियरिङ हाउसले माग्यो ठुलो संख्यामा कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।  नेपाल क्लियरिङ हाउसले धेरै संख्यामा कर्मचारी माग गरेको छ । नेपाल क्लियरिङ हाउसले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हाे । कम्पनीले सपोर्ट एनलाइस्टका लागि १ जना, स्टिम एनलाइस्टका लागि ४ जना, टेक्निकल एनलाइस्टका लागि १ जना, आइओएस डेभलपरका लागि १ जना, जुनियर एनड्रोयड डेभलपरका लागि १ जना, क्युए इन्जिनियरका लागि १ जना, विजनेश एनलाइस्टका लागि १ जना, फेलोसिप इन्ट्रन अन्तर्गत ९ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको वेवसाइट मार्फत फागुन २४ गतेभित्र आवेदन दिन सक्नेछन् ।  

पूर्व सचिव पुडासैनी कृषि विकास बैंकको अध्यक्षमा नियुक्त

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा पूर्व सचिव पुडासैनी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले पूर्व राजस्व सचिव रामशरण पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो । बैंकको बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको सञ्चालक समिति सदस्य सन्जीव पौडेलले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार अर्थमन्त्रालले पुडासैनीलाई बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । पुडासैनी गत साउनमा सेवाबाट निवृत्त भएका थिए । अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर उनी गत साउन २४ गते सेवानिवृत्त भएका हुन् । नेपालको अर्थतन्त्र सुधारमा पुडासैनीको ठूलो योगदान रहेको छ । २०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरी २५ वर्ष अर्थमन्त्रालयमा कार्यरत थिए । पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ । निजामति सेवामा ३३ वर्ष विताएका पुडासैनी ५८ वर्षे उमेर हदका कारण साउन २४ गते सेवानिवृत्त भएका थिए ।

रिडी पावरको अध्यक्ष बने सन्जिव न्यौपाने

काठमाडौं । रिडी पावरको अध्यक्षमा सन्जीव न्यौपाने नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले अध्यक्षमा न्यौपानेलाई नियुक्त गरेको हो । यसअघि अध्यक्ष रहेका गुरुप्रसाद न्यौपानेले राजिनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो । सञ्जीव गुरू प्रसादका छाेरा हुन् । उनी लामाे समयदेखि जलविद्युत क्षेत्रकाे विकासमा सक्रिय छन् । उनले अपी पावरमा कार्यकारी निर्देशक तथा जनता बैंककाे सञ्चालककाे जिम्मेवारी सम्हालिसकेका छन् । यस्तै, कम्पनीले स्वतन्त्र संचालकमा दिव्य कोइरालालाई नियुक्त गरेको हो ।