एभरेष्ट बैंकका ग्राहकलाई ट्रानक्विलिटी स्पामा ३०% छुट

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ट्रानक्विलिटी स्पासँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपाल तथा विदेशका विभिन्न शहर र लक्जरी होटलहरुमा थुप्रै आउटलेट रहेको ट्रानक्विलिटी स्पाले स्पा तथा वेलनेस इन्डिस्ट्रीमा नेतृत्व गरिरहेको छ । बैंक र स्पाबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले कुल बिलमा ३०% छुट पाउने छन् । यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्नेछन् । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।

युथ रेडक्रस सर्कल एनसीसीले कात्तिक २७ गते रक्तदान कार्यक्रम गर्दै, किन गर्ने रक्तदान ?

काठमाडौं । युथ रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पस(वाईआरसी एनसीसी) र मिनभवनको नेपाल रेडक्रस सोसाइटीले कात्तिक २७ गते रक्तदान कार्यक्रम गर्दै छन् । जाडोको कारण बढ्दै गएको रगतको अभावलाई राहत पुग्ने उद्देश्यले यी दुई संस्थाले यस कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रम आगामी बुधबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म एनसीसीको प्राङ्गणमा हुँदै छ । विगतका दिनमा पनि गर्दै आएको र रगतको अभावलाई न्युनिकरण गर्न सहयोग मिल्ने विश्वासका साथ यस कार्यक्रम आयोजना गरिएको वाईआरसी एनसीसीका का. अध्यक्ष  कुशल बस्नेतले बताएका छन् । किन गर्ने त रक्तदान ? मानिसको रगत हरेक ३ महिनामा नष्ट भई खेर जाने गर्दछ । उक्त रगतलाई खेर जान नदिन रगत दान गर्दा फाइदा हुन्छ जसले कोही मानिसको जीवन बचाउनमा धेरै सहयोग गर्ने गर्छ । रगत विना कुनै प्राणी बाँच्न नसक्ने भएकाले उपचारको क्रममा रगत आवश्यक पर्ने बिरामीको ज्यान बचाउन, हालसम्म रगतको कुनै विकल्प नभएको र निरोगी भई जीवन यात्रा बाँच्न सहयोग पुग्ने भएकाले रक्तदान गर्न आवश्यक रहेको अध्यक्ष बस्नेतले जानकारी दिए । “रगत कसलाई कतिखेर कति आवश्यक पर्नसक्छ थाहा हुँदैन । त्यसैले, आफु र आफन्तलाई आवश्यक पर्दा मात्र नभई अरुलाई आवश्यक पर्दा पनि रक्तदान गर्ने बानी बसाल्नु पर्छ । रगत दान गरी जीवनदान गरौं ।” बस्नेतले भने – “ब्लड ब्यांकमा रगतको अभाव भएपछि एनसीसीमा पाइन्छ भन्ने मानिसको मनस्थितिमा पर्दै आएको छ । जसले गर्दा यस्ता कार्यक्रम गर्नलाई थप हौसला बढ्दै गएको छ। र विगतका दिन जस्तै याे कार्यक्रम पनि सफलताकासाथ सम्पन्न हुनेमा म विश्वस्थ छु ।” के हुन्छ फाइदा ? रक्तदान गर्दा अरुलाई मात्र होइन आफूलाई पनि फाइदै फाइदा हुन्छ । जसले उच्च रक्तचाप, अनावश्यक मोटोपना, कोलेष्ट्रोल(खराब बोसो)लाई नियन्त्रण गर्नुका साथै हृदयघात जस्तो डरलाग्दो रोग हुनबाट बचाउँछ । त्यस्तै, शरीरमा आइरनको मात्रा सन्तुलित गरी कलेजो नियन्त्रणबाट जोगाउँछ । यति मात्र नभएर रक्तदान गर्दा नयाँ रिक्त सेलहरु पनि निर्माण हुन्छ । यसको मतलब सबैले गर्दा सबैलाई फाइदा हुन्छ भन्ने चाँहि होइन । १८ वर्षभन्दा मुनि र ६० वर्षभन्दा माथिकाले रक्तदान गर्नुहुँदैन । त्यस्तै, ५० केजीभन्दा कम तौल भएका तथा गर्भवती महिलाहरुले रगत दान गर्नुहुँदैन । त्यसैगरी, मधुमेह, उच्च तथा न्युन रक्तचाप र उच्च कोलेष्ट्रोल हुनेहरु तथा दिर्घरोग सम्बन्धी ओषधि सेवन गरेकाहरुले रक्तदान गर्न नहुने स्वास्थ्य विज्ञहरु बताउँछन् । दान गरेको रगत आफ्नो शरीरमा कसरी आपूर्ति हुन्छ ? रक्तदान गर्दा हाम्रो शरीरमा रगत थोरै कम हुन्छ । थोरै कम भएको रगत साधारण प्रक्रियाले स्वतः आपूर्ति हुन्छ । त्यसैले, विशेष ध्यान दिइरहनु र विशेष खाना खान पनि आवश्यक पर्दैन । “म सेवा गर्छु” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रमको प्राविधिक सहयोगमा काठमाडौंको रक्त संचार सेवा केन्द्र नेपाल रेडक्रस सोसाइटी रहेको छ । नेपाल रेडक्रस सोसाइटीको अभिन्न अंगको रुपमा रहेको वाईआरसी एनसीसीले विगतमा धेरै पटक विभिन्न विधा प्राप्त गरिसकेको छ । संस्थाले नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्तसञ्चार सेवाको बार्षिकोत्सवको अवसरमा उक्त विधा प्राप्त गर्ने गरेको छ । रक्तसञ्चार सेवाले हरेक वर्ष सबैभन्दा बढी यस्ता कार्यक्रम आयोजना गर्ने तथा त्यस्ता कार्यक्रममा १०० जनाभन्दा बढीले रक्तदान गरेमा साेही अनुसारको विधा आयोजित संस्थालाई दिने गरेकाे छ । विगतका केही झलकहरु:

अघोरी बाबाकी श्रीमति शारदा पाण्डे प्रहरी हिरासतमा, ठगी गरेको आरोप

काठमाडौँ । लाइफ ड्यामेज बाबा अर्थात अघोरी बाबाका रुपमा चिनिएका विजय केसीकी श्रीमति शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त बौद्धले पाण्डेलाई सोमबार दिउँसो नियन्त्रणमा लिइएको हो । पाण्डेलाई विवाह गरेपछि लाइफ ड्यामेज बाबाले लाइफ म्यानेज गरेको भन्दा सामाजिक सञ्जालमा चर्चा भएको थियो । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाण्डेलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाइएको छ । पाण्डेलाई प्रहरीले बोलाएपछि अघोरी बाबा भनिने केसी पनि सँगै गएको प्रहरी श्रोतले जनाएको छ । अघोरी बाबाले पाण्डेलाई विवाह गरेपछि लाइफ ओके भएको प्रतिक्रिया दिने गरेका थिए ।