पोखरा प्रिमियर लिगको रेस पार्टनरमा टिभिएस अपाचे सिरीज
काठमाडौं । नेपालका लागि टिभिएस मोटर साईकल तथा स्कुटरका आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले पोखरा प्रिमियर लिग (पीपीएल)को रेस पार्टनरको रुपमा टिभिएस अपाचे सिरीजलाई राखेकाे छ । रेस पार्टनरका निमित्त जगदम्बा मोटर्स् प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र पीपीएलका प्रबन्ध निर्देशक छुम्बी लामाबीच आपसी समझदारी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मंसिर २८ गते देखि पौष १२ गते सम्म चल्ने पीपीएलका लागि दोस्रो सिजनको खेल तालिका सार्वजनिक भइसकेको छ । पीपीएलमा विभिन्न ६ टिम बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाईटन, पोखरा पल्टन, एक्सपर्ट धनगढी ब्लूज र काठमाडौं रोयल्स खेल्दै छन् । उद्घाटन खेल पोखरा पल्टन र काठमाडौं रोयल्सबीच हुन लागेको पीपीएल पौष १२ गतेकोे अन्तिम खेलपछि सकिने छ । हालै सम्पन्न भएको दक्षिण एसियाली खेलकुदमा नेपालको स्तरीय प्रर्दशनी निकै प्रशंसनीय रहेको उल्लेख गर्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, “नेपालमा आयोजना गरिएको यस पालीको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालका खेलाडीहरुले हरेक विधामा निकै राम्रो प्रदर्शन गरे । धेरै भन्दा धेरै स्वर्ण पदक हात पार्न सफल भएका हाम्रा मेहनती र प्रतिबद्ध खेलाडीहरुको जोश र जाँगरले हामीलाई समेत प्रोत्साहित गरेको छ । तसर्थ, हामीले पनि नेपाली खेलकुद जगत्मा केही योगदान दिएमा नेपाली खेलकुदको भविष्य अवश्य सुनिश्चित हुने र प्रगतिको पथ तर्फ निरन्तर बढ्नेछ भन्ने विश्वासका साथ हामी पीपीएल सँग आवद्ध हुने निश्चय गरेका हौँ ।” टिभिएस मोटर साईकलका नेपालको निम्ति आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले आफ्नो देशव्यापी डिलरहरुको सञ्जाल मार्फत बिक्री वितरण गर्दै आईरहेको छ । कम्पनीले सधै विभिन्न खेलकुदहरुलाई प्रायोजन गर्दै आएको छ भने विभिन्न प्रतियोगिताहरु सँग आवद्ध पनि हुदै आएको छ र भविष्यमा पनि यस्ता खेलकुदहरुलाई सधै प्रोत्साहन गर्ने प्रतिवद्धता जनाएको छ ।
कतार एयरवेजले ‘ए डिभिजन शहीद स्मारक लिग २०१९-२०’ प्रायोजन गर्ने
दोहा । कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । नेपालको सबैभन्दा ठूलो फुटबल लिग कतार एयरवेज ए डिभिजन शहीद स्मारक लिग १४ डिसेम्बर २०१९ देखि १५ फेब्रुअरी २०२० सम्म हुनेछ । यस साझेदारीसँगै कतार एयरवेजको लोगो प्रतियोगितामा सहभागी सबै १४ क्लबको जर्सीमा देखिने छ । यसको साथमा कम्पनीले बोर्ड, रंगाशालाका झण्डा, एलईडी स्क्रीन तथा डिजिटल लगायतका सामाग्री प्रायोजन गर्नेछ । कतार एयरवेज ग्रुप प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, “यस साझेदारीसँगै हामी निकै उत्साहित छौँ जसबाट कतार एयरवेजले देशकै फुटबल विकासमा सहयोग पुर्याउने छ । खेलकूदले सबैलाई एक बनाउने हाम्रो विश्वास छ र यसप्रतिको हाम्रो समर्पणको एक उदाहरण हो यस साझेदारी । ”
टेलिकमद्वारा खेलाडीहरुका लागि सम्मान तथा गिफ्ट प्याकेज उपलब्ध
काठमाडौं । नेपाल टेलिकमले पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बन्ने र खेलाडीहरुलाई सम्मान तथा विभिन्न गिफ्ट प्याकेज उपलब्ध गराउने भएको छ । पोखरामा मंसिर २८ गतेदेखि पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी खेलाडीहरुलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज उपलब्ध गराउने विज्ञप्तिमा जनाएको छ । लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई कम्पनीले ‘नेपाल टेलिकम म्यान अफ द म्याच’ उपाधि प्रदान गर्नेछ । ती खेलाडीलाई पुरस्कारका रुपमा १२ जीबीको डाटा प्याक र नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने गरी १ हजार १ सय मिनेटको टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ । त्यसैगरी प्रत्येक खेलका एक जना खेलाडीलाई ‘गेम चेन्जर अफ द डे’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १२ जीबी डाटा र ४ सय ९० मिनेट टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ । एक जना खेलाडीलाई ‘एनटी फोरजी फास्टेस्ट बलर अफ द टुर्नामेन्ट’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १ सय ४४ जीबी डाटा प्याक र ५ हजार ८ सय ८० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने छ । उल्लेखित सुविधा पीपीएल आयोजक समितिले उपलब्ध गराएका खेलाडीका नेपाल टेलिकमका मोबाइल नम्बरमा प्रदान गरिने छ ।