जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलद्वारा नागपोखरीमा फिजियोथेरापी सञ्चालन
काठमाण्डौं । नेपालस्थित जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलले नक्सालको नागपोखरीमा आचार्य महाश्रमण फिजियोथेरापी सेन्टर सञ्चालनमा ल्याएको छ । वरिष्ठ उद्योगपति, समाजेसेवी बुद्धिजीवीहरुको बृहत उपस्थितिमा भव्य कार्यक्रमको आयोजना गरी उक्त फिजियोथेरापी सेन्टरको उदघाटन गरिएको थियो । यस फिजियोथेरापी सेन्टरले असहाय, अशक्त, अपाङ्ग एवम् आर्थिक रुपमा कमजोर भएका व्यक्तिहरुलाई जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलको सिफारिसमा निःशुल्क सेवा प्रदान गर्ने तथा अन्य व्यक्तिहरुको हकमा न्यूनतम् शुल्क लिई उक्त सेवा प्रदान गर्ने भनि जैन स्वेताम्बर तेरापन्थका अध्यक्ष रश्मि जैनले कार्यक्रममा बताएका छन् । उक्त फिजियोथेरापी सेन्टर सञ्चालनका लागि जावलाखेलस्थित आशास हेल्थ केयरले मेडिकल सहयोग गरेको अध्यक्ष जैनले उक्त कार्यक्रममा जानकारी गराएका हुन् ।
बेलुका ७ देखी १० बजे रुँदा सबैभन्दा बढी वजन घट्ने
काठमाडौं। एसियावानले सार्वजनिक गरेको नयाँ अध्ययन अनुसार मानिसहरूले रुदाँ र भावनाहरूलाई पोख्दा वजन घट्ने देखिएको छ। यो सम्भव छ र यसको पछि वैज्ञानीक कारणहरु पनि रहेका छन्। जब हामी रुन्छौं हाम्रो शरीरबाट कन्ट्रोसिल नामको हार्मोन निस्कन्छ। यो हार्मोन शरीरबाट बढी मात्रामा निस्कँदा यसले शरीरमा भएको बोसोलाई पगाल्ने गर्दछ। साथै तनाव-दुखका कारण निस्किएका आसुँले हाम्रो शरीरबाट विषाक्त पदार्थहरू हटाउन मदत गर्दछ जुन वजन घट्नको लागि राम्रो तरिका हो। यो अध्ययनको निष्कर्ष प्रसिद्ध जैव रसायनज्ञ विलियम फ्रेीले समर्थन गरेका छन्। यदी तपाई त्यस्तो व्यक्तीमा पर्नुहुन्छ जो सजिलाई रुदैनन् भने यो त्यस्ता व्यक्तीको लागि भने यो तरिका वजन घटाउनको लागि काम गर्दैन। अध्ययनको अनुसार यदि तपाई भित्री मनबाट दुखी भएर रुनुभएको छ भने मात्र तपाईले आफ्नो शरिरको बोसो पघाल्न सक्नुहुन्छ। आँसु तीन प्रकारका हुन्छन् : बेसल, रिफ्लेक्स र साइकिक। बेसल आँसुले हाम्रो आँखालाई रसिलो राख्न मद्दत गर्दछ, रिफ्लेक्स आँसु धुवाँ-धुलो र प्रदुशणको कारण हुने गर्दछ र साईकिक आँसुहरु मानव भावनासँग जोडिएका हुन्छन्। यसको अर्थ मात्र साईकिक आँसुले मात्र तपाईको वजन घटाउन मद्त गर्द्छ। जब हामी तनावमा हुन्छौं तब हाम्रो मुटुको धड्कन बढेर जान्छ। मुटुको धड्कन बढ्दा हृदय मांसपेशिहरुले शरीरको क्यालोरीलाई घटाउन मद्त गर्दछ। त्यस्तै साँझको ७ देखी १० बजेको समय रुनको लागि धेरै राम्रो रहेको बताईन्छ किनभने यो समयमा भावनामा डुबेर रुँदा धेरै मात्रामा कन्ट्रोसिल हार्मोनहरु निस्कन्छ। (टाईम्स अफ ईण्डियाबाट नेपालीमा उल्था गरिएको)
सप्तरीमा मानवाधिकार उल्लङ्घनका ८५ वटा घटना
सप्तरी । इन्सेक सप्तरीले सन् २०१९ को ६ महिनाको अवधिमा सप्तरीमा ८५ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको जनाएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूबारे बिहीबार आयोजित कार्यक्रममा जानकारी दिँदै इन्सेकले सप्तरीमा ६ महिनाको अवधिमा सात जनाको हत्या, बालिका बलात्कारका १६, महिला बलात्कारका सात, घरेलु हिंसाका २५ घटनासहित ८५ वटा घटना अभिलेख भएको जनाएको छ । जिल्लाको मानवअधिकारको अवस्था तथा अर्धवार्षिक पूर्वसमीक्षा गोष्ठीमा इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार बालिका बलात्कार प्रयासका तीन, बाल यौन दुव्र्यवहार, बालबालिका विरुद्धको कसुर, बालबालिका दुरुपयोग र महिला बलात्कार प्रयासका एक÷एक घटना भए । अपहरणका चार घटनामा तीन बालिका र एक बालक तथा अपहरण प्रयासको एक घटनामा एक राजनीतिक दलका कार्यकर्ता पीडित भए । सप्तरीमा ०७५ पुस १७ देखि ०७६ असार १५ गतेसम्म बहुविवाहका आठ घटनामा आठ जना फरार, एक जना पुर्पक्षका लागि थुनामा, पाँच जना धरौटीमा रिहा र दुई जना गत शुक्रबार पक्राउ परेको इन्सेक प्रतिवेदनमा उल्लेख छ । कालाजारका एक बिरामीले उपचार नपाएको घटनासहित सशस्त्र प्रहरी र जिल्ला समन्वय समितिको सवारी साधन तोडफोडका साथै जिल्ला शिक्षा समन्वय इकाइ कार्यालयको झ्याल ढोकाका सिसाहरु फुटाएर प्रदर्शनकारीहरुले क्षति पुर्याएको घटनाहरु भएको उल्लेख गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना, जिल्ला न्यायाधीशहरु उमेश कोइराला, श्रीप्रसाद सञ्जेल, कमलप्रसाद ज्ञवाली, कृष्णप्रसाद पौडेल, नन्दकिशोरप्रसाद यादव, सुदर्शन लामिछाने, दण्डपाणि लामिछाने, नेकपाका प्रदेश कमिटी सदस्य छेदी रजक, राजपा सप्तरीका अध्यक्ष अमरनाथ मण्डल, जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर रामले प्रतिवेदनमाथि टिप्पणी गरेका छन् । रासस