द्वन्द्वकालको बाध्यता, बेल्जियमको सङ्घर्ष र स्वदेशमा औद्योगिक सफलता
काठमाडौं । हरियाली जङ्गल, कतै गमक्क परेका बाक्ला ठुला रुखहरू । कतै स(साना झाडीहरू । हेर्दै सुन्दर देखिने पहाडको फेँदीमा छस तीन तले आधुनिक डिजाइनको ठुलो भवन । हरियाली जङ्गलको बिचमा सेतो रंगले छुट्टै आकर्षण थपेको छ । वरिपरि स-साना केही भवन, नजिकै बगिरहेको खोलाले झन् सुन्दरता थपेको छ । सहरको भीडभाडभन्दा केही पर जहाँ शान्त स्वच्छ र सफा वातावरण छ । यही दृश्य हो ( ‘ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड’ को । चितवन जिल्लाको जुगेडीमा अवस्थित यस कम्पनीले नेपाली स्वास्थ्य क्षेत्र तथा फार्मा इतिहासमा पहिलो पटक सर्वसाधारण जनताको लगानी स्वामित्व सुरक्षित गर्ने कामको इतिहास रच्यो । वर्षौं पहिलेदेखि स्थापित नेपाली औषधी उद्योगहरू धरासायी बन्दै गर्दाको समयमा औषधी उद्योगका क्षेत्रबाट अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुर्याउने, नेपाललाई औषधीमा आत्मनिर्भर गराउने र विदेशमा समेत औषधी निर्यात गर्ने दृढ अठोटका साथ स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्पू मूल मन्त्रबाट सञ्चालित उद्योग हो- ओम मेगा श्री । अत्याधुनिक प्रविधिसहित सुरु भएको यो उद्योग जुन ठाउँमा स्थापित छस यसले स्वच्छता, नवीनता र औद्योगिक उत्कृष्टताको सङ्केत गर्छ । उद्योगसम्म पुग्ने घुमाउरो नागवेली बाटो र वरपरको हरियाली वातावरणले त्यहाँ उत्पादित औषधीहरू पनि उच्च गुणस्तरको छ भन्ने झल्को दिलाउँछ । भवनको पूर्व दक्षिणको भागमा गेट र सेक्युरिटी कोठा छ । त्यसैको दायाँपट्टि तीन लाख क्षमताको ‘वाटर ट्याङ्क’ छ । जुन कहिलेकाँही पानीको आवश्यकता पर्दा पानीलाई प्रशोधन गर्नका लागि विकल्पमा राखिएको हो । त्यसपछि लाम्चो देखिने भवन तत्कालका लागि क्यान्टिनको रूपमा सञ्चालित छ । यो पुरै भवन २२ हजार ६ वर्ग फिटको प्लिन्थमा बनेको छस जसले ओगटेको जमिन झण्डै ५६ हजार वर्गफिटमा रहेको छ । पृष्ठभूमिमा लेखिएका हरफका मुख पात्र हुन् उद्योगका सञ्चालक अर्जुनकुमार श्रेष्ठ । जसले स्नातकोत्तर पढ्दैगर्दा औषधी क्षेत्रमा काम गर्ने अवसर पाए । त्यही अवसरमा थाहा थियो कि नेपालमा औषधीको मूल्यमा कति मनलाग्दी थियो । उनलाई काम गर्दै जाँदा लाग्थ्यो दोब्बर तेब्बर होइन, तोकिएकै मूल्यमा नागरिकले गुणस्तरीय औषधी पाउनुपर्छ । उनले वि।सं २०५१ देखि नै यसका लागि आफै केही गर्नुपर्छ भन्ने दृढ सङ्कल्प गरेका थिए । त्यही सङ्कल्प सुरु गर्न श्रेष्ठले सुरु गरेको व्यवसाय हो- ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड । स्वदेश हुँदै विदेशमा समेत विभिन्न व्यवसाय गरिरहेका उनले यो औषधी उत्पादनलाई मुख्य व्यवसायका रूपमा अगाडि बढाएका छन् । ‘मैले जबदेखि औषधीको विषयमा थाहा पाएँस आफै काम गर्न सुरु गरेँ, त्यो दिनदेखि नै प्रण गरेको थिएँ,’ श्रेष्ठ भन्छन्, ‘मैले प्रण गरेको कुरा आज आएर यथार्थमा परिणत हुँदा निकै खुसी लागेको छस अब स्वदेशमा मात्र होइन, हामीले उत्पादन गरेको औषधी विदेशमा समेत पठाउने उद्देश्य हो ।’ ६ दर्जन औषधी उत्पादन औषधी उत्दापनका लागि तीन सयभन्दा बढी सर्ट लिस्ट गरी झन्डै ६ दर्जन उत्पादन अनुमित लिई अगाडि बढेको यस कम्पनीले हाल कार्डियो, डाइबिटिज र जनरल गरी ३७ औषधीको बजारीकरण गरिसकेको छ । प्रारम्भमा कार्डियो-डाइबिटिज हुँदै हाल जेनरल प्रडक्टमा काम गरिरहेको ओम मेगाश्रीका अध्यक्ष एवम् सञ्चालक श्रेष्ठ भन्छन्, ‘कार्डियो डाइबिटिज औषधी बजारमा आउँदै गर्दा फाइनान्सियल रूपमा अप्ठ्यारो हुन सक्छ भन्ने थाहा थियो किनकि चिकित्सकले प्रिस्काइब गरिसकेपछि मात्र यो औषधी बिक्ने हो । तथापि हामीले यसैमाध्मबाट यात्रा आरम्भ गर्यौँ ।’ नेपालमा हाल ७० देखि ८० औषधी उद्योग छन् । तीमध्ये कतिपय उद्योगको अवस्था निराशाजनक छ । धेरै उद्योग बन्द हुने अवस्थामा छन् । नेपालमा अहिले ५५ प्रतिशत बढी औषधी विदेशबाट आयात हुन्छ । नेपाली उत्पादनले बजारको मात्र ४५ प्रतिशत औषधी धान्दै आएका छन् । आयातित औषधीको प्रयोगको गुणस्तर र चर्को मूल्यको मारमा अहिले पनि नागरिक परेका छन् । अर्जुन अहिले आयात भइरहेका जति पनि औषधी छन्, ती औषधी स्वदेशी फर्मास्युटिकल्सले उत्पादन गर्न सक्यो भने आयतित औषधीलाई प्रतिस्थापन गर्न सकिने धारणा राख्छन् । उनी भन्छन्, ‘आर्थिक हिसाबले कुरा गर्ने हो भने २९ देखि ३० अर्बको औषधी मात्र नेपाली फार्मा उद्योगहरूले कभरेज गरेका छन्स बाँकी वैदेशिक औषधीले ।’ उनले ओम मेगाश्री फर्मास्युटिकल्सले आयातलाई कम गर्ने र आगामी दिनमा निर्यात गर्ने उद्देश्य राखेको बताए । कर्मका यात्री अर्जुन अर्जुन श्रेष्ठको घर पर्वत जिल्लाको देवीस्थान हो । ७ जना दाजुबहिनीमध्ये श्रेष्ठ सबैभन्दा कान्छा हुन् । उनले कक्षा १० सम्म पर्वतकै जनता मा।वि।मा पढे । पढाइमा उनी अब्बल थिए । कक्षामा कहिल्यै दोस्रो भएनन् । उनलाई पढाउने शिक्षकले एसएलसीमा बोर्ड १० भित्र पर्ने दाबी गरेका थिए । तर, गुरुले सोचे जस्तो उनको एसएलसीको नतिजा राम्रो आएन । वि।सं २०४६ सालमा एसएलसी पास भइसकेपछि उनी काठमाडौं आए । उनको योजना काठमाडौं आएर विज्ञान विषय पढ्ने थियो । यो कुरा उनका बुवालाई समेत थाहा थिएन । विगतको कुरा स्मरण गर्दै श्रेष्ठ भन्छन्, ‘म काठमाडौं आउँदा बुवालाई समेत थाहा थिएन, कसैलाई नभनी एक्लै हिँडें ।’ श्रेष्ठका माइला बुवा सर्वोच्च अदालतमा रजिष्ट्रार थिए । उनका कान्छा बुवा पनि काठमाडौंमै थिए । उनी माइला कान्छाबासँगै काठमाडौंमा बसेर त्रिचन्द्र कलेजमा आइएस्सी भर्ना भए । त्यो बेला आइएस्सीको ट्युसन फी जम्मा १९ रुपैयाँ थियो । त्यो पनि उनले तिर्न पर्दैन थियो । उनी भन्छन्, ‘त्यो बेला पर्वत दुर्गममा पर्थ्योस कक्षामा पनि जेहेनदार र दुर्गमको विद्यार्थी हुँदा मलाई छुट हुन्थ्यो ।’ उनलाई पढ्दा आर्थिक समस्या भएन । उनले त्रिचन्दमा आइएस्सी पास गरिसकेपछि बिएस्सीका लागि तानसेन फर्किए । यी र यस्ता आरोह-अवरोहको नालीबेली अर्जुनद्वारा लिखित ‘अर्जुनदृष्टि’ जीवनका पाँच दशकु पुस्तकमा लिपिबद्ध भएका छन् । म्याग्दी पुग्दा लिएको सङ्कल्प स्नातकोत्तर पढ्दैगर्दा श्रेष्ठलाई विदेश जान मन लाग्यो । उनले अष्ट्रेलिया जाने तयारी गरे । विदेश जान ठिक्क परिरहेको बेला उनले काठमाडौं पोस्टमा एउटा विज्ञापन देखे । विज्ञापन थियो ‘एस ल्याब्रोटिज’ कम्पनीको, जसले चार जना मेडिकल रिप्रेजेन्टेटिभ मागेको थियो । उनीसँग केही समय अझ बाँकी थियो । उनी विज्ञापनलाई पच्छयाउँदै अन्तर्वार्ता दिन गए । चार जना माग गरिएको ठाउँमा ७२ जना उम्मेदवार थिए । अन्तर्वार्ता दिँदा जम्मा दुई जना उत्तीर्ण भए । जसमा एकजना श्रेष्ठ थिए । ७२ जनामध्ये उनी छनोट भए पनि उनलाई आफूमा विशेष केही गर्न सक्ने क्षमता छ भन्ने अनुभव भयो । श्रेष्ठले तत्काल अष्ट्रेलिया जाने योजना रद्द गरे । तलब पनि राम्रै थियो । उनले करिब डेढ वर्ष उक्त कम्पनीमा काम गरे । त्यसपछि उनले आफ्नै व्यवसाय सुरु गरे । उनले मेडिकल रिप्रेजेन्टेटिभको रूपमा काम गर्दै जाँदा नागरिकले औषधीको चर्को मूल्य कति तिर्नुपर्छ र उनीहरूले कति गुणस्तर औषधी पाउँछन् भन्ने थाहा पाए । त्यसपछि श्रेष्ठले अब नेपालमै औषधी उत्पादन गर्नुपर्छ ताकि नेपाली नागरिकले उचित मूल्यमा गुणस्तरीय औषधी पाउन् भन्ने सङ्कल्प गरे । त्यो समयमा भारतबाट ल्याइने कुनै औषधीको मूल्य १० रुपैयाँ छ भने त्यसको ४० रुपैयाँमा बेच्ने चलन थियो । उनले त्यही बेला म्याग्दीमा औषधी पसल सुरु गरे । उनले जुन मूल्य तोकिएको छ, त्यही मूल्यमा १० रुपैयाँमा बेच्न सुरु गरे । ‘मलाई लाग्थ्यो उचित मूल्य अथवा न्यायोचित मूल्यमा औषधी नागरिकले पाउनुपर्छ,’ उनी भन्छन्, ‘योबाहेक विभिन्न समयमा औषधीमा गुणस्तरको कुरा पनि आइरहन्थ्यो । मलाई यी कुरा सुन्दै गर्दा लाग्थ्यो, म कुनै न कुनै दिन गुणस्तरीय औषधी उचित मूल्यमा ल्याउँछु, जसले उपभोक्तालाई सजिलो हुने छ ।’ म्याग्दीमा औषधी पसल सञ्चालन गरेको ठिक १ वर्षपछि श्रेष्ठले आफ्नो व्यवसाय कुश्मामा पनि विस्तार गरे । त्यो बेला उनले २३ वटा औषधी पसलमा औषधी वितरण गर्थे । औषधी व्यवसाय सुरु गरिसकेपछि उनले वि।सं २०५६ सालमा कुश्मामा पहिलो नर्सिङ होम बनाउने योजना बनाएका थिए । तर, सुचारु गर्न सकेनन् । उनले व्यवसाय फराकिलो बनाउँदै लगे । श्रेष्ठ उद्योग वाणिज्य सङ्घ पर्वतका महासचिव पनि बने । विभिन्न सङ्घसंस्थामा आबद्ध हुँदै गए । देशमा द्वन्द्व चलिरहेको थियो । गाउँमा बसेर काम गर्ने वातावरण थिएन । विद्रोही र सरकारपक्ष दुवैबाट धम्की आउन थाल्यो । अन्ततः द्वन्द्वको चपेटाले उनलाई विदेशी भूमितिर हानिए । बाध्यताले देश छोड्दा श्रेष्ठको व्यापार राम्रो चलिरहेको थियो । उनलाई परदेश जाने सोच त्यति बेला थिएन । तर, स्वदेशमा बस्ने वातावरण भएन । उनी श्रीमती र छोरासहित बेल्जियम पुगे । त्यो बेला नेपालबाट विदेश पुग्नेहरूलाई जुनसुकै देशले वातावरण सहज बनाइदिन्थ्यो । श्रेष्ठको मनमा विदेश गए पनि नेपालमै फर्केर औषधी उद्योग सञ्चालन गर्ने थियो । ‘मेरो तन विदेशमा थियो तर, मन यहीँ थियो,’ उनी भन्छन्, ‘मैले फर्केर पहिले गरिरहेको कामलाई निरन्ता दिनुपर्छ भन्ने थियो ।’ उनी बेल्जियम पुग्दा त्यहाँ रहेको ओमेगा ल्याब्रोटरिजसँग कुराकानी गरे । यो कम्पनीलाई नेपालमा ज्वाइन्ट भेन्चरमा ल्याएर आउने भन्ने उनको योजना थियो । त्यहीअनुसार तयारी भइरहेको थियो । उनले नेपालमा ‘ओम मेगाश्री फर्मास्युटिकल्स नाम पनि मिल्दोजुल्दो हिसाबले दर्ता गरिसकेका थिए । तर, ओमेगा ल्याब्रोटरिजलाई फ्रान्सको ठुलो ग्रुपले अपनायो । त्यसपछि त्यो यात्रा त्यही टुङ्गियो । अहिले पनि अर्जुनले बेल्जियमको फार्मास्युटिकलसँग प्राविधिक सल्लाह लिइरहेका छन् । बेल्जियममा जर्मन रेस्टुरेन्ट खोल्ने पहिलो नेपाली श्रेष्ठले बेल्जियम पुगेर पनि व्यवसाय नै सुरु गरे । सुरुमा भाषा फरक रहनसहन सबै फरक थियो । उनले सबैभन्दा सहज धेरै मान्छेसँग धेरै बोल्न पनि नपर्ने हुनाले सजिलो व्यवसाय रेस्टुरेन्ट रोजे । उनी बेल्जियममा जर्मन रेस्टुरेन्ट खोल्ने पहिलो नेपाली थिए । उनको व्यवसाय राम्रो चल्दै गयो । श्रेष्ठले त्यहाँ रहेका नेपालीलाई पनि व्यवसायमा लाग्न आग्रह गर्दै काम गर्दै गए । उनले ३० महिना त्यहाँ काम गरिसकेपछि उनलाई गैरआवासीय नेपाली सङ्घमा आबद्ध हुनुपर्छ भन्ने लाग्यो । सन् २००९ देखि उनले नेपाली व्यवसायी सङ्घ बेल्जियमको अध्यक्ष बनेर काम गरे । उनीसँग १२ वर्ष गैरआवासीय नेपाली सङ्घमा काम गरेको अनुभव छ । उनी २१ वर्ष विदेश बसे । तर, अहिले स्वदेश फर्किएका छन् । श्रेष्ठले नेपालमा व्यवसाय गरिरहँदा अहिले पनि उनको परिवार भने बेल्जियममै छ । उनको उतै पनि व्यवसाय छ । बेल्जियमको व्यवसाय श्रीमतीले हेरिरहेकी छन् । उनको जेठो छोरा पनि आफै काम गर्दै व्यवसाय गरिरहेका छन् । दोस्रो पटक नागरिकता नेपाली नागरिकता त्यागेर बेल्जियममा २१ वर्ष बिताएका श्रेष्ठले विश्वका धेरै देश बेल्जियम नागरिक बनेर घुमिसकेका छन् । उनलाई नेपाली पासपोर्ट लिएर विश्व भ्रमण गर्दा र बेल्जियमको पासपोर्ट लिई भ्रमण गर्दाको अनुभव छ । बेल्जियमको नागरिकता लिँदा उनले १ सय ६४ देशमा अनअराइभल भिषा पाउँथे भने नेपाली पासपोर्ट हुँदा यो भिषा पाइँदैन । भन्छन्, ‘नेपाली पासपोर्टबाट विदेश जाँदा पनि भिषाकै लागि लामो समय कुर्नुपर्छ , फेरि निश्चित हुँदैन, बेल्जियमको पासपोर्टले सबै काम एकैचोटि समयमै हुन्छ ।’ श्रेष्ठ आफूलाई दोस्रो पटक नागरिकता लिँदा सारै खुसी लागेको बताउँछन् । ‘पहिलो पटक नागरिकता लिँदा १६ वर्षको थिएँ, केही थाहा नै भएन,’ उनी भन्छन्, ‘दोस्रो पटक लिँदा आफ्नो गुमेको पहिचान पाए झैं भयो । त्यो बेला मलाई सारै नै खुसी लागेको थियो ।’ २८ कम्पनीमा लगानी श्रेष्ठको लगानी हरेक व्यवसायमा छ । औषधी, अस्पताल, हाइड्रो, होटल, रेस्टुरेन्टलगायत व्यवसायमा उनले लगानी गरेका छन् । तर, उनी आफ्नो मुख्य व्यापार औषधी उद्योग रहेको बताउँछन् । उनले पोखरामा स्वीस(नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर सञ्चालनमा ल्याउँदै छन् । जुन अस्पतालले स्वीटजरल्याण्ड युनिभर्सिटी हस्पिटलसँग साझेदारी गरेर विदेशमा बसेका चिकित्सकलाई जोडेको छ । अहिले पनि नेपालका क्यान्सर बिरामीले भारतमा गएर उपचार गरिरहेको पाइन्छ । नेपालमा पनि यसका बिरामीहरू बढिरहेका छन् । यस्तो अवस्थामा अस्पतालमा लगानी गरेको उनले बताए । कावासोतीमा जनरल अस्पताल बन्ने तयारीमा छ । जसको भवन तयार भइरहेको छ । उनी भन्छन्,‘ जस्तो परिस्थिति आयो, त्यहीअनुसार काम गरियो तर, मेरो मुख्य व्यवसाय भनेको औषधी हो ।’ उनले २८ वटा कम्पनीमा लगानी गरेका छन् । तीमध्ये अहिले उनले ७ वटा व्ययसायमा काम गरिरहेका छन् । २०५४ सालदेखि आजसम्म उनको एकल लगानी भएको एउटा व्यवसाय पनि छैन । उनी भन्छन्, ‘जुनजुन ठाउँमा म गएँ त्यहाँको एकजना साथी लिएर व्यवसाय गर्दै आइरहेको छु । म मिलेरै काम गर्नुपर्छ भन्ने मान्यतामा अडिग छु र यसरी नै सफल भएको छु ।’ औषधी निर्यात गर्ने लक्ष्य श्रेष्ठले त्यो बेला देशविदेश घुमेको अनुभवले नेपालमा औषधी उत्पादन गरी निर्यात गर्ने लक्ष्य बनाएका छन् । यसका लागि उनले काम सुरु गरिसकेका छन् । ‘यो यो औषधी निर्यात गर्छौं भन्ने छैन तर त्यहाँको बजार त्यहाँका स्थानीय राज्यको, स्थानीय विभागको नीतहरू के के छन् भन्ने कुरामा हामी अध्ययन गरिरहेका छौँ, कुन राज्यमा कुन औषधी जान सक्छ भन्ने सन्दर्भमा केही समय लाग्न सक्छ,’ श्रेष्ठले प्रस्ट पारे । उनको उद्देश्य अधिकतम औषधी बाहिर जान सकोस् भन्ने रहेको छ । उनले यो फार्मा उद्योगमा बनाउँदाखेरि पनि युरोपियन स्ट्यान्डर्ड पनि मेन्टेन गर्ने तरिकाले गरेको बताए । केही औषधी गुणस्तरहीन आजभोलि गुणस्तरीय स्वास्थ्यको कुरा गर्दा कतिपय व्यक्ति औषधी आफैमा गुणस्तर हुने भन्दै गुणस्तरीय भनिराख्न नपर्ने बताउँछन् । औषधी उत्पादनको क्षेत्रमा काम गर्दै आएका श्रेष्ठ भने केही औषधी गुणस्तरहीन हुने बताउँछन् । औषधी पनि गुणस्तरहीन हुन्छ रु भन्ने विकासन्युजको प्रश्नमा उनी भन्छन्, ‘अहिले यो प्रश्न धेरैले गर्छन्, तर म ठोकुवाका साथ भन्छु– कतिपय औषधी गुणस्तरहीन हुन्छ ।’ ‘यदि औषधी गुणस्तरहीन हुँदैन भने एउटै औषधी कुनै कम्पनीकोले राम्रो काम गर्ने, कुनैले गर्दैन भने यसलाई के भन्ने रु,’ श्रेष्ठ थप्छन् । उनी प्रिन्सिपल र प्राक्टिकल रूपमा औषधीमा फरक पर्ने दाबी गर्छन् । उत्पादन सुविधा, प्याकेजिङ सुविधा, स्टोरिङलगायत विभिन्न कारणले गुणस्तरमा फरक पार्ने उनी बताउँछन् । औषधीको गुणस्तर कति छ भन्ने कुरा सबैले एउटा प्रक्रिया प्यारामिटर पुर्याएर काम गर्नुपर्ने हुन्छ । तर जहाँ औषधी उत्पादन गर्ने ठाउँ कति सुरक्षित छ र औषधी बनाउँदा प्रयोग गरिने कच्चा पदार्थ कस्तो छ भन्ने कुराले पनि औषधीको गुणस्तर आउँछ । श्रेष्ठ यो कुरामा ओम मेगाश्रीले निकै ध्यान दिने गरेको दाबी गर्छन् । उनले आफ्नो कम्पनीमा औषधी प्याकेजिङबाहेक अन्यमा मानव संशाधनबाट काम नगरेको बताए । उनी भन्छन्, ‘यसका लागि हामीसँग नवीनतम प्रविधि र पूर्ण स्वचाचित मेसिनहरू छन्, सबै काम मेसिनबाटै हुन्छ ।’
हेमबहादुर गुरुङ : विदेश जानेका सारथी, विप्रेषणका प्रवर्द्धक
काठमाडौं । एउटा व्यक्तिलाई सपना साकार पार्न वर्षौं लाग्छ । कतिपय मानिसहरू चाहेको पुरा भएन, जीवन सोंचेजस्तो भएन भन्दै आफैलाई धिक्कार्छन् । तर, यहाँ कुरा आफ्नोमात्रै छैन, दुनियाँको सपना साकार पार्न र आफ्नो बिजनेस ग्राफ बढाउन तल्लीन छन् व्यवसायी हेमबहादुर गुरुङ । उनको नाम मेनपावर व्यवसायमा परिचित छ । एसओएस ग्रुपमार्फत सञ्चालित एसओएस मेनपावर सर्भिसका सञ्चालक गुरुङ वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षसमेत हुन् । पछिल्लो समय व्यावसायिक जगतमा गुरुङको परिचय फेरिँदै गएको छ । नेपाल सरकारलाई सबैभन्दा बढी कर बुझाउने रेमिट्यान्स कम्पनीको रूपमा यही वर्ष सम्मान गरेको सिटी एक्स्प्रेस मनी ट्रान्सफरका अध्यक्ष हुन् उनी । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर स्वास्थ्य सेवाको क्षेत्रमा प्रभावकारी बन्दै उदाएको चिरायु हस्पिटलका अध्यक्ष पनि हुन् उनी । त्यस्तै, मेगा कलेज, कतार भिषा सेन्टर, होटल मनाङका अध्यक्ष रहेका गुरुङ विभिन्न बैंक तथा वित्तीय संस्थामा संस्थापक लगानीकर्ता पनि हुन् । अहिले देशका युवाहरू विदेश जान लालायित छन् । विदेश जानुलाई सपनाको रूपमा लिइरहेका छन् । स्वदेश छाड्नुलाई ठूलो सफलता मानिरहेका छन् । यही प्रसंगलाई स्मरण गर्दै गुरुङ भन्छन्, ‘एकदिन म बबरमहलस्थित मेगा कलेजको विद्यार्थीसँग अन्तक्र्रियामा बसेँ, उहाँहरूलाई तपाईंहरूमध्ये कति जनाको विदेश जाने रहर छ भनेर सोध्दा ९० प्रतिशतले हात उठाए, अहिले अधिकांशले विदेश जानुलाई फेसनका रूपमा बुझेका छन्, जुन विडम्बना हो ।’ त्यस्तै, विदेश जाने सोंच, सपना र संघर्ष गरिरहेकाहरूको सारथी बनिरहेका छन् गुरुङ । कास्कीको पोखरामा सन् १९६४ मा जन्मिएका उनको स्कुले जीवन भने भारतमा बित्यो । बुबा भारतीय सेना भएकै कारण उनले उच्च शिक्षाको अध्ययन पनि उतै गरे । उनले ब्याचलर्स अफ होटल म्यानेजमेन्ट पढे । बीएचएम पढेको कारण उनले विभिन्न ठाउँमा काम गर्ने अवसर पाए । पढाइ पनि मिल्ने अनुभव पनि हुने भएकोले होटलमा काम गर्न उनी साउदी अरेबिया पुगे । २९ वर्षको उमेरमै होटलको जनरल म्यानेजर (जीएम) बने । उनी भन्छन्, ‘त्यतिखेर म योङ्गेष्ट जीएम थिएँ ।’ कामप्रतिको लगाव र मिहिनेतले आफू छ्टिटै जीएम बनेको उनी बताउँछन् । सन् १९९६ मा गुरुङको जीवनले नयाँ मोड लियो । उनले नेपालमै एसओएस मेनपावर सर्भिस नामक कम्पनी स्थापना गरे । नेपालमा वैदेशिक रोजगारीको महत्वलाई बुझेर उनले आफ्नो व्यावसायिक यात्रा यही व्यवसायबाट सुरु गरेका हुन् । यो तीन दशकमा कम्पनीले विभिन्न आरोह–अवरोहहरू बेहो¥यो । उनले पनि धेरै अनुभवहरू प्राप्त गरे । हजारौं युवालाई विदेश उडाए । देशभित्र आवश्यक मात्रामा रोजगारी सिर्जना नहुनु मुलुकको गम्भीर समस्या हो । घर, परिवार, समाज, देश छोडेर वैदेशिक रोजगारीमा जानु युवाहरूको बाध्यता हो । अभाव र बाध्यताबीच विकल्प बनेको छ वैदेशिक रोजगारी । वैदेशिक रोजगारीबाट आर्जित विप्रेषण नेपालको जीडीपीमा झण्डै २५ प्रतिशत हिस्सा रहेको छ । विदेशी मुद्रा आर्जनको मुख्य स्रोत भएको छ । देशले वार्षिक करिब १५० अर्ब रुपैयाँ बराबरको निर्यात गर्दै गर्दा वार्षिक १५०० अर्बभन्दा बढी विप्रेषण आर्जन गर्दैछ । सरकारको राजश्वको निर्भरतासमेत विप्रेषण आयले चलाएको अर्थचक्रमा निर्भर भएको छ । ‘विदेसिनु रहर होइन, बाध्यता हो । स्वदेशमा रोजगारी नपाएकै कारणहरू युवा बाहिरिरहेका छन्, उनीहरूलाई हामीले सहजीकरणमात्रै गरेका हौं,’ गुरुङ भन्छन्, ‘आज युवाहरू विदेसिएकै कारण विदेशी मुद्रा बढिरहेको छ, रेमिट्यान्स बढिरहेको छ, देशको अर्थतन्त्रमा राहत मिलेको छ ।’ नेपालका हरेक पेशा व्यवसायमा नाम भन्दा बदनाम कमाउनेको भिजिविलिटी (दृष्यता) बढेको छ । म्यानपावर क्षेत्रमा पनि यस्तै छ । सबैलाई सामान्यीकरण गर्ने र सबै बदमास हुन् भन्ने भाष्य सिर्जना गरिँदैछ । तर गुरुङले आफ्नो व्यावसायिक क्षेत्रमा राम्रो छवि बनाएका छन् । उनी व्यवसायमा ‘थ्री आई’ अर्थात् इन्टिग्रिटी (इमानदारिता), इन्टेन्शन (नियत) र इन्ट्रेष्ट (इच्छा) राम्रो छ भने सहज रूपमा सफल बन्न सकिने धारणा राख्छन् । उनका अनुसार अहिले एसओएस मेनपावरबाट वार्षिक ५/६ हजार युवा विदेश गइरहेका छन् । ‘वार्षिक ५/६ हजारलाई विदेश उडाइरहेका छौं, यो क्षेत्रमा काम गरेको ३० वर्ष भयो, अहिलेसम्म डेढ लाख बढीलाई विदेश पठायौं होला,’ उनी भन्छन्, ‘गुणस्तरीय सेवालाई प्राथमिकता दिएकै कारण लाखौंले हामीलाई विश्वास गरेका छन्, हामीलाई रोजेका छन् ।’ गुरुङले मेनपावर कम्पनी खोल्नुको मुख्य उद्देश्य व्यवसायमात्रै नरहेको बताउँछन् । उनीहरूको भविष्यका लागि आवश्यक तालिम, सीप तथा प्रशिक्षण प्रदान गरेर काम गर्न सक्षम बनाउने उनको भनाइ छ । नेपालमा रोजगारी नपाएर बसेकाहरूलाई सीपयुक्त बनाएर विदेश पठाउने र उनीहरूले नेपाल पठाएको रेमिट्यान्सले उनीहरूको परिवारसँगै देश धान्ने स्थिति पुगेको उनी बताउँछन् । गुरुङले आफूले व्यवसायभन्दा पनि कम्पनीबाट मानवीय धर्म पनि निर्वाह गरिरहेको बताउँछन् । ‘हामीले विभिन्न समयमा सामाजिक काम पनि गर्दै आएका छौं, केही वर्षअघि लिबियामा तनाव सिर्जना हुँदा हाम्रै कम्पनीले आफ्नै खर्चमा ९ सय जना कामदारलाई उद्धार गरेर नेपाल ल्याएका थियौं । पछि सरकारले पैसा भुक्तानी ग¥यो, हामी व्यवसाय मात्रै गर्दैनौं । समस्या परेको बेला सहजीकरण र साथ पनि दिइरहेका छौं,’ उनले भने । गुरुङका अनुसार कम्पनीले विदेश जानुअघि उनीहरूलाई आवश्यक सीप र प्रशिक्षण दिने अभ्यास छ । ‘हामी कामदारलाई केवल विदेश पठाउने काम मात्रै गर्दैनौं, उनीहरूलाई कामका लागि योग्य पनि बनाउँछौं,’ उनले भने । उनले नेपाली समाजमा रोजगारका अवसरहरूको सिर्जना गर्न र कामदारलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । गुरुङका अनुसार एसओएस मेनपावरले अहिले १८ सय बढी कर्मचारीलाई रोजगारी दिएको छ । नेपालमा सबैभन्दा बढी युवालाई विदेश पठाउने मेनपावर कम्पनी नै एसओएस मेनपावर सर्भिस रहेको उनको भनाइ छ । अहिले विश्व बजारमा नेपालीहरू फिलिपिनीहरूको रिप्लेस हुने गरेको उनले सुनाए । ‘अहिले फिलिपिनीहरूको रिप्लेस नेपाली नै हो, नेपालका कामदार कुनै पनि देशका भन्दा कम छैनन् । हाम्रो एक्सपोजर मात्रै छैन, जाने मान्छेहरू धेरै परिवर्तन भएका छन्,’ उनले भने । लगानीमा विविधिकरण मेनपावर व्यवसायीका नामले परिचित गुरुङले व्यवसायमा पनि विविधिकरण गरेका छन् । एसओएस मेनपावर सर्भिसमा सफलता प्राप्त गरेपछि उनले होटल तथा पर्यटन, शिक्षा, स्वास्थ्य र रेमिट्यान्स लगायत क्षेत्रमा लगानी गरेका छन् । गुरुङले मान्छेहरूलाई विदेश पठाउन सहजीकरण गरेपछि उनीहरूले विदेशबाट नेपाल पठाउने रेमिट्यान्सलाई पनि औपचारिक माध्यमबाट पठाउनका लागि आजभन्दा १७ वर्षअघि अर्थात सन् २००७ मा सिटी एक्सप्रेस मनी ट्रान्सफर स्थापना गरे । ‘वैदेशिक रोजगारीमा धेरै काम गरियो, बिजनेसमा विविधता ल्याउनुपर्छ भनेर सिटी एक्सप्रेसमा लगानी ग¥यौं, सिटी एक्सप्रेसमार्फत रेमिट्यान्स भित्र्याउने सरकारको नीतिमा थोरै भएपनि योगदान गरेको महसुस हुन्छ,’ उनले भने । सिटी एक्सप्रेसमा अहिले १६० जना बढीले रोजगारी पाएका छन् । सिटी एक्सप्रेस देशको एक प्रमुख रेमिट्यान्स कम्पनीका रूपमा परिचित छ । गत मंसिरमा सरकारले यस रेमिट्यान्स कम्पनीलाई उत्कृष्ट करदाताको रूपमा सम्मानित गरेको थियो । आर्थिक वर्ष २०७९/८० को आय विवरणअनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेकोमा उनले खुसी व्यक्त गरे । गुरुङले स्वास्थ्य क्षेत्रमा पनि लगानी गरेका छन् । चिरायु अस्पतालका उनी अध्यक्ष हुन् । गुरुङ अस्पतालको अध्यक्ष बनेको ६ वर्ष भइसकेको छ । उनी नेतृत्वमा जानुअघि समस्यामा गुज्रिरहेको चिरायु अस्पताल अहिले उत्कृष्ट सेवा दिने अस्पतालमध्येमा पर्छ । ६ वर्षअघि अस्पतालमा कार्यरत कर्मचारीले ४/५ महिनादेखि तलबसमेत नपाइरहेको अवस्था थियो । तर, अहिले कर्मचारीले नियमित तलब पाइरहेका छन् । विगत स्मरण गर्दै गुरुङ भन्छन्, ‘म अध्यक्ष बन्नेबेला अस्पताल एउटा समस्यामा गुज्रिरहेको थियो, कर्मचारीले लामो समयदेखि तलब पाएका थिएनन् । तर, पनि उनीहरू खुसीका साथ काम गरिरहेका थिए , तलब नपाएर त यस्तो खुसी छन् भने तलब पायो भने कति खुसी होलान् भन्ने मनमा लागिरह्यो । म अस्पतालको सुधारमा लागें, अहिले सबै राम्रो छ ।’ नेपाली स्वास्थ्य क्षेत्रमा पहिलो पटक वैदेशिक लगानी भित्र्याउने व्यक्ति पनि उनै गुरुङ हुन् । उनले चिरायु अस्पतालमा ५ मिलियन वैदेशिक लगानी भित्र्याए । ‘अहिले २ सय जना कर्मचारी छन्, कर्मचारी पनि खुसी छन्, सेवा पनि राम्रै छ,’ उनी भन्छन्, ‘एउटा ठूलो चुनौती लिएको थिएँ, सफल भएको महसुस हुन्छ ।’ उनले स्वास्थ्य क्षेत्रमा चिकित्सक तथा नर्सहरूको पलायनलाई भने चुनौतीका रूपमा देखेका छन् । ‘जागिर छोडेर विदेश जाने भनेको विश्वव्यापी ट्रेण्ड हो, आफ्नो भविष्य अन्य ठाउँमा खोज्नु स्वाभाविक पनि हो । अहिले नेपालका अस्पतालबाट विदेश जाने चिकित्सक तथा नर्सहरू पनि बढिरहेका छन्, चिरायु अस्पतालका सिनियर स्टाफ नर्सहरू पनि विदेश गइरहेका छन्,’ उनी भन्छन्, ‘यो अनुपात बढ्यो भने स्वास्थ्य क्षेत्रकै लागि चुनौती हुनसक्छ ।’ नेपाल र विदेशको तलबमा १५/२० प्रतिशतको मात्रै फरक हुने गुरुङको भनाइ छ । ‘एउटा होटलको वेटरले नेपालमा ४० हजार रुपैयाँ तलब पाएको छ भने विदेशमा ६० हजार रुपैयाँ पाइरहेको हुन्छ, उनी भन्छन्, ‘नेपालमा सरकारको अस्थिरताले विदेशमै राम्रो हुन्छ भनेर उनीहरू पलायन भइरहेका छन् । राजनीतिक दलले यसतर्फ साेंच्न सकेनन् ।’ गुरुङले बबरमहलस्थित मेगा कलेज र ठमेलमा रहेको होटल मनाङमा पनि लगानी गरेका छन् । उनले पर्यटनमा पनि ठूलो सम्भावना देखेका छन् । कतार भिसा सेन्टर पनि उनैले सञ्चालन गरिरहेको कम्पनी हो । दुबईस्थित एक होटलको जनरल म्यानेजरको जागिर छोडेर नेपाल फर्किएका हेमबहादुर गुरुङले करिब डेड लाख नेपालीलाई वैदेशिक रोजगारीमा जोडेका छन् । साथै, विप्रेषण व्यवसायबाट नेपाल सरकारलाई सर्वाधिक कर तिर्ने कम्पनीको नेतृत्व गरिरहेका छन् । स्वास्थ्य, शिक्षा, पर्यटन, वित्तीय क्षेत्रमा उनको उपस्थितिसँगै प्रभाव बढ्दो छ । अर्थतन्त्रमा टेवा, जीवनशैलीमा परिवर्तन गुरुङको व्यवसायले एउटा सामान्य घरपरिवारदेखि देशको अर्थतन्त्रमा समेत सहयोग गरेको छ । देशमा रोजगारी नपाएर तड्पिरहेको एउटा सामान्य परिवारको युवकलाई सीप, प्रशिक्षण तथा तालिम दिएर विदेश पठाई रोजगारी सिर्जना गराउनमा गुरुङको ठूलो हात छ । विदेसिएका युवाको कमाइलाई औपचारिक माध्यमबाट नेपाल ल्याएर घर परिवारसामु बुझाउने काम उनको व्यवसायले गरेको छ । गुरुङ एसओएस मेनपावरबाट पठाएका कामदारहरूलाई सिटी एक्सप्रेसबाट रेमिट्यान्स पठाउन आग्रह गर्छन् । रेमट्यिान्सले एउटा सामान्य घरपरिवारको जीवनशैली फेरिएको छ । देशको अर्थतन्त्रमा टेवा पु¥याएको छ । ‘हिजो एउटा परिवारले आज राम्रो जीवनशैली निर्वाह गरेको छ । छाक कसरी टारौं भन्ने समस्या हुँदैन, विदेशी मुद्राको अभाव भएर आयातमा समेत समस्या हुन सक्ने स्थितिबाट हामीले रेमिट्यान्स भित्र्याएर नै देशको विदेशी मुद्रा सञ्चिति बढाएका छौं । यसले समग्र देशको अर्थतन्त्रमै राहत मिलेको छ, रेमिट्यान्सकै कारण लाखौंले रोजगारी पाएका,’ उनी भन्छन्, ‘थोरै भए पनि देश विकासका लागि योगदान गरेको महसुस हुन्छ, यसमै सन्तुष्ट छु ।’ गुरुङले वैदेशिक रोजगारीले नेपाली समाजको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार युुवालाई विदेश पठाउनु आफूहरूको बाध्यता हो । उनी विदेसिएका युवाहरू विदेशमा सीप सिकेर नेपालमै फर्किऊन् भन्ने चाहन्छन् । त्यसका लागि सरकारले पनि नीतिगत व्यवस्थाबाट नेपाली स्वदेश फर्किन उत्साहित हुन सक्ने वातावरण सिर्जना गर्नुपर्ने उनको राय छ । ‘सरकारले युवाहरूका लागि कृषि, पर्यटन, जलविद्युत लगायत क्षेत्रमा सहज नीति ल्याएर उनीहरूको पुँजी र सीप नेपालमा प्रयोग गर्न सकियो भने देश विकास हुन्छ,’ उनी भन्छन्, ‘त्यसपछि कसैले पनि रोजगारीका लागि विदेश जानु पर्दैन ।’ गाउँको जमिनलाई कृषियोग्य बनाउनका लागि विदेशमा रहेकाहरूलाई त्यसमा लगानी गर्न सक्ने नीति सरकारले बनाउन सकेमा देशको अर्थतन्त्रमै टेवा पुग्ने गुरुङको विश्वास छ । ‘वैदेशिक रोजगारीको अवस्था थिएन भने हामी फेलियर भइसक्थ्यौं, विदेशी मुद्रा हामीसँग हुँदैनथियो, अहिले रेमिट्यान्सले नै लगानीका नयाँ क्षेत्र सिर्जना गरिरहेको छ, रोजगारी सिर्जजा गरिरहेको छ,’ उनी भन्छन्, ‘अब विदेशमा रहेकोहरूलाई स्वदेश फर्काउने नीति आवश्यक छ ।’ गुरुङ विदेशमा रहेका छोराछोरीबाट परिवारले पनि जानेबित्तिकै आशा गर्न नहुने सुझाव दिन्छन् । ‘अहिले विदेश जानेबित्तिकै पैसा कमाइहालिन्छ भन्ने सोंच छ, वैदेशिक रोजगारीले सामाजिक दबाब पनि सिर्जना गरिरहेको छ । विदेशमा कमाएर तीन महिनामा जग्गा किन्न सक्ने हैसियत हुन्छ भनेर बुझ्नु गलत हो,’ उनी भन्छन्, ‘अब परिवारलाई पनि ओरिन्टेसन दिन सक्नुपर्छ ।’ विदेशी पनि काम खोज्न आउन सक्छन् गुरुङले नेपालमा प्रचुर सम्भावना देखेका छन् । सरकारले नीतिगत सहजता गर्न सक्यो र वैदेशिक लगानीलाई भित्र्याउन सकियो भने विदेशी पनि नेपालमा काम खोज्न आउन सक्ने वातावरण बनाउन सकिने उनी बताउँछन् । उनी भन्छन्, ‘नेपालमा विदेशी आएर पनि काम गर्न सक्ने वातावरण सिर्जना गर्न सकिन्छ, राज्यले पर्यटन क्षेत्रलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने नीतिमा ध्यान दिनुपर्छ । कस्तो किसिमको पर्यटनलाई बढावा दिने र कस्तो किसिमको पर्यटक ल्याउने भन्ने विषयमा सरकारको स्पष्ट नीति हुनुपर्छ । पर्यटन, कृषि र जलविद्युतमा सहज नीति अगाडि सा¥यो भने देशमा लगानीमैत्री वातावरण बन्छ, रोजगारी सिर्जना हुन्छ ।’ नेपालको संस्कृति, परम्परा, हिमाललगायत क्षेत्रलाई छुट्याएर पर्यटनलाई विधागत रूपमा प्रोत्साहन गर्न सकिने गुरुङको बुझाइ छ । भारतको उदाहरण दिँदै उनी भन्छन्, ‘कुनै बेला भारतमा अटो क्षेत्र सामान्य थियो, सरकारले सो क्षेत्रलाई प्राथमिकता दिँदै सोहीअनुसारको नीति ल्याएपछि अहिले भारत अटो बजारमा विश्वको उत्कृष्ट देशमा पर्छ । विदेशी लगानीकर्ताको ध्यान भारतमा छ, अटो बजारमा भारत एउटा हब बनेको छ, सरकारले चाह्यो भने देश बन्छ ।’ उनका अनुसार नेपालमा रोजगारी दिने र पाउनेबीच खाडल छ । ‘यहाँ रोजगारदाताले कामदार पाइरहेका छैनन्, युवाले काम पाइरहेको अवस्था छैन, यो खाडल पुर्न आवश्यक छ । न्यूनतम पारिश्रमिक र महँगी बढी भएकोले पनि युवाहरू विदेसिने गरेका छन्,’ उनी भन्छन्, ‘विदेश जानु अहिले फेसनका रूपमा विकास भयो ।’ गुरुङका तीन छोरी र एक छोरा छन् । सबैले विदेशमा उच्च शिक्षा पढे । छोराछोरीलाई विदेशमा पढाए पनि उनले उनीहरूलाई नेपालमै फर्किन उत्प्रेरित गरे । नेपालमा भएको सम्भावनाको विषयमा बुझाए । अहिले उनीहरू नेपालमै काम गरिरहेका छन् । उनी आफ्नो व्यावसायिक सफलताको श्रेय आफ्नो भिनाजुलाई दिन्छन् । जसको साथ र सहयोगले उनी यहाँसम्म पुगे । विगत स्मरण गर्दै गुरुङ भन्छन्, ‘मलाई व्यवसायसम्बन्धि कुनै ज्ञान थिएन, त्यतिखेर भिनाजु (स्व.सोपलाल पाठकं) ले सरकारी जागिर छोडेर व्यवसायमा सहयोग गर्नुभयो । उहाँको सहयोगले नै आज मैले व्यवसायमा सफलता प्राप्त गरेको हुँ ।’ उनी आफ्नो परिवार र व्यावसायिक साझेदारको सहयोगले पनि व्यवसायमा सफलता मिलेको सुनाउँछन् । उनका सुरुवाती व्यावसायिक साझेदारहरू सुनिल गौतम, भरत खड्का, बिज्जु रावल, विष्णु पोखरेल, सुवास गौतम लगायतलाई अझै स्मरण गर्छन् । विष्णु र सुवासले भने अहिले साझेदारी छोडिसकेका छन् । सिटी एक्सप्रेसमा डोलराज शर्मा र चन्द्र टण्डनले पनि उनलाई ठूलो साथ दिएका छन् । विभिन्न व्यवसायबाट गुरुङले ५/६ हजार मानिसलाई रोजगारी दिएका छन् । ‘मेरो आफ्नै पनि व्यक्तिगत जीवनमा ठूलो परिवर्तन आएको छ, जीवनशैली र सोच परिवर्तन भएको छ । व्यावसायिक जीवनमा धेरै सफलता मिलेको महसुस गरेको छु । सम्बन्ध र नेटवर्किङ बढेको छ,’ उनी भन्छन्, ‘मेरो उद्देश्य नाफामात्रै होइन, देशलाई योगदान पनि गर्नु हो ।’ उनी अहिले सामाजिक जिम्मेवारी र देशको विकासमा योगदान दिने हिसाबले काम गरिरहेको बताउँछन् । ‘नेपालमा आशा मरेको छैन, देश बन्नेछ भन्ने विश्वास अझै छ,’ उनी भन्छन्, ‘आफ्नो ठाउँबाट हुन सक्ने काम गरिरहेको छु, सबैले हातेमाले गरेर अगाडि बढ्यो भने एकदिन देश अवश्य बन्छ ।’
विकासप्रेमी मेयर : प्रचण्डकी छोरी, महानगरकी आमा
काठमाडौं । विसं २०७४ सालमा रेनु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा विजयी हुनु ‘फलामको चिउरा’ थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी भएकै कारण उनलाई मेयरमा जित हासिल गर्न चुनौती हुनसक्ने धारणा अधिकांशको थियो । शीर्ष नेताहरूको खस्किँदो लोकप्रियताले उनी प्रचण्डको छोरी भएकै कारण जनताले भोट नदिन सक्छन् भन्ने आँकलन अधिकांशको थियो । तर, २०७४ को स्थानीय तहको चुनावमा उनले सानदार विजयी हासिल गरिन् । देश संघीय संरचनामा गइसकेपछि भएको पहिलो स्थानीय तह २०७४ को निर्वाचनमा उनी ४३ हजार १२७ मत पाएर मेयर बनिन् । मेयरमा विजयी भइसकेपछि पनि धेरैले अपेक्षा गरेका थिएनन् कि दाहालले भरतपुरको मुहार फेर्छिन् भनेर । तर, उनले जेजति काम गरिन्, त्यसको अहिले भरतपुरमा मात्रै होइन, देशभर चर्चा छ । भरतपुरलाई सुन्दर सहर निर्माणका लागि उनले ठूलो भूमिका खेलिन् । ठूल्ठूला भौतिक पूर्वाधार निर्माण, महानगरपालिकाको शिक्षा तथा स्वास्थ्यमा सुधार र सम्वृद्ध भरतपुर महानगर बनाउन गरेको उनको प्रयासमा २०७९ को स्थानीय तहको निर्वाचनमा जनताले साथ दिए । लोकप्रिय मतसहित उनी दोस्रो पटक मेयरमा विजयी भइन् । विगतमा नेताकी छोरी भनेर गुनासो गर्ने जनताले दोस्रो पटक विकासप्रेमी मेयरको संज्ञा दिँदै दाहाललाई ५२ हजार ३० मत दिएर विजय गराए । पहिलो पटकको स्थानीय तहको चुनावमा प्रचण्डपुत्री भनेर उनीमाथि प्रहार भयो । तर, रेनुले सालीन र सभ्य रूपमा जनतासँग मत मागिन् । काम गरेर देखाउने प्रण गरिन् । पहिलो कार्यकालको चुनाव लड्दाको कुरा स्मरण गर्दै उनी भन्छिन्, ‘विरोधीले पनि प्रश्न गर्न नसक्ने हिसाबले काम गर्छु भन्ने संकल्प राखेकी थिएँ, अहिले प्रचण्डपुत्री भन्ने शब्द कतै सुन्नु परेको छैन, पहिलो चुनावमा आलोचना गर्नेहरू दोस्रो चुनावमा चुप लागे, मैले यसलाई आफ्नो सफलताका रूपमा लिएकी छु ।’ दाहालले आफ्नो कार्यकुशलता कामबाट देखाइन्, भरतपुरलाई सुन्दर सहर बनाउन रातदिन खटिन्, परिणामस्वरूप अहिले देशको ध्यान भरतपुरमा छ । विगतमा कसैको नजर नपर्ने भरतपुर अहिले देशभरका स्थानीय तहले अनुसरण गर्ने महानगर बनेको छ । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर तीन पटक उत्कृष्ट पालिका घोषित भइसकेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका महानगरमध्येबाट भरतपुरलाई तीन पटक उत्कृष्ट महानगरका रूपमा घोषणा गरिसकेको छ । पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औंल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेको, १० असारभित्र बजेट ल्याए/नल्याएको, ३० असारभित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करवापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए/नदिएको लगायतका आधारमा मूल्याकन गरेर भरतपुरलाई उत्कृष्ट महानगरको ताज प्रदान गरेको हो । विकास, सुशासन र भरतपुरवासीको जीवनस्तर उकास्नका लागि मेयर दाहाल रोल मोडलका रूपमा देखिएकी छन् । उनले म एउटा नेताको छोरी मात्रै भएको कारण मेयर बनेकी होइन भन्ने प्रमाणित गरिसकेकी छन् । अहिले दाहाल सिंगो भरतपुर महानगरपालिकाकी छोरी बनेर काम गरिरहेकी छन् । जति काम उनले विकास निर्माणमा गरेकी छन्, त्योभन्दा बढी माया भरतपुर महानगरवासीबाट पाइरहेकी छन् । ‘पहिलो कार्यकालमा म भरतपुरका लागि नयाँ थिएँ, के गर्ने कसो गर्ने, कताबाट कामको थालनी गर्ने भन्नेमा अनभिज्ञ थिएँ । पहिलो कार्यकालको पाँच वर्षको बीचमा भरतपुरको समग्र वस्तुस्थिति, भौगोलिक अवस्था र जनताको मनोविज्ञानको बारेमा नजिकबाट बुझ्ने अवसर मिल्यो । पाँच वर्षको अनुभवले जनताको आवश्यकता र विकासका हिसाबले परिपक्क भएको अनुभव भयो,’ पहिलो कार्यकाल स्मरण गर्दै उनी भन्छिन्, ‘कोभिडको महामारीका बीच पनि धेरै काम गरेँ, सुरुमा आलोचना गर्नेहरूबाट पछि प्रशंसा पाएँ, यसलाई नै मेरो सफलता मान्छु ।’ भरतपुर देशको केन्द्रमा रहेपनि विकास निर्माणको दृष्टिकोणले कमजोर थियो । । बाटाघाटा बजार क्षेत्रमा मात्रै थिए । ग्रामीण क्षेत्रमा सडक कालोपत्रे थिएन । सडक भएको ठाउँमा पनि ती जीर्ण अवस्थामा थिए । संघीय सरकारको ध्यान भरतपुरमा खासै पर्थेन । तर, जब दाहालको आगमन भरतपुरमा भयो, भरतपुरको मुहार फेरियो । अहिले भरतपुर महानगरको हरेक वडामा सडक पुगेको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायत क्षेत्रमा नेतृत्वले गर्न चाह्यो भने विकास हुन्छ भन्ने नजिर स्थापित भएको छ । महानगरपालिकाले हरेक क्षेत्रमा समानुपातिक विकासको नीति अवलम्बन गरेको छ । दाहालले आफ्नो पहिलो कार्यकाललाई सफलताका साथ सम्पन्न गरेर दोस्रो कार्यकाललाई पनि सफल बनाउने प्रयत्न गरिरहेकी छन् । उनले दोहो¥याउनका लागि मात्रै दोस्रो पटक मेयर नबनेको बताउँदै काम गर्नैका लागि फिल्डमा उत्रिएको धारणा राखिन् । ‘मेरो आफ्नो आवश्यकताले भन्दा पनि भरतपुरको आवश्यकतालाई ध्यानमा राखेर दोस्रो पटक पनि मेयरका लागि उम्मेदवारी दिएकी थिएँ, जनताले पनि मेरो पहिलो कार्यकालको विश्वास गर्दै लोकप्रिय मतका साथ विजयी गराए । मेयर नदोहोर्याएको भए सांसद हुन्थेँ होला, मन्त्री पनि हुनसक्थेँ होला,’ उनी भन्छिन्, ‘मैले पहिलो कार्यकालमा अघि सारेका अधिकांश काम पेण्डिङ थिएँ, ती कामलाई सहज रूपमा सम्पन्न गर्न र नयाँ काम गर्न म दोहोरिएकी हुँ, आखिर जसले बच्चा जन्माउँछ, उसैलाई बच्चाको माया बढी लाग्छ नि !’ महानगरले अहिले २९ वटा वडामा सडक सञ्जाल विस्तारको काम गरेको छ । मेयर दाहालका अनुसार ८ वर्षको अवधिमा करिब १ हजार किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ । महानगरमा ५ अर्बको नारायणी तटबन्धको परियोजना अघि बढेको छ । पुल्चोक-गोन्द्राङ ६ लेन सडक, बाईपास रोड सडक, भरतपुर विमानस्थल विस्तार, आधुनिक टर्मिनल भवन निर्माण, भरतपुरका मुख्य सडकमा स्मार्ट लाइट, महानगरीय रिङरोड, लिङ्क रोड, महानगरीय प्रशासकीय भवन, पुङ्गी खोला र केरुङ्ग ड्रेनको सौन्दर्यकरण उनकै कार्यकालमा सम्पन्न हुने स्थितिमा छन् । कतिपय काम सम्पन्न भइसकेका छन् भने कतिपय निर्माणाधीन अवस्थामा छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी नदी किनारलाई सी बीच मोडलको रूपमा विकास, सबैको घर–घरमा शुद्ध खानेपानी, पर्यटकीय पूर्वाधार निर्माण, विद्युतको तार भूमिगत प्रणालीबाट विस्तार, ३ हजार जना अट्ने सिटी हललगायतका सयाैं योजना दाहालले अगाडि बढाएकी छिन् । एक वडा एक खेल मैदान, सबै वडा कार्यालय भवन निर्माण तथा विस्तार, एक वडा एक स्वास्थ्य संस्था उनले प्राथमिकताका साथ अगाडि बढाएकी छन् । यसले शिक्षा, स्वास्थ्य, व्यापार र अन्य सेवा पहुँचलाई सजिलो बनाएको उनको भनाइ छ । पूर्वाधारको सुधारले स्वास्थ्य र शिक्षा सेवाहरूको पहुँचमा वृद्धि गरेको छ । अस्पताल र विद्यालयहरू सजिलै पुग्न सकिने स्थानमा बनाउँदा, ग्रामीण र दुर्गम क्षेत्रका मानिसहरूलाई स्वास्थ्य र शैक्षिक सुविधाहरू प्राप्त गर्न सहज उनको धारणा छ । शिक्षा र स्वास्थ्यमा रोल मोडल मेयर दाहालले भरतपुरको नेतृत्व गरेपछि शिक्षा, स्वास्थ्यबाट सर्वसाधारणको जीवनस्तर उकास्न प्राथमिकता दिइन् । महानगरपालिकाले शिक्षाको गुणस्तरलाई वृद्धि गर्न संघ, प्रदेश र महानगरबाट ११२ विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न अर्बौं बजेट विनियोजन गर्न पहल गरिन् । उनले विद्यालयको भौतिक पूर्वाधार गुणस्तर बनाउन एक कक्षा कोठा एक शिक्षकको नीति अघि सारिन् । विद्यालयको मर्मत सम्भार, फलसिलिङ, रङ रोगन, प्रयोगशाला, शैक्षिक सामग्री, एक वडा एक नमुना विद्यालय कार्यक्रमलाई अगाडि बढाइन् । अटिजम विशेष विद्यालय र स्रोत कक्षा सञ्चालन गरी सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन आफै गाउँ-गाउँमा पुगिन् । ‘म आफै गाउँगाउँमा पुगेर विद्यार्थी तथा अभिभावकका गुनासो सुनेँ । अहिले महानगरको शिक्षा गुणस्तरलाई बुझ्नका लागि छात्रा र छात्रको संख्या हेरेर पनि हुन्छ, गणित, अंग्रेजी र विज्ञानको शिक्षक अनिवार्य गरेकै कारण सामुदायिक विद्यालय छाडेर निजी विद्यालय जाने चलनलाई रोक्न सफल भइसकेको छ,’ उनले भनिन्, ‘विद्यार्थीलाई छात्रवृत्तिको विषयलाई पनि प्राथमिकताका साथ अगाडि बढायौं ।’ अहिले महानगरले शिक्षण सहयोग अनुदान कोटा सिर्जना गरी युवा स्वयंसेवक शिक्षक छनौट र व्यवस्थापन कार्यलाई अगाडि बढाएको छ । सामुदायिक विद्यालयहरूमा लोपोन्मुख तथा अति सीमान्तकृत समूहका बालबालिकाको शिक्षामा निरन्तरताका लागि कक्षा १ देखि ८ सम्मका बालबालिकालाई महानगरको आन्तरिक स्रोतबाट छात्रवृत्ति प्रदान गर्नका लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिइन् । यस्तै, दाहालले महानगरवासीले सहज स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले घरआँगनमै आधारभूत स्वास्थ्य सेवाको व्यवस्था गरिन् । त्यसका लागि ४० वटा स्वास्थ्य संस्था सञ्चालन गरिन् । महानगरपालिकाले एक वडा एक स्वास्थ्य संस्थाको नीति अनुरूप २९ वडामा स्वास्थ्य संस्था सञ्चालन गरेर सर्वसाधारणको स्वास्थ्य सेवा कार्यक्रमलाई प्रभावकारी बनाइन् । विगतमा स्वास्थ्य संस्थाका लागि ४० लाख रुपैयाँमात्रै बजेट विनियोजन हुने गरेकोमा उनले बढाएर करोड ५० लाख रुपैयाँ पुर्याइन् । ‘सबैभन्दा महत्वपूर्ण विषय भनेको स्वास्थ्य हो, हामीले स्वास्थ्यमा कम्प्रोमाइज गर्नु हुँदैन । अहिले विभिन्न स्वास्थ्य संस्थामा एक्स रे, भिडियो एक्सरे सेवा उपलब्ध गराएका छौं, भरतपुर अस्पतालमा महिला, जेष्ठ नागरिक र अपाङ्ग बिरामीका लागि ओपिडी टिकट निःशुल्क गरेका छौं । घरमै पुगेर समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ उनी भन्छिन्, ‘अझै पनि धेरै काम हुँदैछन्, यसमा मलाई विभिन्न स्वास्थ्य संस्थाको पनि साथ मिलेको छ ।’ उनले गरिब तथा विपन्न समुदायका व्यक्तिलाई स्वास्थ्य उपचारमा आर्थिक सहयोग कार्यविधि बनाएर सेवा प्रदान भइरहेको पनि जानकारी दिइन् । यस्तै, भरतपुर महानगरले चितवन मेडिकल कलेजसँग सम्झौता गरेर महानगरवासीले उपचार गराउँदा सम्पूर्ण सेवामा ३० प्रतिशत छुट, स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट, औषधीमा ७ प्रतिशत छुट तथा नगर प्रमुखको सिफारिसमा क्यान्सर उपचारमा थप १० प्रतिशतको व्यवस्था पनि गरेको छ । दाहालका अनुसार महानगरले सर्वसाधारणको जीवनस्तर उकास्न कृषि समूह, फर्म तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले कृषि उत्पादनलाई जोड दिएकाले बर्सेनि यस्ता यन्त्र उपकरण हस्तान्तरण गर्ने गरेको बताइन् । त्यसले रोजगारी सिर्जनामा पनि भूमिका खेलेको उनको भनाइ छ । महानगरले वार्षिक रूपमा मागमा आधारित तालिम पनि दिँदै आएको छ । गत आर्थिक वर्षमा ४ हजारभन्दा बढीले तालिम लिएका छन् । दूग्ध उत्पादकलाई अनुदान दिँदा दूध उत्पादनमा छलाङ मारेको दाहालको भनाइ छ । दूधमा अनुदान नेपालमै पहिलो पटक भरतपुरले नै सुरुवात गरेको थियो । भूमिगत सिँचाइको कार्यक्रम अगाडि सार्दै अहिले ८ हजार बिघा क्षेत्रफलमा बाह्रमासे खेती भइरहेको उनले जानकारी दिइन् । यसले कृषकहरूको आम्दानी वृद्धि गरेको उनको दाबी छ । महानगरले निर्माण थालेका ठूला परियोजना सम्पन्न भइसकेपछि त्यसले ठूलामा मात्रामा रोजगारी सिर्जना गर्ने दाहालको विश्वास छ । महानगरले ७ हजार लिटरसम्म खानेपानी खपत गर्नेलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ । स्वरोजगार हुन चाहनेहरूलाई बाख्रा, बंगुर, पाडी वार्षिक रूपमा दिँदै आएको पनि उनले जानकारी दिइन् । उनको ध्यान अब रोजगारी सिर्जनामा छ । पछिल्लो समय युवाहरूको विदेश पलायनले उनलाई पनि चिन्तित बनाएको छ । यो ट्रेण्ड रोक्नका लागि उनले कृषि, पर्यटन, शिक्षा तथा उद्यमशीलतालाई नै अगाडि सार्नुपर्ने देखेकी छन् । उनका अनुसार महानगरले वडागत रूपमा बेरोजगार हुनेको सर्वेक्षण पनि गरेको छ । ‘महागरपालिकामा अहिलेसम्म ५ सय जना हाराहारीले बेरोजगारको भएको आवेदन दिएका छन्, अब हाम्रो ध्यान बेरोजगार रहेकालाई रोजगारी प्रदान गर्नु हो । निजी क्षेत्रको लगानी वृद्धि गर्न धेरै आयोजना पीपीपी मोडलमा अघि बढेका छन्,’ दाहालले भनिन् । उनका अनुसार भरतपुर भ्रमण वर्ष २०२४ को आयोजनाले यहाँ ठूला होटलहरू निर्माणमा टेवा मिलेको छ । महानगरले होमस्टेलाई प्रर्वद्धन गर्न अनुदानको पनि व्यवस्था गरेको छ । रोजगारीको प्रर्वद्धन गर्न हरेक वर्ष रोजगार मेला आयोजना हुने गरेको छ । भरतपुर । उनले भरतपुरमा छोरी जन्मनेबित्तिकै बीमाको सुरुआत पनि गरेकी छन् । उनले अब विकाससँगै सुशासनलाई पनि अगाडि बढाइरहेको सुनाइन् । ‘हामीले विद्युतीय भुक्तानीलगायत सफ्टवेयरहरू प्रयोग गर्दैछौं । मेयर हुनुअघि भरतपुर महानगरको आम्दानी ४० करोड हाराहारी थियो, अहिले अर्ब नाघेको छ,’ उनले भनिन्, ‘यस हिसाबले महानगर आर्थिक रूपमा पनि सबल बन्दै गएको संकेत देखिन्छ, दोस्रो कार्यकाललाई थप स्मरणीय बनाउन लागिरहेकी छु ।’ विपक्षीसँग सौहार्द व्यवहार भनिन्छ नि राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् । राजनीतिमा आजको मित्र भोलि शत्रु र आजको शत्रु भोलिको मित्र बन्न सक्छन् । यो कुरालाई दाहालले राम्रोसँग बुझेकी छन् । त्यसैले पनि उनले आफूसँग पराजित उम्मेदवार तथा अन्य दलका नेतासँग सम्बन्ध बिगार्न भन्दा पनि सुधार्न प्रयत्न गरिन् । त्यसले पनि आफूलाई भरतपुरमा काम गर्न सहज भएको उनको बुझाइ छ । ‘मेरो आफ्नो स्वभाव सन्तुलित छ, केही चिज प्राप्त गर्नका लागि झैझगडा, किचलो गरेर सम्भव हुन्न भन्ने कुरा मलाई राम्रोसँग थाहा छ । सबैसँग समन्वय गरी काम गर्ने स्वभावले गर्दा नै जुनसुकै राजनीतिक उतारचढाव हुँदा पनि महानगरको गतिलाई रफ्तारमा अघि बढाउन सम्भव भयो,’ उनी भन्छिन्, ‘जुनसुकै पार्टी सरकारमा गए पनि वा जुनसुकै व्यक्ति प्रधानमन्त्री मन्त्री बनेपछि मलाई काम गर्न सहज नै भयो ।’ दुबै पटकको स्थानीय तहको निर्वाचनमा दुई दलीय गठबन्धनमा निर्वाचन भयो । प्रदेशदेखि संघीय सरकारमा भइरहने गठबन्धनको फेरबदलको प्रभाव स्थानीय तहमा स्वाभाविक रूपमा पर्ने नै भयो । अघिल्लो पटक भरतपुर महानगरको २९ वडामध्ये माओवादीले तीन वडामा मात्रै जितेको थियो । तर, त्यो अवस्थामा पनि उनलाई काम गर्न असहज भएन । दाहालले सबैसँग सौहार्दपूर्ण ढंगले व्यवहार गरेकै कारण सबैले उनको काममा साथ दिए । विकासका सारथी बने । रेणु दाहालको नेतृत्वमा भरतपुर महानगरपालिकामा प्रशंसायोग्य भौतिक पूवाधारको विकास मात्र भएको छैन, शिक्षा, स्वाथ्य र रोजगारीका क्षेत्रमा पनि धेरै राम्रा काम भएका छन् । समय बित्दै जाँदा रेणु परिचय ‘प्रचण्ड’की छोरीबाट महानगरकी आमामा रूपान्तरित हुँदैछ । ‘हामी सबैको एउटै स्वार्थ भनेको समृद्ध भरतपुर बनाउने हो, यसका लागि कसैप्रति कुनै आग्रह वा पूर्वाग्रह नराखी समन्वयात्मक ढङ्गबाट काम गर्न प्रतिबद्ध छु,’ दाहाल भन्छिन्, ‘अहिलेसम्म सबैबाट सहयोग मिलेको छ ।’ उनका अनुसार महानगरको आन्तरिक आय केही कमजोर छ । अहिलेसम्म १ अर्ब ३३ करोड रुपैयाँमात्र राजस्व संकलन भएको छ । महानगरको राजस्वको मुख्य स्रोत सम्पत्ति कर, भूमि तथा मालपोत कर, बाँडफाडबाट प्राप्त हुने विज्ञापन कर, व्यवसाय रजिष्ट्रेशन दस्तुर, घरजग्गा रजिष्ट्रेशन, पार्किङ शुल्क र नक्सापास दस्तुर हुन् । उनले राजस्व वृद्धि गर्न राजस्व सुधार कार्य योजना, चुहवाट नियन्त्रण र निजी क्षेत्र संस्थासँग साझेदारी तथा सघन अनुगमन गरिएको जानकारी दिइन् । ‘राजस्व वृद्धि गर्न यहाँका निजी संस्था उद्योग वाणिज्य संघ, चितवन र चितवन उद्योग संघसँग साझेदारीमा राजस्व संकलनको कार्यलाई अगाडि बढाएका छौं । करको दरभन्दा दायरा बढाउने नीति आत्मसात गरेर काम गरिरहेका छौं,’ उनले भनिन्, ‘सबैको सहकार्यले राजस्व संकलन गर्ने नीति पनि प्रभावकारी हुने आत्मविश्वास छ ।’ को हुन् रेनु ? विसं २०३३ साल असारमा चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी दाहाल पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र स्व. सीता दाहालकी माहिली छोरी हुन् । विसं २०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल २०५२ सालको माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत भइन् । प्रवासमा अखिल महिला समाजकी केन्द्रीय समिति अध्यक्ष, सशस्त्र द्वन्द्वकालमा रोल्पामा सहइन्चार्ज, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव, काठमाडौं जिल्ला सचिव पार्टीको पोलिटब्यूरो सदस्य हुँदै अहिले पार्टीको केन्द्रीय सदस्यका रूपमा पनि काम गरिरहेकी छन् । प्रवेशिकासम्म अध्ययन गरेकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद भएकी थिइन् । दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएकी थिइन् । दिदी ज्ञानु दाहाल, भाई प्रकाश दाहाल र आमा सीता दाहालको निधनजस्ता पारिवारिक शोक र पीडा पार गर्दै रेणुले आफ्नो कर्मक्षेत्रमा गरेको कडा परिश्रमको तारिफ गर्नेहरू पनि अहिले धेरै छन् ।