निगमले पाइलट टिकाउन ३ सय प्रतिशतसम्म तलब बढायो, २ लाख पाउने पाइलटको मासिक तलब अब ६ लाख

नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ ।निजी क्षेत्रका एयरलाइन्सहरुले आकर्षक तलब भत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो । अर्थ मन्त्रालयले गत बिहीबार पाइलटको तलब भत्ता बढाउन सहमति दिएसँगै अब निगमका जहाज उडाउने क्याप्टेनहरुको तलब ६ लाख ८ हजार रुपैयाँ पुग्नेछ । अर्थले सहमति दिएपछि पाइलटहरुले करबाहेक बैंक खातामा ४ लाख ५० हजार रुपैयाँ जानेछ । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले आकर्षक तलबवसुविधा दिएपछि निगममा पाइलट टिकाउनै हम्मे हम्मे परेको थियो । यस देखि १ देखि २ लाख रुपैयाँ मात्रै तलवभत्ता निगमका पाइलटले बुझ्दै आएका थिए । निजी क्षेत्रले ५ लाखसम्म दिने रेका थिए । कारोबार दैनिकबाट ।

एक्सेल डेभलपमेन्ट बैंकमा जागिर खुल्यो

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकमा तीन जनाका लागि जागिर खुलेको छ । बैंकले नायव महाप्रबन्धक, सहायक प्रबन्धक र कनिष्ठ अधिकृतका लागि दरखास्त आव्हान गरेको हो । नायव महाप्रबन्धकका लागि न्युनतम शैक्षिक योग्यता व्यवस्थापन बिषयमा स्नातकोत्तर उतिर्ण गरेको र कम्प्युटरको राम्रो ज्ञान भएको हुनुपर्नेछ । प्रबन्धक पदमा २ बर्ष र बैंकिङ क्षेत्रमा ८ बर्ष काम गरेको अनुभव आवश्यक पर्ने बैंकले जनाएको छ । त्यस्तै, सहायक प्रबन्धकले चार्टर्ड एकाउन्टेन्सी उतिर्ण गरेको वा स्नातकोत्तर उतिर्ण गरेको हुनुपर्नेछ । आन्तरिक लेखा परिक्षणको २ बर्ष अनुभव तथा वित्तीय क्षेत्रको ४ बर्षे अनुभव आवश्यक पर्नेछ । कनिष्ठ अधिकृतसँग भने स्नातक उतिर्ण गरेको र आन्तरिक लेखा परिक्षणमा १ बर्षको अनुभव आवश्यक पर्नेछ । बैंकले आगामी १५ दिन भित्र आवेदन गरिसक्न भनेको छ ।

संकटमा कतार, कतारी ऊँटलाई साउदीमा नाकाबन्दी: नेपाली गोठालालाई तनाव

काठमाडौं । साउदी अरब र कतारको सीमा आबु सम्राहबाट २ सय ५० किमि टाढा पर्छ, अल होफुफ। साउदीको निकै पुरानो बजार अल होफुफमा कतारीको बाक्लो आवतजावत हुन्थ्यो। त्यससँगै जोडिएको विशाल मरुभूमिमा कतारी नागरिकको उँट र बाख्राका सयौं गोठ छन्। उँट र बाख्रालाई दाना, औषधि, घाँस, पानीलगायत बन्दोबस्तीका सामान खरिद गर्न आउने मुख्य स्थल अल होफुफ हो। भोजपुरका ३७ वर्षीय अर्जुन राई अल होफुफबाट झन्डै सय किलोमिटर टाढा मरुभूमिमा बस्न थालेको ७ वर्ष भयो। खासमा उनी काम गर्न कतार पुगेका थिए। कतारी साहू मोहम्मद मर्रीले साउँदीमा उँट हेर्न लगेपछि उनी त्यतै बस्त थाले। जसोतसो जिन्दगी चलिरहेका बेला कतारमाथि नाकाबन्दी भयो। त्यही कारण उनले उनले एकसातायता कल्पनै नगरेको कष्ट सहनुपरयो। कतारी निकायका अनुसार साउदीले दुई दिनमा १२ हजार उँट, ५ हजार भेडा सयभन्दा बढी गोठाला डिपोर्ट गरेको छ। कतार उँट एसोसिएसनले कतारी नागरिकको साउदीका विभिन्न स्थानमा १ लाख ५० हजारभन्दा बढी उँट रहेको जनाएको छ। कतारी भिसा भएका गोठालालाई ऊँट हेर्न मालिकले सँगै लिएर जान पाउने सुविधा दिएको थियो। कतारीले साउदी लानेबेलामा नेपाली दूतावाससँग अनुमति लिने गरेको छैन्। कान्तिपुर दैनिकबाट । नेपाली दूतावासले आफ्ना नागरिकलाई कतारबाट साउदीमा ऊँट, बाख्रा र मजरामा काम गर्न लैजाने बेला अनुमति वा जानकारी दिनुपर्ने विषयमा कतारी निकायसँग चासो राखेको छैन्।