२५ प्रतिशत रेमिट्यान्स ऋण तिर्न प्रयोग, विदेशमा नेपालीले कमाएको पैसा ऋण तिर्न र घरायसी खर्चमै ठिक्क

काठमाडौं ११, असोज । रोजगारीमा गएका कामदारले पठाएको रकमको २५.३ प्रतिशत हिस्सा विदेश जाँदा लागेको ऋण तिर्न प्रयोग हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका ३ सय २० घरपरिवारमा गरेको सर्वेक्षणले एक वर्षको अवधिमा विदेशबाट पठाएको रकमको २५।३ प्रतिशत रकम ऋण तिर्न लागि प्रयोग हुने गरेको देखाएको छ । “रोजगारीमा जाने सिलसिलामा वा जानु अघिदेखि नै ऋणग्रस्त हुने तथा रेमिट्यान्स प्राप्त गर्ने अधिकांश घरपरिवारले घररजग्गा लगायतका स्थिर सम्पत्ति खरिद गर्न ऋण लिने कारण रेमिट्यान्स आयको सबैभन्दा ठूलो अंश ऋण तिर्न प्रयोग हुने गरेको छ,” राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा वैदेशिक रोजगारीमा जाने कामदारले पैसा पठाएपछि पहिलो प्राथमिकता ऋण तिर्नको लागि हुने गरेको देखिएको बताउँछन् । “कतिपय कामदारले घरघडेरी जोड्न पनि ऋण लिने र त्यो रकम तिर्न प्राथमिकता दिने गरेको देखिएको छ,” थापाले भने । राष्ट्र बैंकले पहाड र तराईका ७–७ वटा तथा हिमाली क्षेत्रका २ वटा जिल्ला छानेर सर्वेक्षण गरेको थियो । वैदेशिक रोजगारीबाट कमाएको रकमको ठूलो हिस्सा ऋण तिर्न प्रयोग हुने भएकाले सहज रूपमा विदेश जान युवाहरुलाई सम्बन्धित पक्षले रकम उपलब्ध गराउन पनि राष्ट्र बैंकले सुझाव दिएको छ । आर्थिक वर्ष ०५०र०५१ मा कुल राष्ट्रिय बचत– कुल गार्हस्थ्य बचत अनुपात १४।६ प्रतिशतभन्दा अलिकति माथि १६।८ प्रतिशत रहेकोमा ०७१र०७२ मा ११।४ प्रतिशतभन्दा उल्लेख्य ४४।६ प्रतिशत रहनुमा विप्रेषण आप्रवाहको प्रमुख भूमिका रहेको देखिएको राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । वैदेशिक रोजगारीबाट कमाएको पैसा ऋण तिर्ने तथा बचतपछि सबैभन्दा बढी खर्च उपभोगमा हुने गरेको छ ।

आईएमईको प्रथम हप्ताको विजेता घोषित, तिलकले जिते आईएमईको युएम स्कुटर

काठमाडौं, ९ असोज । आईएमईले महान पर्व विजया दशमी लक्षित “आईएमई हात हुँदैन खाली” योजना अन्तर्गत प्रथम हप्ताको भाग्यशाली विजेता घोषित गरेको छ । कन्ट्रोल नम्बर ९०६७९०९८०१७ मा मलेसियाबाट कूल नेपाली रुपैंयाँ ३७,०८१ पठाएका आईएमई सेवाग्राही तिलकबहादुर श्रेष्ठ भाग्याशाली घोषित भएका छन् । प्राप्त गरेको पुरस्कार श्रेष्ठले सिफारिस गरेका नेपालमा हुने आफन्तले पाउने कम्पनीले जनाएको छ । यहि आश्विन १ गतेदेखि आश्विन ३० गतेसम्म हुने “आईएमई हात हुँदैन खाली” योजनामा नेपालका १४७ आईएमई सेन्टर सहित ५२०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन् । यस योजनाबाट श्रम एवं बिभिन्न उद्देश्यले प्रवासमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्ने अवसर प्रदान गरेका छौं । यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेटे आदि निश्चित उपहार पाउने व्यवस्था मिलाईएको छ । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईनेछ । साथै, साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गराईनेछ ।

यती बैंकको सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं, ९ असोज । यती डेभलपमेण्ट बैंकको न्यूरोड शाखाले नेपालीहरुको महान चाड बिजया दशमीलाई लक्षित गरी टोल सरसफाई कार्यक्रम आयोजना गरेको थियो । बैंकले दलाछी परिवार क्लबको सहकार्यमा काठमाडौं, दलाछीमा शनिबार टोल सरसफाई कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सभासद ध्यानगोबिन्द रंजितले समाजीक कार्यमा यती डेभलपमेण्ट बैंकले देखाएको सद्भाब र सहकार्यको लागी बैंकलाई धन्यबाद दिएका थिए । टोल सरसफाई कार्यक्रममा स्थानीय बासिन्दाहरुको पनि सहभागीता रहेको थियो । बैंकको “ संस्थागत सामाजिक दायित्व अन्तरर्गत सरसफाई कार्यक्रम” भन्ने नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका न्यूरोड शाखा प्रमुख हरेकृष्ण वाग्ले सामाजिक हितका लागी हुने कार्यमा निरन्तर बैंकको सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।