नेपाल बैंकको १६ प्रतिशत लाभांश पारित, सञ्चालकमा तीन जना चयन
काठमाडाैं । नेपाल बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न बैंककाे ६१औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीकाे १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरि कूल १६ प्रतिशत लाभांश पाउने भएका छन् । यस्तै, सभाले बोनस सेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरि १२ अर्ब ६३ कराेड रूपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेकाे छ । साथै, साधारण सभामा तय भएको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भएकाे छ । जसमा विवेक शमशेर ज.ब.रा., विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएका हुन् । बैंकको ६१औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।
वोमी लघुवित्तको ३० प्रतिशत लाभांश पारित, स्वयं सेवक लघुवित्तलाई गाभ्न तोकियो स्वाप रेसियो
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३० प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै संस्थाले सेयरधनीलाई चुक्ता पुँजीको ३० प्रतिशतका दरले ८ करोड ३३ लाख ५४ हजार ४ सय रुपैयाँ बराबरको बोनस वितरण गर्ने छ । संस्थाको सभा काभ्रेपलाञ्चोक स्थित लहरी खर्क पार्टी प्यालेसमा संस्थाकी अध्यक्ष विन्दीया श्रेष्ठ प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो । साथै, सभाले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थालाई १ः१ को स्वाप रेसियोमा गाभ्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको छ । हाल संस्थाले ३८ जिल्लामा ६१ वटा शाखा कार्यालयहरु मार्फत ४७ हजार सदस्यहरुमा कुल उठाउन बाँकी कर्जा रकम ३ अर्ब रुपैउाँ तथा बचत रकम १ अर्ब १० करोड रुपैयाँ संकलन गरेको छ ।
गुडविल फाइनान्सको १२ प्रतिशत लाभांश पारित, सेयरधनीले आजै पाउने
काठमाडौं । गुडविल फाइनान्स (वित्तीय संस्था) को प्रस्तावित १२ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न फाइनान्सको २६औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ८.४ प्रतिशत बोनस सेयर र ३.६ प्रतिशत नगद गरी १२ प्रतिशत लाभांश पाउने भएका छन् । साथै, सभाले पारित गरेको ३.६ प्रतिशतले हुन आउने नगद लाभांश सोहि दिन सेयरधनीको खातामा पठाइएको संस्थाले जानकारी गराएको छ । संस्थाको २६ औ वार्षिक साधारण सभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा विद्युतीय माध्यमबाट सम्पन्न भयो । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकाश साखःले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा २३.१८ प्रतिशतले वृद्धि गरी ८ अर्ब ४९ करोड रुपैयाँ कर्जा तर्फ १५.८८ प्रतिशतले वृद्धि गरी ६ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ । सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९का कारण नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानीकर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिपफल दिन सकेको जानकारी गराए ।