नागरिक लगानी कोषमा १२ जनालाई जागिर
काठमाडौं । नागरिक लगानी कोषमा १२ जनाका लागि जागिर खुलेको छ । कोषले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा १२ जनाका लागि आवेदन मागेको छ । कोषले अधिकृत ३ जना, बरिष्ठ सहायक २ जना, बरिष्ठ कम्प्युटर अपरेटर ३ जना, सहायक २ जना र सहायक कम्प्युटर अपरेटर २ जनाका लागि दरखास्त आव्हान गरेको हो । योग्यता पुगेका नेपाली नागरिकहरुले तोकिएको दस्तुर बुझाएर आगामी एक महिना भित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर अर्काे एक सातासम्म आवेदन दिन सकिनेछ । अधिकृत पदमा आवेदन दिनेले स्नातकोत्तर उतिर्ण गरेको हुनुपर्नेछ भने सहायकले स्नातक तह उतिर्ण गरेको हुनुपर्नेछ । अधिकृत पदमा आवेदन दिनेले एक हजार दस्तुर र सहायक तहमा आवेदन दिनेले ६ सय दस्तुर बुझाउनुपर्नेछ ।
पेन्सनको लोभमा राजीनामा नदिई एडीबीको जागिरमा हन्निदै, मुख्य सचिवको गरिमा बिर्सेर सहसचिवस्तरको पदमा
काठमाडौं । मुख्य सचिव सोमलाल सुवेदी निवृत्तिभरण पेन्सन बढाउनका लागि राजीनामै नदिईकन एसियाली विकास बैंक एडीबी को बैकल्पिक कार्याकारी निर्देशन पदमा जागिर खान लागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनकै नेतृत्व गरिरहेका सुवेदीले थप ३ बर्ष सेवा गरेबराबरको पेन्सन् बढाउने लोभमा आफ्नो पद अतिरिक्त समुहमा राखी एडीबीको ३ बर्षे जागरिमा जान लागेका हुन् । उनी साउन १ देखि पद सम्हाल एडीबीको ३ वर्षे जागीरमा जान लागेका हुन । उनी एडीबीको मूख्यालय फिलिपिन्सको मनिला जाँदै छन् । सुवेदीले पेन्सन बढाउन प्रधानमन्त्री शेरबहार देउवा र मन्त्रिपरिषद्समेत सहयोगी बनिदिएको छ । कान्तिपुर दैनिकबाट ।
६० हजार कर्मचारी प्रदेश र स्थानीय तहमा समायोजन, गाँउ गाँउसम्म कर्मचारी जानुपर्ने
काठमाडौं । सरकारले हाल केन्द्रको प्रत्यक्ष मातहत रहेका करिव ६० हजारभन्दा बढी कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा समायोजना गर्न विधेयक ल्याएको छ । सरकारी सेवामा कार्यरत कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने सम्बन्धमा आवश्यक ब्यवस्था गर्न सो विधयेक ल्याईएको हो । विधेयक लागनु भएपछि केन्द्रमा रहेका ६० हजार भन्दा बढी कर्मचारीहरु प्रदेश र स्थानीय तहमा समायोजन हुने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालायका सचिव दिनेश थपलियाको अनुमान रहेको छ । नेपाल समाचरपत्र दैनिकबाट।