साढे १३ अर्ब खर्चेर काठमाडौंमा सहरी केवलकार बनाइने, अनुमति पाएको २ वर्षभित्र संचालनको तयारी
काठमाडौं । काठमाडौंमा सहरी केवलकार बनाउन पञ्चकन्या इन्डस्ट्रियल ग्रुप, कालिका कन्ट्रक्सन ग्रुप, फ्रान्सेली कम्पनी पोमा सास र काठमाडौं एयर ट्राम एण्ड केवलकारले संयुक्त रुपमा प्रक्रिया अगाडि बढाएका छन् । यी चारवटा कम्पनीले गरेको संयुक्त प्रयासबाट काठमाडौं उपत्यकाको विभिन्न चार वटा स्टेशनबाट केवलबार संचालन गर्न सकिने उल्लेख छ । केवलकार संचालनका लागि करिब साढे १३ अर्ब रुपैयाँको लागत अनुमान गरिएको काठमाडौं एयर ट्राम एण्ड केवलकारका अध्यक्ष श्याम श्रेष्ठले बताए । उनका अनुसार प्रक्रिया अगाडि बढाइएको छ । ‘अहिले सरकारसँग केवलकार निर्माण गर्न अनुमति माग्ने र लगानी जुटाउने काम भइरहेको छ,’ श्रेष्ठले विकास न्युजसँग भने । सरकारी अनुमति पाउनसाथ निर्माण चरणमा जाने गरी तयारी भइरहेको छ । सरकारले निर्माण अनुमति दिएको २ वर्ष भित्रमा काठमाडाैमा केवलकार संचालन गर्ने योजना रहेको श्रेष्ठको भनाइ छ । उनका अनुसार जम्मा काठमाडौं भित्र संचालन हुने यस्तो केवलकार २५ देखि ४० किलोमिटरमा हुने उल्लेख छ । २५० वटासम्म गोन्डोला अर्थात केवलकारकाे डिब्बा रहेने छन् । यो केवलकारमा प्रति गोन्डोलाको यात्रु क्षमता १२ जनासम्म हुने छ । काठमाडौंमा संचालन हुने यस्तो केवलकारमा भएको योे लगानी ८ वर्षमा नै फिर्ता हुन सक्ने अनुमान गरिएको छ । हरेक स्टेशनबाट दैनिक एकतर्फि नै २० हजार यात्रुलाई सेवा दिन सक्ने क्षमताको यो केवलरमा दुइतर्फि भने ४० हजार जना रहने उल्लेख छ । प्रति यात्रु जार्च ६० रुपैयाँ हुने यस्तो केवलकारमा पर्यटकका लागि भने १ सय देखि १२० रुपैयाँसम्मको प्रस्ताव गरिएको छ । के छ विस्तृत संम्भाव्यता अध्ययन प्रतिवेदनमा ? काठमाडौंकाे सहरि केवलकारको नाममा भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन यस अघि नै फ्रान्सका दुईवटा कन्सल्ट्यान्ट कम्पनीले तयार पारिसकेकाे उल्लेख छ । प्रतिवेदनमा काठमाडौंमा केवलकार सञ्चालनका लागि चारवटा लाइनहरुको पहिचान गरिएको छ । लगनखेल—जमल, टंकेश्वर—गोंगबु, कलंकी—रत्नपार्क र बौद्धनाथ—बिष्णुमति गरी चारवटा लाइनमा केवलकार सञ्चालन गर्न सकिने उल्लेख छ । प्रतिवेदनअनुसार बौद्धनाथदेखि विष्णुमतिसम्म केवलकारको दुरीमा ७ किलोमिटर हुनेछ । यसमा एक एक किलोमिटर दुरीमा ७ वटा स्टेशन हुनेछन् । बौद्धनाथ, चावहिल, भण्डारखाल, डिल्लीबजार, रत्नपार्क, दरबार क्षेत्र र विष्णुमतिमा स्टेशन हुने उल्लेख छ । यी बाहेक अन्य लाइनमा पनि एक एक किमिकाे स्टेशन हुने छन् । काठमाडौं अर्बन केवलकार परियोजनाको डीपीआरका लागि फ्रान्सेली कन्सल्ट्यान्ट कम्पनीसँग भौतिक मन्त्रालयले सन् २०१५ फेबुअरीमा सम्झौता गरेको थियो । एक वर्षभन्दा बढी समय लगाएर कन्सल्ट्यान्ट कम्पनीले सन् २०१६ मा नै प्रतिवेदन बुझाएको थियो । यो प्रतिवेदनमा अहिले निर्माण कम्पनीले सरकारबाट गो अ हेड भन्ने अनुमाति मात्रै पर्खिरहेको पनि श्रेष्ठले बताए । प्रक्रिया अगाडि बढाउने र लगानी जुटाउनेसँगसँगै यो केवलकार परियोजना लागि लागनी जुटाउने र निर्माणका निम्ति आवश्यक प्रक्रिया सँगसँगै अगाडि बढाउने काम भइरहेको पनि श्रेष्ठले जानकारी दिए । उनका अनुसार ठूलो लगानी भएको र एउटैले जुटाउन नसक्ने भएकोले विदेशी लगानीकर्ता र दातृ निकायसमक्ष पनि आग्रह गर्ने काम भइरहेको उनले बताए । नेपाली लगानीकर्ता, फ्रान्सेली लगानीकर्ता, एसियाली विकास बैंक (एडीबी) विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) लगायतलाई सहभागी बनाएर पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा केवलकार निर्माण गर्ने योजनासमेत रहेको उल्लेख छ । केवलकारले यात्रुको ५० देखि ६० प्रतिशत समय बचत गरिदिने हुने, निजी सवारी सञ्चालनको खर्च घट्ने, सवारीको जाम ५० प्रतिशतसम्मले नै घट्ने, प्रदूषण कम गर्ने र वातवरणमैत्री हुने दाबी कम्पनीको छ । सहरीकरणको तीब्र विकाससँगै केवलकार आवश्यकता भएको पनि श्रेष्ठले जानकारी दिए ।
नयाँ वायुसेवालाई उडान अनुमति पाउँनै कठीन, नियमक निकायमै वर्षोसम्म अड्किन्छ फाइल
काठमाडौं । नयाँ वायुसेवा कम्पनीले पर्यटन मन्त्रालयका वायुसेवा संचालनको इजाजत (लाइसेन्स) पाएको वर्षोसम्म पनि उडान अनुमति पाउन सकेका छैन । तीन वर्षअगाडि नेपालका वायुसेवालाई युरोपेली युनियन (इयू) अन्र्तगको यूरोपेली आयोगले सूरक्षा सूची (कालोसूचि)मा राखेपछि नेपाली वायुसेवाको उडान अनुमति (एओसी)मै निकै कठीन भएको छ । उड्डयन क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ वायुसेवालाई एओसी दिन निकै झन्झटिलो व्यवस्था गरेको छ भने समयमा काम नै नगरिदिने सरकारी निकायको ढिलासुस्तीले कम्पनीका व्यवसायीक योजना नै प्रभावित हुने गरेका छन् । आन्तरिक उडानका वायुसेवा कम्पनीका अनुसार मन्त्रालयबाट इजाजतपत्र पाएको एक वर्षसम्म हवाई क्षेत्रको नियमक निकायमै अनुमति लिन दौडधूप गर्नुपर्ने बाध्यता रहेको छ । पछिल्लो समय डेड दशकदेखि हेलिकोप्टर उडान गरिरहेको श्री एयरलाइन्सले नियमित उडानमा आन्तरिक वायुसेवा प्रयोग गर्न चाहेको छ । यो वायुसेवाले ६ महिना अगाडि नै पर्यटन मन्त्रालयबाट इजाजत लिइसकेको छ । यो वायुसेवाले एओसीका लागि प्राधिकरणमा आवेदन दिएको ६ महिना भैसकेको भएपनि अझै दुईतीन महिना लाग्नसक्ने अवस्था देखिएको छ । इयुको कालोसूचिपछि नेपालमा दर्ता हुने नयाँ वायुसेवाले अनुमति पाउन झन्झटिलो प्रकृया पूरा गर्नुपर्ने र लामो समय लाग्ने गरेको तथा नियमक निकायको ढिलासुस्ती हुने गरेको पनि सम्वन्धित वायुुसेवा कम्पनीको बुझाई छ । प्राधिकरणका लाइसेन्सिङ विभाग प्रमुख राजु श्रेष्ठका अनुसार अनुसार प्रक्रिया पूरा गरेर आउने वायुसेलाई हामीले रोक्दैनौ । सबै प्रक्रिया पूरा नगरे तथा कागजाता नमिलाएसम्म अनुमति दिन पनि सक्दैनौ, उनले भने । प्राधिकरणको हवाई उडान सुरक्षा विभागका अनुसार श्री एयरलाइन्सको प्रक्रिया तेस्रो चरणमा पुगेको छ । यो वायुसेवाले हेलिकोप्टरबाट फिक्स विंग्स ( नियमति उडानका पंखा जडिन जहाज) ल्याउन खोजेको छ । यो कम्पनी संचलनमै भएपनि यसले नयाँ सरहको प्रक्रिया पूरा गर्नुपर्ने भएकोले समय लागेको पनि उड्डयन विभागको भनाइ छ । नेपालमा हवाई उडानको लागि प्राधिकरणबाट उडान अनुमति माग गरेको हेलिकोप्टर सेवा प्रदायक कम्पनी एभरेष्ट हेलिलाई करीब एक वर्ष उडान अनुमति दिएको थियो । पछिल्लो त्यस अघी अल्टिच्यूट हेलिकोप्टरले पनि ६ महिना भन्दा बढीको समय खर्चनु परेको थियो । अहिले नियमित आन्तरिक उडानको अनुमति लिने तयारी गरिरहेको श्री एयरलान्यसले पनि करीब ६ महिनादेखि दौडधूप थालिरहेको छ । यो वायुसेवाले भदौ २२ गते पर्यटन मन्त्रालयबाट लाइसेन्स पाएको थियो । समयमा नै एसोसी पाएको भए ६ महिना भित्रमै जहाज उडान गरिसक्ने योजना रहेको पनि श्री एयरलाइन्सले जानकारी दिएको छ । श्री एयरलायन्सका अनुसार प्राधिरकणका कर्मचारीले समयमा काम नगर्ने, कागजपत्रमा नै अल्झाइरहने । एकैदिनमा हुने कामलाई पनि महिनौ झुलाउने गरेको कारण समयमा नै सेवा विस्तार गर्न नसकिएको गुनासो एयरलाइन्सको छ । पर्यटन मन्त्रालयबाट ६ अगाडि नै इजाजत पाएलगत्तै श्री एयरलाइन्सले एओसीको प्रकृयासुरू गरेको भएपनि यसको काम भर्खरै तेस्रो चरणमै रहेको एयरलाइन्सका कर्पोरेट प्रमुख अनिल मानन्धरले बताए । उनका अनुसार अझै चौथाे र पाँचौ प्रक्रिया बाँकी नै छ । नेपालमा दर्ता हुने नयाँ वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको नियम अनुसार पूर्व आवेदन, औपचारिक आवेदन, कागजपत्र मूल्यांकन, जहाजको परिक्षण उडान तथा निरीक्षण र उडान अनुमति पत्र गरेर विभिन्न पाँच चरण पार गर्नुपर्ने पनि प्राधिकरणको भनाइ छ । यो पाँचवटै चरण पार गरेको अवस्थामा मात्रै नयाँ वायुसेवाले एओसी पाउने प्राधिरणको हवाई उड्डयन सुरक्षा विभागको भनाइ छ । वायुसेवाको उडान योग्यताको लागि आवश्यक सबै प्रकृया पूरा गरेपछि मात्रै अनुमति दिने गरिएको छ । प्राधिकरणले इयुको कालोसूचीमा परेपछि आफ्ना कजोरी लुकाउन वायुसेवा कम्पनीलाई दोष दिने गरेको छ । १७ वर्षको हेलिकोप्टर उडानपछि फिक्स विंग्समा जाँदै नेपालमा श्रीले एमआई १७ नामक ठूला र एएस ३५० बी ३ नामक साना हेलिकोप्टर संचालन गरिरहेको छ । हेलिकोप्टरमा राम्रो सेवा गरेको अनुभवलाई नै जहाजमार्फत अन्तरिक र अन्तराष्ट्रिय उडानमा प्रयोग गर्ने योजना बनेको मानन्धरको भनाइ छ । श्रीले आन्तरिक उडानका लागि ५० सीट क्षमताका सीआर जे २०० नामक तीनवटा जहाज ल्याउने भएको छ । तत्काल दुईवटा यो जहाज ल्याएर उडान संचालन गरिहाल्ने योजना श्रीको छ । काठमाडौं विमानस्थललाई आधार बनाएर माउन्टेन फ्लाइट, भन्द्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीसहितका शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुटका) गन्तव्यमा उडान गर्ने योजना यो वायुसेवाको छ । आन्तरिक उडानका यी गन्तव्यमा उडान गर्न सीआरजे २०० नामका जहाजबाट उडान हुन्छ । देशभित्र उडान गर्न ५० र ७० सीटका क्षमतामा जहाज हेरिएको मानन्धरको भनाइ छ । उड्डयन नियम अनुसार कम्तिमा दुईवटा जहाज संचालन गर्नुपर्ने भएकोले एकैपटक दुईवटा र थप एक गरी दुइटै क्षेत्रमा तीनतीन वटा जहाज हुने छ ।
आइतबार उपराष्ट्रपति नन्दबहादुर पुनद्धारा चन्द्रागिरि केबलकारको भ्रमण
काठमाडौं । आइतबार उपराष्ट्रपति नन्दबहादुर पुनले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक भ्रमण गरेका छन् । उक्त अवसरमा उपराष्ट्रपतिले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरको दर्शन गरेका छन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गरेका छन् । साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिम श्रृखलाहरुको समेत दृश्यावलोकन गरेका छन् । साथै, उपराष्ट्रपतिले अवलोकन भ्रमण पश्चात यस कम्पनीको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै कम्पनी परिवारलाई हौसला प्रदान गरेका छन् ।