प्राइम लाइफ इन्स्योरेन्समा जागिर खुल्यो, प्लस २ पास गरेकाले पनि आवेदन दिन पाउने

काठमाडौं । बीमा क्षेत्रमा काम गर्न इच्छुकलाई प्राइम लाइफ इन्स्योरेन्समा जागिर खुलेको छ । इन्स्योरेन्सले एक सूचना जारी गरी कम्पनीको शाखा प्रबन्धक, उपशाखा प्रमुख र अप्रेशन सपोर्ट पदको लागि केही संख्यामा कर्मचारी मागेको हो । इच्छुकले उक्त पदको लागि आवेदन दिन सक्नेछन् । उक्त सबै पदका लागि न्यूनतम स्नातक गरेको हुनुपर्ने छ । साथै, बीमा व्यवसायमा लामो समय आवद्द भई अनुभव हासिल गरेकाहरुको हकमा प्लस २ उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने इन्स्योरेन्सले जनाएको छ । सो मध्ये शाखा प्रबन्धक र उपशाखा प्रमुख पदको लागि जीवन बीमा व्यवसायलाई प्रवद्र्धन गर्न सक्ने सीप तथा क्षमता भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ । त्यस्तै, अप्रेशन सपोर्ट कर्मचारी पदको लागि शाखा संचालन सम्बन्धी सीप भएको व्यक्ति तथा अनुभवीलाई विशेष प्राथमिकता दिने इन्स्योरेन्सले जानकारी दिएको छ । योग्यता पुगेका तथा बीमा क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिले आगामी पुस २७ गते साँझ ५ बजेसम्म आवेदन दिनसक्नु पर्ने छ । आवेदक मध्ये राम्रो संचार, प्रस्तुति तथा कम्प्युटरमा दक्ष भएका तथा स्थानीयले बढी प्राथमिकता पाउने छन् ।

रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्नः युवामा लगानी विषयमा बृहत छलफल

काठमाडौं । नेपाल र भुटानको आयोजनामा १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स ललितपुरमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन रोटरी नेपालका डिष्ट्रिक्ट गभर्नर किरण लाल श्रेष्ठले गरेका हुन् । रोट्रयाक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम अन्तर्गत १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स भएको हो । सम्मेलनलाई सफल पार्न रोट्रयाक्ट क्लब अफ विराटनगर, महाबौद्ध, काष्ठमण्डप, पाटन वेस्ट र बालाजुले संयुक्त रूपमा व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए । नेपालभर १ सय २७ वटा रोट्रयाक्ट क्लब रहेका छ्न । जसमा ८२ वटा क्लब कन्फरेन्समा सहभागी रहेको डिष्टिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ (डिआरआर) स्नेहा शाक्यले बताईन ।’युवामा लगानी’ (इन्भेष्टिंग इन युथ) विषयको सेरोफेरोमा रहेर सम्मेलनमा छलफल गरिएको थियो । विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुलाई सम्मेलनमा प्यानल डिस्कसनमा बोलाएर युवामा लगानी संगै अन्य विषयमा छलफल भएको हो । विगतका वर्षहरुमा जस्तै यसपालीको सम्मेलनमा पनि युवाहरुलाई लक्षित गरेर युवासंग सम्बन्धित विषयमा छलफल भएको उक्त समारोहमा युवाहरुलाई सकरात्मक उर्जा प्रदान गर्न र रोट्रयाक्ट र रोटरीको भुमिकाको बारेमा अवगत गराउनमा सहयोग पुगेको आयोजकले जनाएको छ । रोट्रयाक्ट क्लबका सदस्यहरुलाई हौसला प्रदान गर्न तथा ’युवामा लगानीमा’ विषयमा साझा पार्टिका संयोजक रविन्द्र मिश्रले आफ्नो जीवनी सहित पत्रकारिताको यात्रा देखि बिबिसि नेपाली सेवा र राजनीति यात्रा बारे उनले बताएका थिए । सम्मेलनमा प्यानलको थिम (वर्किंग टुगेदर कनेक्टींग द डट) मा समता फाउण्डेशन नेपालका कार्यकारी अध्यक्ष प्रदिप परियार, डेमोला फसिलिटेटर, डेमोला नेपाल संकायका उद्गम खड्का, रेडियो कान्तिपुरका उपसम्पादक दिवा भट्टराई र खोज पत्रकारिताकी केन्द्रकी अध्यक्ष नम्रता शर्माले सहकार्य बारे छलफल गरेका थिए । त्यस्तै अर्को प्लानल डिस्कसनमा विवेकशिल नेपाली दलकी रन्जु दर्शना, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सफल व्यापारी सौरभ ज्योतिले युवामा लगानी विषयमा छलफल गरेका थिए । जसको मोड्रेट निवर्तमान डिआरआर सौगात गौतमले गरेका थिए ।सम्मेलनको दोस्रो दिन रोट्रयाक्ट क्लब अफ दमौलीले मौलिक कौराहा नृत्य समेत प्रस्तुत गरेको थियो ।त्यस्तै विभिन्न सरोकारवालाहरूले युवामा कसरी लगानी गर्न प्रयास गर्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित रहेर विविध छलफल भएको थियो । सम्मेलनको दोस्रो दिन आगामी वर्षका लागि आगामी रोटा वर्ष २० – २१ का डिआरआर सन्जिव पौडेलले आफ्नो डिस्टिक्ट टिम र थिम (क्रियटिङ भ्यालु) समेत सार्वजनिक गरेका थिए ।आगामी रोटर्याक्ट नेपालका प्रमुख पौडेल नेतृत्वको वर्ष २०–२१ को टिममा सर्जेन्ट एट आर्म्समा सुदिप प्रसाई ठकुरी, पब्लिक रिलेसन अफिसरमा सुशान्त अधिकारी, क्रियटिभ लिडमा प्रकृति ढकाल, टेक्निकल अफिसरमा अनिल पाण्डे, मिडिया अफिसर विशन क्षेत्री र शिखर लाल डोटेल, प्रोफेसनल डिभलपमेन्टमा प्रवेश गौतम रहेका छन् । यस्तै, इन्टरनेशनल सर्भिस वृधिका सेन्चुरी , कम्युनिटी सर्भिस रेशम खड्का , क्लब सर्भिस डिरेक्टर सुनिल फुयाँल रहेका छन् ।ट्रेजरमा आशिष वाग्ले, असिस्टेन्ट ट्रेजरमा प्रकाश शर्मा, सृष्टि त्रिपाठी र आदर्श श्रेष्ठ, लिडरसिप ट्रेनरमा साविकराज न्यौपाने, असिस्टेन्ट लिडरसीप ट्रेनरमा ऋषभराज जोशी , बुद्दि जोगी र दिनेश अग्रवाल, सेक्रेटरी सम्विद घिमिरे, असिस्सटेन्ट सेक्रेटरीमा सुनिल घिमिरे, निर्भीक केसी र लक्ष्मण खरेल रहेका छन् । साथै १३ ओटा जोनका जेडआरआर पनि रहनेछन् । यस्तै, एडिआरआरमा आशिव कर्माचार्य, सन्नी गोयल र सागर मल्ल ठकुरी रहेका छन् । डिआरआर इलेक्टको रुपमा सुमित बज्राचार्य रहेका छन् । २ दिन चलेको कन्फरेन्स ‘युवामा लगानी’ विषयमा केन्द्रित थियो । त्यस्तै गरी डिष्टिक रोटर्याक्ट कमिटीमा सुन्दर अधिकारी, विरोध सुवेदि, अविन तुलाधर, दुर्गेश श्रेष्ठ र राहुल कैसधन रहेका छन् भने १३ जोन मध्ये जोन प्रमुख (जेडआरआर) का रूपमा क्रमश आकृति भण्डारी, निरज खनाल, सन्दिप पौडेल, विश्व दर्शन पराजुली, लोकराज पाण्डे, रितेश श्रेष्ठ, पुजा माली, डोल्मा शेर्पा, सदिक्क्षा कंडेल, मनिसा श्रेष्ठ, दिनेश गैह्रे, धनन्जय वर्नवाल, प्रकाश कर्नले रिप्रन्जेटेटिभ गर्ने कुरा आगामी बर्षका अध्यक्ष सन्जिव पौडेलले जानकारी दिए ।

सहुलियत व्याजमा ऋण दिने सरकारको घोषणा, बैंकले ऋण नदिएपछि विदेश फर्कने तरखरमा युवा

काठमाडौं । सरकारले व्याज अनुदान लिएर कार्यान्वयनमा ल्याएको सहुलितपूर्ण कर्जा कार्यक्रमबाट लक्षितवर्गले फाइदा लिन पाएका छैनन् । बैंक वित्तीय संस्थाले कर्जा दिन आनाकानी गरेका कारण कार्यक्रमको प्रभावकारितामा नै प्रश्न उठेको छ । विदेशमा काम गरेर फर्केका युवालाई स्वदेशमै स्वरोजगार बनाउन भन्दै सरकारले ५ प्रतिशत व्याज अनुदान लिने गरी सहुलियतपूर्ण कर्जा कार्यक्रम संचालन गरिरहेको छ । तर, धेरै बैंक धाउँदा पनि ऋण नपाएपछि विदेशबाट फर्केका युवा पुनः विदेश जाने तयारीमा लागेका हुन । बैंकबाट सहुलियतपूर्ण कर्जा लिएर व्यवसायी बन्न चाहनेमध्येका एक हुन् नुवाकोटका मनोज रेग्मी । उनी सन् २०१७ मा विदेशबाट नेपाल फर्केका थिए । सरकारले व्याज अनुदान दिने गरी सहुलियतपूर्ण कर्जा कार्यक्रम संचालन गरेको थाहा पाएपछि ६ महिना अघि निवेदन दिएको भएपनि आफूले ऋण नपाएको रेग्मीले बताए । ‘नेपालमा जागिर नपाएपछि साउदीमा पुगेर काम गरेँ, सरकारले व्याज अनुदान लिएर कर्जा लिन पाइने र त्यस्तो कर्जा लगानी गरेर स्वरोजगार बन्न सकिने भन्ने सुनेपछि बैंकमा निवदेन दिएँ, तर अहिलेसम्म ऋण पाइएको छैन, बैंकले दिने जस्तो संकेत देखाएन,’ रेग्मीले भने । उनी गृहजिल्ला नुवाकोटमा भैसी पालन गरेर काठमाडौंमा दुध ढुवानी गर्ने सोचमा थिए । तर, ऋण पाएनन् । भैसी पालनको लागि चाहिने पुँजी उनीसँग थिएन । त्यसैले उनी अहिले भाडाको गाडी चलाएर गुजारा चलाउँदै छन् । ‘विदेशमा काम गरेर फर्केकाहरुलाई ऋण दिने कार्यक्रम संचालनमा छ भन्ने सुनेर भैसी पालन गर्ने सोँचमा पुगेको थिएँ, ऋण पाइनँ, यहाँ राम्रो काम पनि पाइदैन, त्यसैले विदेश नै जाने तयारीमा छु, भिसा नआउन्जेलका लागि गाडी चलाएर गुजारा गर्दैछु,’ रेग्मीले थपे । रेग्मीले सरकारको पनि लगानी रहेको कृषि विकास बैंक र एनएमबी बैंकमा निवेदन दिएका र पटकपटक पहल गरे पनि ऋण नपाएको वताए । रेग्मीले १५ लाख रुपैयाँ ऋण लिन चाहेका थिए । ललितपुरको टिकाथलीका संजय केसी पनि यसैगरी ऋण झिकेर स्वरोजगार बन्ने सोच पाल्ने अर्का व्यक्ति हुन् । वैदेशिक रोजगारीको शिलशिलामा लामो समय कतारमा विताएका केसी बैंकबाट १० लाख रुपैयाँ ऋण झिकेर कपडा व्यापार गर्ने योजनामा थिए । ‘लामो समय विदेशमा बसियो, अब नेपालमा नै केही गरौं भन्ने सोँच आएको थियो, घर परिवारबाट पनि नेपालमा नै केही गर न भन्ने दबाब थियो, सरकारले विनाधितो र व्याज अनुदान दिएर ऋण पाइने व्यवस्था मिलाएको छ भन्ने सुनेँ, यसैले १० लाख रुपैयाँ ऋण झिकेर कपडा व्यापार गर्छु भनेको पाइनँ,’ केसीले गुनासो गरे । उनले सरकारको करिब शतप्रतिशत लगानी रहेको राष्ट्रिय वाणिज्यको केन्द्रिय कार्यालय निवेदन दिएका थिए । तर, बैंकले सहुलियतपूर्ण कर्जाका लागि नजिकको शाखामा सम्पर्क गर्न भनियो । ‘नजिकको शाखाबाट ऋण पाइन्छ भनेर केन्द्रीय कार्यालयबाट फर्काए, नजिकको शाखामा जादा कहिले सम्बन्धित कर्मचारी छैनन् भन्थे, कहिले के भनेर टार्थे, आजित भएर अब फेरि विदेश जानुपर्ला भन्ने तयारीमा छु,’ केसीले भने । केसीले आफूसहित ४ जनाले विनाधितो ऋणका लागि निवेदन दिएको भएपनि कसैले पनि ऋण नपाएको गु्नासो गरे । ओखलढुगांका लाक्पा शेर्पा अनुभव पनि उस्तै छ । उनले वैदेशिक रोजगारीबाट फर्किदा नै काठमाडौंमा सहुलियत कर्जाको फारम भरेर गएका थिए । तर, उनले फाराम भरेको लामो समय भएपनि उनले पनि कर्जा पाएनन् । यसरी निवेदन दिनेमध्ये धेरै कर्जा नपाएको उनीहरुको भनाइ छ । सरकारले ल्याएको विनाधितो कर्जा पाइने नीतिअनुसार विदेशमा काम गरेर फर्केका १८ हजार ७ सय ६७ जना आवेदन दिए छन् । यसमध्ये १७ हजार ७ सय ३७ पुरुष र ८ सय ९३ महिला छन् ।