कोकाकोला कप २०७३ को विजेता समुहहरु
काठमाडौं, ५ असोज । चृुली उच्च माध्यमिक विद्यालय र दुर्गा उच्च माध्यमिक विद्यालय क्रमशः प्रमुख अतिथी महेश प्रसाद दाहाल (सचिव, युवा तथा खेलकुद मन्त्रालय), आलोक कोहली, कोका कोला नेपालका देशिय निर्देशक, बोटलर्स नेपाल लिमिटेडबाट आनन्द रत्नापार्खी तथा रजनिश शर्मा तथा एन्फाका पदाधिकारीहरुका साथमा ।
एनसेल दशैं मेलासँगै रमायो बुटवल
काठमाडौ, ३ असोज । एनसेलले सोमबार बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गरेको छ । कम्पनीले रि—ब्राण्डिङ्ग पश्चातन जिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदान गर्न उक्त मेलाको आयोजना गरेको हो । मेलाबिहान ११ बजे शुरु भएको थियो र दिउसो २ बजेबाट नै रमझम र रौनक बढेको थियो । मौसम गरम भएता पनि विभिन्न स्टहरुमा दर्शकहरुको उत्साहजनक सहभागिता जनाएको एनसेलले जनाएको छ । मेलामा चर्चित कलाकार तथा सांगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाकाविषेश आर्कषणहरु थिए । चर्चित कलाकार सुगमपोख्रेल, शिव परियार, मिलनअमात्य,लाउरे, डिजे रुपेश र सांगीतिक समुहएक्स व्याण्डको प्रस्तुतीहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिदै नाच्न र झुम्नप्ररित गरेकाथिएभने हाँस्यकलाकार सन्दिप क्षेत्रीको प्रस्तुतीले दर्शकहरुलाई आफ्नो हाँस्यव्यङ्ग्यबाट भरपुर मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी कार्टुन्जक्रु र युभिएन्जल्स्को प्रस्तुतीेदर्शकहरुले मन पराएका थिए । मेलाको प्रत्येक स्टलमा आगन्तुकहरुको बाक्लै भीड लागेको थियो । चंगा चेट प्रतियोगितामादर्शकहरुले रमाईलो गरे भने एनसेल हाईटेक जोनमादर्शकहरुले ‘भर्चुअल रियालिटी’ को अनुभव गरेका थिए र मगसट फोटो बुथमा सबै उमेरका आगन्तुकहरुको फोटो खिचाउन भीड लागेको थियो । सिद्घेश्वरी मैदानमामयुर नाच,लाखे नाच रदशैं पिंङले मेला अझ रोचक बनाएको थियो । मेलामा दर्शकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफरका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाईएको थियो । सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेम स्टलहरुमा युवाहरुकोे भिड देखिन्थ्यो । मनोरञ्जनका साथसाथै गेम स्टलहरुमा दर्शकले विभिन्न गिफ्टहरु पनि पाएका थिए । मेलाकै अवसर पारेर एनसेलले आफ्नो ‘च्यानललोयल्टि’ योजनाअन्तर्गत सिम कार्ड, रिचार्ज कार्ड र अन्यप्रोडक्टहरु ग्राहक सम्म पुर्याउने लुम्बिनीअन्चलकाआफ्ना १० वटा आधिकारिक रिटेलरहरुलाई उपहारप्रदान गरेको छ । रिटेलरहरुले गरेको बिक्रीकाआधारमाउनीहरुलाई एससिडी टिभी, ल्यापटप र प्रिन्टर लगायतकाविभिन्नउपहारहरु प्रदानगरिएको थियो ।
एनसेल मेलामा रमाए पोखरेली र पर्यटकहरु, चर्चित गायकका उत्कृष्ट प्रस्तुति
काठमाडौं, २ असोज । देशको अग्राणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदान प्रदानग र्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा एनसेल मेला भव्य रुपमा आयोजना गरेको छ । एनसेल मेलामा, पोखरेलीहरुका साथै पर्यटकहरुको उत्साहजनक सहभागिता रहेको थियो । मेलाको मुख्य आकर्षणमा चर्चित कलाकारहरु तथा सांगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु रहेका थिए । चर्चित कलाकार तथा गायक सुगम पोखरेल, मिलन अमात्य, शिव परियार, एक्स ब्याण्ड तथा लाहुरेले मेलाम ाआफ्नो उत्कृष्ट गीतहरु गाएका थिए । हाँस्य कलाकार सन्दिप क्षेत्रीले सबैलाई आफ्नो प्रस्तुती मार्फत हँसाए भने कार्टुन्जक्रु र युभिएन्जल्स्को प्रस्तुती मादर्शकहरु मत्रमुग्ध भएका थिए । गायक सुगमपोखरेलको ‘झिल्के’ र‘प्रेम गीत’, मिलनअमात्यको ‘गाला रातै’ र ‘स्लोली स्लोली’, शिव परियारको ‘क्यादामीभो’ र ‘रुपौली रानी’जस्ता गीतहरुमा दर्शकहरु आफु पनि गाउँदै नाचेका थिए । एक्स ब्याण्डले आफ्नो लोकप्रियगीतहरु ‘लुक्न देउ’, ‘एउटा चिठ्ठी’, र ‘चियाबारीमा’अनि लाउरेले ‘नेपहपको बाटो’, ‘हाउ्डे’ र ‘तितो सत्य’गाएर दर्शकहरुलाई उत्साहित बनाएका थिए । सबै उमेरका मानिसहरुलाई मनोरन्जन प्रदान गर्नका लागि एनसेल मेलामा विभिन्न गतिविधि तथा कार्यक्रमहरु समावेश गरिएका थिए । गेम स्टलहरुमा विषेशत युवाहरुको भीड देखिन्थ्यो । मेलामासुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु राखिएका थिए । थुप्रै गेम स्टलहरुमा आगन्तुकहरुले उपहारहरु पाएका थिए भने किड्स जोनमा रहेको इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबीगल्फ र ट्रेन लगायतमा बालबालिकाहरु रमाई रमाई खेलेका थिए । मेलामाआगन्तुकहरुले एनसेलको सेवातथा सुविधाहरु आकर्षक अफरका साथ लिन पाएका थिए । त्यसैगरी डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विशेष हाईटेक जोनमा दर्शकहरुले चलाएर हेर्न सकिने व्यवस्था मिलाईएको थियो । आगन्तुकहरुको लागि नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको फुड स्टलहरुका साथै दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ जस्ता आकर्षणहरु रहेका थिए । “पर्यटकीय नगरी पोखरामाएनसेल मेला आयोजना गरेर नजिकिदै गरेको चाडपर्वको शुभकामना आदान प्रदान तथा खुशी साटासाट गर्न पाउँदा हामी निकै हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलनशर्माले भने । नारायणघाट र पोखरा पश्चात, एनसेल मेलाअसोज ३ गते बुटवलमा, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा पुगी आयोजना पश्चात समापन उनले बताए ।