भूकम्पमा भत्किएको राजा योगनरेन्द्रको सालिक हेर्न अमेरिकाबाट पाटनमा

ललितपुर, १२ कात्तिक । हजुरबाले बयान गरेको राजा नरेन्द्र मल्लको सालिक हेर्न भन्दै केही समयपहिले अमेरिकी नागरिक बिल पिफ्रेर्कन पाटन दरबार क्षेत्र आइपुगे । उनका हजुरबा सन् १९६४ मा आउँदा सालिकको फोटो खिचेका रहेछन् । अहिलेसम्म त्यो सुरक्षित छ । सालिकको मात्रै नभई सिङ्गो पाटनका बारेमा हजुरबाबाट सुनेका पिफ्रिर्कन भूकम्पपछिको अवस्था हेर्नकै लागि आएका बताएको पाटन सङ्ग्रहालयका प्रमुख सुरेश लाखेले बताए । अघिल्लो वर्ष पर्यटकीय चहल–पहल सुनसान भए पनि यस वर्ष मौसम सुरु भएसँगै ललितपुरका पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढेको छ । पहिले आइसकेकाहरु सम्पदाको पछिल्लो अवस्था हेर्न र बुझ्न आइरहेका छन् । घुम्न आउन चाहनेका लागि नेपाल सुरक्षित रहेको खबर विभिन्न माध्यमबाट जानकारी पाएपछि इच्छुक पर्यटकहरु आउन थालेको पाटन संग्रहालयले बताएको छ । प्रमुख लाखेले भने, “अघिल्लो वर्ष भूकम्पकै कारण पर्यटकको आगमन ज्यादै कम थियो भने अहिले भूकम्प पनि पर्यटकलाई आकर्षण गर्ने कारण बनेको छ ।” कतिपय पर्यटक भने भूकम्पअघि र पछिको सम्पदाको अवस्थाका विषयमा अध्ययन÷अनुसन्धान गर्ने उद्देश्यले पनि आउने गरेको पाइएको छ । पाटन क्षेत्र आइपुग्ने पर्यटकसँग दरबार क्षेत्रमा ललितपुर उपमहानगरपालिका र पाटन सङ्ग्रहालयमा कार्यालयले नै प्रवेश शुल्क उठाउँदै आएका थिए । गत असोजदेखि दुवै निकायले एकै स्थानबाट शुल्क उठाउने गरी ‘एकद्वार प्रणाली’ सुरु भएको छ । यसले गर्दा पाटन आउने पर्यटकलाई सहज भएको छ । एकद्वार प्रणालीको सुरु भएको पहिलो महिना असोजमा मात्रै एक करोड पाँच लाख रुपैयाँ रकम शुल्कबापत उठिसकेको छ । अघिल्लो वर्ष वर्षभरमा जम्मा दुई करोड ७० लाख रुपैयाँ मात्रै उठेको थियो । गत वर्ष उपमहानगरपालिकाले ६ करोडमा बोलपत्र आह्वान गरेको थियो । ठेक्का पर्ने ठेकेदार कम्पनीले ३० लाख धरौटीसमेत बुझाइसकेको थियो । भूकम्पका कारण उसले गर्न आँट नगरेपछि त्यो रकम उपमहानगरपालिकाले जफत गरेको हो । अघिल्लो वर्षभन्दा यो वर्ष पर्यटकको आगमनमा सुधार हुने सङ्केत अहिले नै देखिसकेको उपमहानगरपालिकाका पर्यटन हेर्ने अधिकारी डिल्लीराम शाक्य बताउछन । उनले भने, “असोजमा एक करोड बढी रकम सङ्कलन भएको थियो भने कात्तिकमा पनि पर्यटकको आगमन राम्रो छ ।” पर्यटकमा शान्तिसुरक्षामा राम्रो भएको सन्देश पुगिरहेकाले ढुक्क भएर आउन थालेको उनी कथनउन्छन् । दरबार क्षेत्रमा क्षेत्रमा शौचालय लगायतको सुविधा थप गर्नेमा ध्यान दिइने बताउँदै उनले भने, “हामीले यस क्षेत्रमा सुधारका लागि शुल्कबाट नै रकम छुट्याउने व्यवस्था गरेका छौँ ।” विश्वकै बौद्ध धर्मावलम्बीको आकर्षण रहेको हिरण्यवर्ण महाविहार ९गोल्डेन टेम्पल०मा पनि पर्यटकको चहल–पहल बाक्लो हुन थालेको छ । महाविहारमा कार्यरत कर्मचारी पञ्चबज्र बज्रचार्यले भने, “अहिले सिजन सुरु भएपछि एक सयको हाराहारीमा पर्यटक आइरहेका छन् ।” रासस

विदेशी एयरलाइन्सले आफूखुसी एयर मार्सल राख्न नपाउने व्यवस्था, भारतीय वायुसेवालाई चुनौति

काठमाडौं १२, कात्तिक । नेपालमा उडान गर्ने विदेशी एयरलाइन्सहरूले अब आफूखुसी एयर मार्सल राख्न नपाउने भएका छन् । एयर मार्सल राख्नका लागि ती एयरलाइन्सले गृह मन्त्रालयबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । हाल भारतीय एयरलाइन्सहरूले विभिन्न नाममा एयर मार्सल राख्दै आएका छन् ।२०५६ पुस ९ मा काठमाडौंबाट नयाँ दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण भएपछि भारतले आफ्नो विमानको सुरक्षाका लागि भन्दै नेपालबाट भारतीय भूमिमा उडान गर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफैं सुरक्षा जाँच गर्दै आएको छ । भारतले नेपाली विमानस्थलमा सुरक्षा जाँच भइसकेका यात्रुलाई आफ्ना जहाजका भ¥याङमा बसेर थप सुरक्षा जाँच गर्ने गरेको दश वर्षभन्दा बढी भइसकेको छ । ‘नागरिक उड्डयन सुरक्षा नियमावली २०७३’ कार्यान्वयनमा आएसँगै एयर मार्सलका नाउँमा हुने गरेको मनोमानी रोकिने आशा गरिएको छ । नियमावलीमा नेपालका विमानस्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवा सञ्चालन संस्थाले वायुयानभित्र हातहतियारसहितका व्यक्ति राख्नु पर्ने भएमा गृह मन्त्रालयबाट इजाजत प्राप्त गर्नु पर्ने उल्लेख छ । यस्तै, संकटकालीन योजना बनाउनु पर्ने अवस्थामा नागरिक उड्डयन कार्यालयले वायुयानको अनधिकृत हस्तक्षेपको प्रतिरोध तथा संकटकालीन व्यवस्था लगाउन पाउने अधिकार समितिलाई दिइएको छ । नियमावली असोज तेस्रो साता मन्त्रिपरिषद्ले पारित गरेसँगै कार्यान्वयनमा आएको छ । मन्त्रालयको चार वर्षको प्रयासपछि गैरसैनिक हवाई उडान ९सिभिल एभिएसन० ऐन, २०१५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नियमावली जारी गरिएको हो । नियमावलीले विमानस्थलमा कार्यरत सबै निकाय तथा संयन्त्रको जिम्मेवारी तोकिएको छ । विमानस्थलमा ३६ भन्दा बढी संयन्त्र तथा संस्था क्रियाशील छन् । जसमा एकद्वार प्रणाली नहुँदा सुरक्षामा गम्भीर समस्या आउने चेतावनी सरोकारवाला निकायहरूले दिँदै आएका थिए । सरकारले वि।सं २०४६ मा सामान्य ड्राफ्टको रूपमा ल्याएको नियमावलीले काम चलाउँदै आएको थियो । “मन्त्रालयले लामो समयदेखि पहल थाले पनि अहिले कार्यान्वयमा आएको छ,” मन्त्रालयका उपसचिव हरिबहादुर खड्काले भने । उनका अनुसार नियमावलीले नागरिक उड्डयन सुरक्षा विरुद्धका खतरा ९थे्रट० को प्रकृति तथा क्षेत्रको आधारमा राष्ट्रिय नागरिक उड्डयन सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न नागरिक उड्डयनसम्बन्धी विभिन्न निकायबीच सुरक्षा समन्वय गराउने विषयलाई जोड दिएको छ । नागरिक उड्डयन सुरक्षाका सम्बन्धमा अवलम्बन गर्नु पर्ने राष्ट्रिय नीति तथा कानुनमा गर्नु पर्ने सुधारको विषयमा नेपाल सरकारलाई सुझाव दिने छ । नागरिक उड्डयन सुरक्षाविरुद्धका सम्भावित खतराको सामना गर्न अवलम्बन गर्नु पर्ने सुरक्षात्मक व्यवस्थाका सम्बन्धमा नागरिक उड्डयन सुरक्षा अधिकारी तथा सम्बद्ध अन्य निकायलाई निर्देशन राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिले दिनेछ । विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभाग निगरानी शाखाको जिम्मेवारी समेत नियमावलीमा तोकिएको छ । त्यस्तैगरी विमानस्थलको निषेधित क्षेत्रमा प्रवेश पास भएका व्यक्तिबाहेक अरुलाई अनधिकृत प्रवेश हुन नदिने तथा प्रवेश पास भएको व्यक्ति र निजसँग सम्बन्धित सामान तथा सवारी साधनको सुरक्षा जाँच लिने नेपाल प्रहरीलाई जिम्मेवारी तोकिएको छ । नागरिक उड्डयनको सुरक्षाको विरुद्ध प्रयोग हुन सक्ने निषेधित सामान वायुयान तथा विमानस्थलको निषेधित क्षेत्रमा जान नदिने सबै काम प्रहरीको अधिकार दिइएको छ । विमानस्थल सुरक्षाको लागि खटिएका नेपाली सेनाको जिम्मेवारी समेत तोकिएको छ । नागरिक उड्डयन सुरक्षाविरुद्धको खतरामा वृद्धि भएमा खतराको प्रकृति अनुरुप समितिको निर्णयबमोजिम अतिरिक्त सुरक्षाको व्यवस्था गर्नेछ । विमानस्थलको सुरक्षाको प्रतिकूल हुने गतिविधि वा अनधिकृत प्रवेशमा नियन्त्रण गर्ने जिम्मेवारी तोकिएको छ । त्यसैगरी शसस्त्र प्रहरी, भन्सार विभागलगायत सबैको काम कर्तव्य र अधिकार तोकिएको छ । कारोबार दैनिकबाट ।

अब स्वास्थ्य चौकीमै मृगौला परीक्षण, पहिलो चरणमा २० लाख जनाको मृगौला परीक्षण

काठमाडौं १२, कात्तिक । सरकारले स्थानीय स्वास्थ्य चौकीमै मृगौला परीक्षणको व्यवस्था गरेको छ । मृगौला परीक्षणमा प्रयोग हुने ‘डिपिस्टिक फिट’ मनाङबाहेकका जिल्लामा पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले देशभर पहिलो चरणमा २० लाख जनाको मृगौला परीक्षण गर्न पुग्ने किट पठाएको छ । महाशाखाका निर्देशक डा.भीमसिंह टिंकिरीले मनाङमा बाटोको समस्याका कारण केही दिनपछि मात्र किट पुर्‍याउने जानकारी दिए । वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. विष्णु पहाडीका अनुसार किटको जाँचबाट सुरुको अवस्थामा पिसाबमा प्रोटिनको मात्रा लिक भएको छ कि छैन भन्ने पत्ता लगाइन्छ । कारोबार दैनिकबाट