मेरिनाले गर्यो क्रिकेट खेलाडी र क्यानको पदाधिकारीलाई सुट स्पोन्सर

काठमाडौं । मेरिना इम्मेक्सले राष्ट्रिय क्रिकेट खेलाडी र क्यानको पदाधिकारीलाई सुट स्पोन्सर गरेकाे छ । यस विषयमा विहीबार क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र मेरिना इम्पेक्सबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार बागबजारस्थित सर्टिङ तथा सुटिङ कम्पनी मेरिना इम्पेक्सले नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यान सञ्चालक समितिलाई ४० थान सुट उपलब्ध गराउने छ । राम्रो गुणस्तरका ४० थान सुटको डिजाइन दुवै संस्थाले अनुमोदन गरिसकेका छन् । यस सम्बन्धि सम्झौतापत्रमा क्यानका तर्फबाट कोषाध्यक्ष पदमबहादुर खड्का र मेरिना इम्पेक्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन खड्काले हस्ताक्षर गरेका छन् । मेरिना इपेक्सका सञ्चालक अर्जुन बस्नेतले विश्व कप छनाैट खेल खेलिरहेका खेलाडीहरुको मनोबल बढाउनका लागि राम्रो र गुणस्तरको सुट प्रदान गर्न लागेकाे जानकारी दिए । ‘हाम्रो क्रिकेट टोली विश्व कपमा आकर्षक देखियोस् भन्ने पनि हो,’ उनले विकासन्युजसँग भने, ‘यति सहयोग गरेर हौसला बढाउन पाउँदा हामी पनि खुसी छौँ ।’

तार्जन गुरुङले जिते डिशहोमको एक लाख पुरस्कार

काठमाडौं । डिशहोमको हरेक हप्ता ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत तार्जन गुरुङले एक लाख रुपैयाँको पुरस्कार जितेका छन् । गत सोमबार भएको ‘लक्की ड्र’ मार्फत उनले नगद एक लाख जितेका हुन् । नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिशहोमले दशैँ–तिहार लक्षित ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना ल्याएको हो । यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता ‘लक्की ड्र’ मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् । जसमा नगद १० लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । गत १ असोजमा सुरु भएको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सीमित अवधिका लागि नेपालभर सञ्चालन भइरहेको डिशहोमले जनाएको छ ।

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य, नेपालले कति ओभरमा समेट्ला ?

काठमाडाैं ।  त्रिवी क्रिकेट मैदानमा जारी टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको नेपाललाई ओमनले २० ओभर खेलेर १४५ रन बनाएको हो । ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएकाे हाे । नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए । गुल्शन झा र अविनाश बोहोराको नाममा एक/एक विकेट रह्यो ।