नेपाल टेलिकममा काम गर्ने अवसर, यी १३ पदका लागि माग्यो कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । नेपाल टेलिकमले विभिन्न १३ पदका लागि ७३ जना कर्मचारी माग गरेको छ । कम्पनीले जुनियर टेक्निसियनदेखि उपप्रबन्धक पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले उपप्रबन्धकमा १ जना कर्मचारी माग गरेको छ । त्यस्तै, कम्पनीले वरिष्ठ इन्जिनियर पदमा २ जना, वरिष्ठ लेखा अधिकृतमा १ जना, टेलिकम इन्जिनियर पद (इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन) मा १० जना, टेलिकम इन्जिनियर (कम्प्युटर) पदमा ५ जना, टेलिमक इन्जिनियर (इलेक्ट्रिकल) पदमा ३ जना र सिभिल इन्जिनियरमा १ जना कर्मचारीको माग गरेको छ । त्यसैगरी, कम्पनीले सहायक लेखा अधिकृत पदमा ४ जना, सहायक प्रशासनिक अधिकृत पदमा ३ जना, सहायक व्यापार अधिकृत ४ जना, टेक्निसियन पदमा ११ जना, सहायक पदमा ११ जना र जुनियर टेक्निसियन पदमा १७ जना कर्मचारी माग गरेको छ । कम्पनीले महिला, आदिवासी जनाजाती, मधेशी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रलाई समावेश गरेर विभिन्न पदमा कर्मचारी माग गरेको हो । टेलिकमअनुसार ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हिमालयन एभरेष्ट इन्स्योरेन्समा आकर्षक रोजगारीको अवसर
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले क्लेम डिपार्टमेन्टमा म्यानेजिरियल लेभल र एसिस्टेन्ट अफिसर लेभलका लागि केहि संख्यामा कर्मचारी माग गरेको जनाएको छ । उक्त पदहरुमा आवेदन दिनको लागि आवेदकले विजनेशमा स्नात्तक तह वा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले इन्स्योरेन्स कम्पनीको इमेल मार्फत फागुन २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।
सिभिल छोडेका सुनिल पोखरेल विदेशी बैंकको सीईओ बन्दै, ३ वर्षका लागि नियुक्त हुँदै
काठमाडौं । सिभिल बैंक छोडेका सुनिल पोखरेल विदेशी बैंकको प्रमुख कार्यकारी अधिकृत बन्ने भएका छन् । उनी पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंक लिमिटेडको सीईओ बन्न लागेका हुन् । उनी ३ वर्षका लागि सो बैंकको सीईओ बन्न लागेको बुझिएको हो । उनी बुधबार मात्रै सिभिल बैंकको सीईओबाट बाहिरिएका हुन् । सिभिलबाट बाहिरिएसँगै उनी विदेशी बैंकको सीईओ बन्ने निर्णयमा पुगेका हुन् । उनको नियुक्तीको विषय भने भोलि अर्थात् शुक्रबार फाइनल हुनेछ । पोखरेलले सिभिल बैंक छोडेसँगै विदेशी बैंक टिसाको सीईओ बन्ने कुरा भएको विकासन्युजसँग बताए । ‘सिभिल बैंकमा सबै विषय मिलाइयो, साथीहरुको भावना पनि समेटियो, अब विदेशमा पनि काम गर्नु पर्छ भन्ने मानसिकता बनाएपछि टिसा बैंकसँग कुरा भएको हो, भोलि मात्रै यकिन हुन्छ,’ उनले विकासन्युजसँग भने । उनीसँग यसअघि पनि विदेशी बैंकमा काम गरेको अनुभव छ । उनले म्यानमारस्थित युनाइटेड अमरा बैंकमा पनि काम गरिसकेका छन् । त्यसपछि उनले म्यानमारकै एजीडी बैंकमा काम गरे । उनले करिब २० वर्ष तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरे । उनले एनआइसी एसिया बैंकमा पनि करिब ५ वर्ष काम गरे । नबिल बैंकमा पनि एक वर्ष काम गरेको उनीसँग अनुभव छ । २०७८ जेठमा उनी सिभिल बैंकको सीईओ बनेका थिए । अहिले सिभिल बैंक हिमालयन बैंकसँग गाभिएपछि उनले सो बैंकबाट बाहिरिने निर्णय गरे लगत्तै विदेशी बैंकको सीईओ बन्ने अवसर पाएका हुन् । सिभिल बैंकबाट पोखरेलसहित ८ जना व्यवस्थापन टीमका कर्मचारीले स्वेच्छिक अवकास सुविधा (भिएसआर) लिएर बाहिरिएका छन् । उनीहरु दुई वर्षको सेवा सुविधा लिएर बाहिरिएका हुन् । सिभिल बैंकका तत्कालीन सीईओ गोविन्द्र गुरुङले सिभिल छोडेर विदेशी बैंकको सीईओ बन्न गएपछि सिभिल बैंकको सिईओ पोखरेल बनेका थिए । सिभिल बैंकको सीईओ बनेपछि विदेशी बैंकमा जाने अभ्यास पनि देखिएको छ । विदेशी बैंकिङ सम्बन्धि राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा पोखरेल चिनिन्छन् । सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका पोखरेलले सिभिल बैंकलाई बैंकिङ क्षेत्रमा एक प्रतिस्पर्धी बैंकका रुपमा स्थापित गरेका छन् । कस्तो बैंक हो टिसा ? दी टीचर्स सेभिङ्स एण्ड लोन सोसाइटी लिमिटेड (टिसा) पपुवा न्यूगिनीको एउटा वाणिज्य बैंक स्तरको वित्तीय संस्था हो । यो बचत तथा ऋण समाज र प्यासिफिकको सबैभन्दा ठूलो क्रेडिट युनियन हो । टिसा बचत तथा ऋण समाज ऐन २०१५ अन्तर्गत दर्ता गरिएको बचत र ऋण समाज हो । नेपालमा बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरिभिजन नेपाल राष्ट्र बैंकले गरे जस्तै यसको नियमन बैंक अफ पपुवा न्यूगिनीले गर्छ । यो कम्पनीलाई लगानी प्रवर्द्धन प्राधिकरणले पनि नियमन गर्छ । यो कम्पनी शिक्षा विभागका दर्ता भएका शिक्षक र कर्मचारीहरूलाई बचतमा सक्रिय रूपमा संलग्न गराउनका लागि सन् १९७२ मा स्थापना भएको थियो । अहिले नेपालमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषले गर्ने काम जस्तै यो कम्पनीसाग पनि सरकारी र निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुको आवद्धता छ । यसले मुख्य गरेर बचत र ऋण काम गर्छ । त्यसैले पनि यो एउटा बैंकको रुपमा परिचित छ । यसले सदस्यहरूलाई बचतमा सक्रिय रूपमा संलग्न गराउन र ऋण प्रदान गर्ने गर्छ । बैंकिङ र फाइनान्स, एयरलाइन्स, बीमा लगायत क्षेत्रमा पनि यस संस्थाको लगानी छ ।