पर्यटन मन्त्रालयले एयर अरेबियाको उडान प्रस्ताव रोक्यो

काठमाडौं । अन्तरराष्ट्रिय वायुसेवा कम्पनी एयर अरेबियाले तोकिएको भाडादरभन्दा बढी भाडा लिएर नेपाल आउन खोजेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान रोकिदिएको छ । अरेबियाले दुबई–काठमाडौँका लागि ५ सय डलर लिएर उडान गर्ने प्रस्ताव लिएर मन्त्रालयमा आएपछि पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सको भन्दा महङ्गो भएको भन्दै उक्त प्रस्ताव अस्वीकार गरेका हुन् । मन्त्री भट्टराईले नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सस्तोमा पनि उडान भर्न तयार भएको बताउँदै नेपाल एयलाइन्सको भन्दा सस्तोमा जुनसुकै एयरले पनि नेपालीलाई उद्धार गर्नमा कुनै रोकतोक नभएको बताए । नेपाल एयरलाइन्सको दुबई काठमाडाँैको भाडादर भने ३६० डलर कायम गरिएको छ । एयर अरवियाले भने जुन ५ मा १६८ जना र एक जना बच्चालाई ५०० डलरमा दुवईबाट काठमाडाँै लिएर आएको थियो । पर्यटन मन्त्रालयले यसअघि पनि सरोकारवाला वायुसेवा कम्पनीसँग छलफल गरेको थियो । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले मन्त्रालयको प्रस्तावित भाडादरअनुरुप उडान गर्न सहमत भएका थिए ।

हिमालय एअरलाइन्सको चार्टर उडानकाे तालिका सार्वजनिक

काठमाडौं । हिमालय एअरलाइन्सले विदेशबाट नेपाली नागरिक ल्याउने चार्टर उडानको तालिका सार्वजनिक गरेको छ । एअरलाइन्सले सोमबार एक सूचना जारी गर्दै तालिका सार्वजनिक गरेको हो । एअरलाइन्सले जुन १६ मा श्रीलङ्काको कोलम्बो , माल्दिभ्सको मालेबाट नागरिक ल्याउने छ भने जुन १७ तारिख बंगलादेशको ढाका र सिंगापुर कम्कोडिायाबाट नेपालीलाई नागरिकलाई स्वदेश ल्याउने छ। यस्त्तै, जुन १८ तारिख मलेसिसयाको क्वालालम्पुर र साउदी अरयिबा दमामबाट ल्याउन जानकारी दिएको छ। जुन १९ तारिखमा पनि साउदीबाट ल्याउने दोस्रो उडान रहेको छ भने सोही दिन माल्दिभ्स मालेबाट पनि ल्याउने छ । यस्तै, जुन २० तारिखका दिन युएईको अबुधावी र बंगलादेशको ढाकाबाट पनि नेपाली नागरिक ल्याउने कार्यतालिका रहेको छ । एअरलाइन्सले ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्डर उडान हुने बताएको छ । एअरलाइन्सले काेलम्बाे र मालेकाे क्रमश: ३८० र १६५ अमेरिकी डलर, कम्कोडिाया र क्वालालम्पुर क्रमश: ५२० र ३७२ अमेरिकी डलर र दमाम र माल्दिभ्स क्रमश: ४६५ र ४८० अमेरीकी डलर ताेकिएकाे छ ।   

हवाई उडान गर्ने समय फेरि लम्बियो, अब असार २१ गतेसम्म बन्द रहने

काठमाडौं। सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान असार २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्राेतका अनुसार सरकारले  असार २१ गतेसम्मका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्लाद गरेकाे हाे । सरकारले ११ चैत २०७६ बाट लकडाउन घोषणा गरेपछि आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका नियमित उडान बन्द गरिएको थियो। यसअघि सरकराले १६ असारसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा स्थगन गर्न निर्णय गरेको थियो। नियमित उडान बन्द भए पनि यात्रु उद्धार तथा चार्टड उडान भने विशेष अनुमति लिएर उडान गर्न पाउने जनाइएको । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्कदै गएपछि उडान मिति लम्ब्याइएको बताइएकाे छ ।