माछापुछ्रे बैंकद्वारा विर्तामोडको विद्यालयलाई खानेपानीको ट्यांकी हस्तान्तरण

काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा पञ्चरत्न माध्यामिक विद्यालय बिर्तामोड–२, चौतुबारी, झापाको विद्यार्थीहरुलाई स्वच्छ खानेपानी व्यवस्था गर्ने उद्देश्यले खानेपानीको ट्यांकीको साथमा आवश्यक पूर्वाधार निर्माण गरिदिएको छ । बिहीबार एक कार्यक्रमकाबीच पानीको ट्यांकी प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे तथा माछापुछ्रे बैंक लिमिटेड विर्तामोड शाखाका शाखा प्रबन्धक भरत प्रसाईबाट संयुतक्त रुपमा उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको जनाइएको छ । बैंकले मुलुकभर ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर, १४ शाखा रहित बै‌किङ सेवा गरि ८० स्थानबाट ग्राहकहरुमाझ बैंकिङ सुबिधा प्रदान गर्दै आएको छ । बैंकले देशभर ८६ वटा एटीएमहरु सञ्चालनमा ल्याएको बताएको छ ।  

सेञ्चुरी कमर्सियल बैंकको क्यालेन्डर बिमोचन

काठमाडाै‌ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २०७५ सालको क्यालेन्डर चैत्र शुक्रबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठका साथमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईद्वारा बिमोजन गरिएको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको जनाइएको छ । बैकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ गरि कुल १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जानकारी दिएको छ ।

कलेज पढ्ने १५ हजार केटीहरुले गरे गर्भपतन, बाँझोपनकाे जोखिम अधिक

काठमाडौं । २० वर्षभन्दा कम उमेरमा छोरीको विवाह गर्नु स्वास्थ्यको लागि हानिकार हुन्छ भनेर स्वास्थ्यकर्मीहरु, महिला अधिकारकर्मीहरुले बताउँदै आएको हामी धेरैले सुनेकै छौं । तर धेरैलाई थाहा छैन कि २० वर्षभन्दा कम उमेरमा नै यौन सम्पर्क गर्ने, गर्भधारण गर्ने र गर्भपतन गर्ने युवतीहरुको संख्या कहाली लाग्दो ढंगले वृद्धि भईरहेको छ । एक वर्ष अवधिमा स्कूल र कलेज बढ्ने उमेरका २० वर्ष मुनिका करिव १५ हजार केटीहरुले गर्भपतन गर्ने गरेको सरकारी आँकडाले देखाएको छ । स्वास्थ्य सेवा विभागको तथ्याङ्क अनुसर नेपालमा आर्थिक वर्ष २०७२÷७३ को १४ हजार ६ सय ९९ जना केटीहरुले २० वर्ष नपुदै गर्वपतन गराएका थिए । त्यसमा ७ हजार ३ जना केटीहरुले औषधी प्रयोग गरी गर्भ तुहाएका थिए भने ७ हजार ६ सय ९६ जना केटीहरुले शैल्यक्रिया गरी गर्भ फालेका थिए । यसरी गर्भपतन गराउँदा महिलामा रक्त अल्पता, सेतो पानी बग्ने, बाँझोपन हुने, तल्लो पेट दुख्ने, कमजोर हुने जस्ता समस्या आउने गरेको काठमाडौँ जिल्ला जनस्वस्थ्यका सूचना अधिकारी पुस्कर विजुक्षे बताउछन् । सबै भन्दा धेरै गर्भपतन काठमाडौँ जिल्लामा गराइन्छ । विभागका अनुसार काठमाडौंमा उक्त एक वर्षमा ४ हजार ७ सय १७ जना केटीहरुले २० वर्ष नपुदै गर्भपतन गराएका थिए । जसमा २ हजार ७ सय ८१ जनाले औषधी प्रयोग गरेका थिए भने १ हजार ९ सय ३६ जनाले अप्रेसन मार्फत गर्वपतन गराएका थिए । दाङ जिल्लाका १ हजार ६ सय २९ जना केटीहरुले २० वर्ष नपुदै गर्भपतन गराएका थिए भने सर्लाही जिल्लाका ८ सय १ जना केटीहरुले २० वर्ष नपुदै गर्वपतन गराएका थिए । ६ वटा जिल्लामा २० वर्ष मुनिका केटीहरुले गर्वपतन नै गराएका छैनन् । रुकुम, बझाङ, मुस्ताङ, मनाङ, तेह्रथुम र रसुवामा कसैले पनि गर्भपतन गराएका थिएनन् । सुरक्षीत गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो । नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० ले १२ हप्तासम्मको गर्भ ‘गर्भवती महिला’को मञ्जुरीमा पतन गर्न सकिने व्यवस्था गरेको छ । त्यस्तै, महिलको स्वास्थ्यमा असर र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भ फाल्न पाइने व्यबस्था छ । लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र १२ हप्ताभन्दा बढिको गर्भपतन गराउन कानूनले बन्देज लगाएको छ । अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ । सकेसम्म गर्भ रहन नदिनको लागि यौन सम्पर्कको समयमा परिवार नियोजनका अस्थायी र स्थायी साधनहरुको प्रयोग स्वाथ्यकर्मीहरुले सुझाव दिने गरेका छन् । गर्भपतन गरेको १० दिन भित्र तुरुन्तै अर्को गर्भ रहनसक्ने सम्भावना भएकोले गर्भपतन गरिसकेपछि तत्काल परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्ने चिकित्सकहरु बताउछन् । असुरक्षा र अज्ञानता असुरक्षित यौन सम्पर्क र गर्भपतन गम्भिर समस्याको रुपमा अगाडि आईरहेको बताउँछिन् महिला अधिकारकर्मी एवं वरिष्ठ अधिबक्ता मिरा ढुंगाना । सुरक्षा व्यवस्था कमजोर भएकोले बलजफ्ती करणी बढेकोले र गर्भपतन पनि बढेको उनले बताइन् । समाजमा अरु धेरै कुरा कुलेर हुने भएपनि अझै स्कूल, कलेज र परिवारमा यौन शिक्षाको विषयमा खुलेर छलफल गर्ने अभ्यास नभएकोले पनि समस्या बढेको उनी बताउँछिन् ।