मधेशी दललाई मनाउन चुनाव सारिदै, जेठ ३१ को चुनाव असार १० भित्र गर्नेसहमति
मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाललाई स्थानीय तह निर्वाचनको दोस्रो चरणमा सहभागी गराउन केही दिन निर्वाचन सार्न सत्ता र प्रतिपक्षको शीर्ष तहमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ३१ को स्थानीय तहको दोस्रो निर्वाचन साता(दस दिन सारेर भए पनि राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागी गराउने प्रस्ताव राख्नुभएपछि एमाले अध्यक्ष केपी ओलीले मौन समर्थन गर्नुभएको थियो । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार राति बसेको बैठकमा स्थानीय तहको निर्वाचन साता(दस दिन सारेर भए पनि संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराउने अनौपचारिक सहमति भएको हो । दाहालले जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो निर्वाचन साता/दस दिन सारेरै भए पनि राजपालाई चुनावमा सहभागी गराउने प्रस्ताव राख्दै उक्त विषय संविधान, ऐन, कानुनअनुसार के/कसरी मिलाउने भन्ने विषयमा सोमबार नै कानुन व्यवसायीसँग परामर्श गर्ने बताउनुभएको थियो । यसबारे सोमबार वा मंगलबार फेरि चार दलका शीर्ष नेता बसी औपचारिक निर्णय गर्नेछन् । राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतोले साता(दस दिन चुनाव सारेर भए पनि निर्वाचनको वातावरण गराउन प्रधानमन्त्रीले राखेको प्रस्तावमा अनौपचारिक सहमति भएको जानकारी दिनुभयो । उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘चुनावको वातावरण बनेपछि राजपाले के गर्छ त्यो समयले निर्धारण गर्छ । राजपा संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण नभएसम्म निर्वाचनमा जाँदैन । महतोले प्रधानमन्त्रीको प्रस्तावमा सकारात्मक संकेत दिँदै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले शान्तिपूर्ण, धाँधलीरहित चुनावी वातावरण जेजसो गर्दा हुन्छ, गर्नुपर्छ भन्ने धारणा राखेको जानकारी दिनुभयो । राजपा अध्यक्ष मण्डलका अर्का नेताले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ओलीलाई उद्धृत गर्दै भने, ‘दुई वर्ष मधेस र एमालेबीच कटुता भए पनि स्थानीय चुनावमा राजपासहित सबै एक साथ जान मलाई कुनै आपत्ति छैन । संविधान संशोधन, सीमांकनलगायत विषयमा चुनावपछि निर्णयमा पुगौंला, हामी सहयोग गर्छौ, अहिलेलाई चुनावमा जाने विषयमा मात्र निर्णय गरौं । फेरि मतपत्र छापेमात्रै राजपलाइ नयाँ चुनाव चिह्न राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगमा दलीय मान्यता पाएपछि चुनाव चिह्न छाता पाउने स्वाभाविक प्रक्रिया हो । यद्यपि, दोस्रो चरणको चुनावका लागि मतपत्र पहिल्यै छापेर धमाधम जिल्ला पठाउन थालिएको छ । यस्तो अवस्थामा सरकारले पुनः मतपत्रमा छाता चिह्न राख्न फेरि छाप्नुपर्छ । अन्नपूर्ण पोस्टबाट ।
रामकृष्णको स्वर र आलोक श्रीको संगीतमा सरु भट्टराईको ‘बाध्यता’ सार्वजनिक (भिडियोमा)
काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर, आलोक श्रीको संगीत र सरु भट्टराइको शब्द रहेका सांगीतिक एल्बम‘बाध्यता’ सार्वजनिक भएको छ । गीतकार सरु भट्टराई अम्गाईकोपहिलो प्रस्तुतीका रुपमा आएको बाध्यता एल्बमको‘बाध्यता छ एकातिर रहर भित्र तिमी’ गीतको म्युजिक भिडियो पनि युट्युबमार्फत सार्वजानिक गरिएको छ । राजेश ढकालले छायांकन गरेको म्युजिक भिडियोमागायकरामकृष्ण ढकाललाई नै देख्न सकिन्छ । गीत रेकर्डिङ गर्दा–गर्दैको अवस्थालाई भिडियोमा आकर्षक तरिकाले देखाइएकोछ । जेठ १० गते युटुवमा सार्वजनिक गरिएको उनको नयाँ गितले प्रेम वियोगको गहिरो भाव बोकेको छ । दशौं वर्षदेखि संगीत क्षेत्रमा लागिपरेका ढकालका फ्यानहरुलाई ‘बाध्यता’ एल्बम उपहार सिद्ध हुने देखिन्छन् । परिचित गायक ढकालले गीतका शब्दहरुलाइ न्याय दिएका छन् । भिडियोमा
हार्ने भएर पनि २० हजार मत पाउँदा विजेताको भन्दा बढी चर्चा बटुल्दै रन्जु
काठमाडौं । आन्दोलनहरूले नायक जन्माउँछन् भने चुनावले विजेता । तर, विवेकशील नेपाली दलले काठमाडौं महानगरमा मेयर उम्मेदवार बनाएकी रञ्जु दर्शनाको हकमा यो नियम लागू भएन । उम्मेदवार बनेका दिनदेखि नै उनले विजेताले जस्तो चर्चा पाइन् । निर्वाचनको १२ दिनपछि करिब १ लाख ७५ हजार मतगणना हुँदा उनले २० हजारभन्दा बढी मत पाएकी छन् । तैपनि उनको चर्चा विजेताको जस्तो छ । रञ्जुको उम्मेदवारीले नै सामाजिक सञ्जालदेखि मुख्य धारका मिडियासम्ममा उत्तिकै चर्चा पायो । २१ वर्षकी एक युवतीले मुलुककै ‘राजधानी–प्रमुख’ का लागि गरेको दाबी कतिका लागि ठूलै झटका थियो भने कतिले यसलाई महत्त्वाकांक्षाको सामान्य घटना माने । पछिल्ला वर्षहरूमा राजनीतिक विश्लेषकहरूका अनुमान प्रायस् मिल्ने गरेका छैनन् । पहिलो चरणको स्थानीय चुनावमा धेरै ठाउँमा दलका भनिएका ‘किल्ला’ तोडिए, नयाँ किल्लाको निर्माण भयो । सधैं परिवर्तनशील मानिने काठमाडौं पनि यसबाट अछूतो रहने कुरै थिएन । विवेकशील र साझा पार्टीका उम्मेदवारले काठमाडौं, ललितपुरमा धेरैको अपेक्षाभन्दा बढी मत पाए । माओवादीजस्तो सत्ताधारी स्थापित पार्टीका उम्मेदवारले भन्दा बढी मत विवेकशील र साझा पार्टीले पाउनुको कारण के हो रु यसले देशको राजनीतिबारे के संकेत गर्छ त रु के काठमाडौंका मतदातामा जागृत पुराना दलप्रतिको वितृष्णाको यो उपज हो रु यदि हो भने फेरि तिनै दल किन पहिलो र दोस्रो भए रु के यो नयाँ सोच र युवा जोसप्रतिको आकर्षण हो रु यदि त्यसो हो भने सचिवबाट सेवानिवृत्त किशोर थापाले पनि १६ हजारभन्दा बढी मत कसरी पाए रु नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा विवेकशील र साझा पार्टीले पाएको मतलाई ७० प्रतिशत पुराना दलप्रतिको वितृष्णा र ३० प्रतिशत नयाँप्रतिको आकर्षण मान्दछन् । ‘तर, आकर्षण, प्रेम र भरोसामा फरक छ । आकर्षण प्रेम र भरोसामा रूपान्तरण भएपछि बल्ल घरजम हुन्छ । कुनै पार्टीको जीवनमा पनि यस्तै हो । अहिले रञ्जुले पाएको मत आकर्षणको हो, यसलाई भरोसासम्म पुर्याउन सक्यो भने बल्ल राजनीतिक दलका रूपमा भविष्य हुन्छ,’ शर्मा भन्छन् । विश्लेषक झलक सुवेदी यो मतका पछाडि मुख्य चार कारण देख्छन् । ‘पहिलो कारण, पछिल्लो संविधानसभा चुनावदेखि नै विवेकशील काठमाडौंको राजनीतिमा छ । दोस्रो, गोविन्द केसीको आन्दोलन र भूकम्पपछिको उद्धारमा यो दलले आफ्नो सक्रियता देखाएर मानवीय पक्षमा मतदाताको मन जितेको थियो । तेस्रो, काठमाडौंमा बढदै गएको स्वतन्त्र मध्यम वर्गमा पुराना दलप्रति बढेको वितृष्णा र विरक्तिले यिनलाई वैकल्पिक शक्तिको स्थान दियो । चुनावको मुखमा भएका महाअभियोग र आईजीपी काण्डका कारण जन्मिएको नकारात्मक मतको पनि फाइदा भयो । र, चौथो २१ वर्षकी युवतीको हक्की र जनतासँग साधारण भाषामा संवाद गर्ने शैलीले पनि आकर्षित गर्यो ।’ रञ्जु पनि आफूले पाएको मतमा ठूला दलप्रतिको निराशाले काम गरेको मान्छिन् । ‘ठूला दलप्रतिको वितृष्णा र सकारात्मक परिवर्तनको चाहना दुवै हो,’ उनले भनिन् । उनी आफूले जित्ने अपेक्षासहित चुनावमा भाग लिएको भन्दै चुनाव तयारीमा समय कम भएकाले सबै मतदातासमक्ष पुग्न नसकेको बताउँछिन् । परिवारले अपनाउँदै आएका पेसा व्यवसायबाट अलग भएर स्वतन्त्र जीवनतर्फ लम्किने युवाको संख्या पछिल्लो समय सहर–बजारमा बढिरहेको छ । आफ्नै स–सानो व्यापार वा जागिर गर्नेहरू परम्परागत सम्बन्धको डोरीबाट विस्तारै खुकुलो हुँदै जाने मानिन्छ । ‘कुनै दल विशेषप्रति प्रतिबद्ध छैन भने जहिले पनि यस्ता मतदाताले नयाँलाई मत दिने सम्भावना रहन्छ,’ सुवेदी भन्छन्, ‘युवा पनि भएकाले स्वतस् यिनको रोजाइमा रञ्जु परिन् ।’ तर, कांग्रेस नेता शर्मा भने युवा भएकाले मत आएको मान्दैनन् । ‘युवा भएकाले फ्रान्समा मत पाए तर भारतमा राहुल गान्धीको सट्टा मोदीले नै जिते नि,’ उनी भन्छन्, ‘समाजमा प्रयोगवादी भोक रहन्छ, त्यसकै प्रतिविम्ब चुनावमा झल्किएको हो ।’ मानवशास्त्री सुरेश ढकाल काठमाडौंमा ठूला दलका मतदाताले पनि विवेकशीलको इस्टकोट र साझा पार्टीको क्यामरामा मत दिएको मान्छन् । ‘भोटको प्याटर्न हेर्दा कांग्रेसको धेरै भोट यी पार्टीमा गएको देखिन्छ,’ उनले भने । काठमाडौंमा ठूला पार्टीका नेताहरूले पहिले पनि पराजय भोगेको दृष्टान्त दिँदै ढकाल भन्छन्, ‘तर, यो कृष्णप्रसाद भट्टराईविरुद्ध पार्टीभित्रैबाट अन्तरघात भएजस्तो होइन, भट्टराईविरुद्ध अन्तरघात भएको थियो, यसपालिको चाहिँ नेतृत्वलाई सबक हो, होसियार गरेको हो ।’ २० वर्षपछि भएको स्थानीय निर्वाचनमा पहिलो पटक मतदान गर्नेमा १८ देखि ३७ वर्षसम्मका युवा मतदाताको संख्या उल्लेख्य थियो । राजनीतिले आकर्षित गर्न नसकेको ठानिने यो पुस्ताका मतदाताले सामाजिक मुद्दा उठाउने युवा उम्मेदवारसँग निकटता महसुस गर्नु स्वाभाविक देखिन्छ । ‘जागिर खाएर फुर्सदमा पार्टी खोल्नेभन्दा राजनीतिमा सुधार गर्छु भनेर आफ्नो जीवन नै दाउमा लगाउनेप्रति आकर्षण हुनु स्वाभाविक हो,’ ढकाल भन्छन् । तर, एमाले उपमहासचिव घनश्याम भुसाल भने यसलाई मतदाताले बेला–बेला विकल्प खोज्ने सहायक प्रवृत्तिका रूपमा व्याख्या गर्छन् । ‘रञ्जु वा किशोरले मत पाउनु भएको सहायक प्रवृत्ति हो, जित्ने मत त ठूला दलले नै पाइरहेका छन्,’ भुसाल भन्छन् । ‘समाजमा जहिले पनि एउटा आलोचक तप्का हुन्छ । त्यो असन्तुष्ट हुन्छ । त्यो तप्का आफूले भनेजस्तो नभएपछि आफ्ना इच्छा, कुन्ठा र सपनालाई कहिले विकासका नारासँग जोड्छ, कहिले समृद्धिको सपनासँग,’ भुसाल भन्छन्, ‘यसैले रञ्जुले यति मत पाउनु राजनीतिको मुख्य प्रवृत्ति होइन, सहायक प्रवृत्ति हो । विश्लेषकहरूले भनेजस्तो ठूला पार्टीको भोट काटेको भने रञ्जु मान्दिनन् । ‘मत कसैको पेवा होइन, जो अरूले काटोस् । पुराना दलहरूले यो वडा हाम्रो, त्यो वडा तिम्रो भनेजस्तो होइन भन्ने पनि यो चुनावमा देखियो,’ उनी भन्छिन्, ‘अन्तिम निर्णायक भनेको जनता हुन् । यदि भोट काटेकै हो भने पनि पुराना दलले आफूले पाएको भोटलाई सम्मान गर्न नसकेका रहेछन् नि । कान्तिपुर दैनिकबाट ।