नागरिक लगानी कोषले पुस २८ गतेदेखि हकप्रद सेयर जारी गर्ने
काठमाडौं । नागरिक लगानी कोषले आगामी पुस २८ गतेदेखि हकप्रद सेयर खुला गर्ने भएको छ । कम्पनीले साविकका सेयरधनीलाई १ सेयर बराबर नयाँ ०.८२८४ को अनुपातमा हकप्रद साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । कोषले सेयरधनीहरुको लागि १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको प्रतिसेयर एक सय अंकित दरका एक करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । यससँगै इच्छुक सेयरधनीले आगामी पुस २८ गतेदेखि माघ १९ गतेसम्म कम्पनीको हकप्रद सेयर भर्न पाउने छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग रहेको छ । हकप्रद सेयर निष्काशन गर्नको लागि कम्पनीले ईक्रा नेपालबाट ईक्रा एनपी इस्युअर रेटिङग सिंगल ए प्लस प्रमाणपत्र पाएको छ । जुन रेटिङ्गले कोषलाई समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रमा सुरक्षित तरिका अपनाएको तथा न्युन कर्जा जोखिम रहेको कोषको रुपमा लिइन्छ । कोषले गत पुस २ गते मात्रै सो मात्राको हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सम्बन्धित समाचार नागरिक लगानी कोषले तोक्यो बुक क्लोजको मिति नागरिक लगानी कोषले हकप्रद सेयर जारी गर्ने, पायो बोर्डको अनुमति
हालसम्मकै ठूलो आईपीओ जारी गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो स्वीकृति
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्राथमिक सेयर(आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । बोर्डले बैंकलाई हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्न पुस १० गते स्वीकृति दिएको हो । यससँगै बैंकले सर्वसाधारणलाई कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँदरको ८ करोड कित्ता सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । कम्पनीले जारी पुँजी अन्तर्गत सर्वसाधारण समूहको लागि छुट्याइएको ४० प्रतिशत (कर्मचारीलाई छुट्याएको ०.२ प्रतिशत समेत) ले हुने ८ अर्ब रुपैयाँको ८ करोड कित्ता सेयर निष्काशन गर्ने भएकाे हाे । सम्बन्धित समाचार हालसम्मकै ठूलो आईपीओ ल्याउँदै इन्फ्रास्ट्रक्चर बैंक, डाक्याे वार्षिक साधारण सभा
गरिमा विकास बैंकले घोषणा गर्यो गत आर्थिक वर्षको लाभांश
काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७१०५ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल विकास बैंकको चुक्ता पुँजी ३ अर्ब २३ करोड रुपैयाँ रहेको छ । १३.५ प्रतिशत बोनस पछि कम्पनीको सेयर मूल्य ३ अर्ब ६७ करोड रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित १४.२१ प्रतिशत लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । विकास बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १७ प्रतिशत लाभांश(१६.१५ प्रतिशत बोनस र ०.८५ प्रतिशत नगद) वितरण गरेको थियो ।