नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग
काठमाडौं, २१ पुस । सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिपुरेश्वरको नेपाल आँखा अस्पताललाई सहयोग प्रदान गरेको छ । बैंकले अस्पतालको आर्थिक अवस्था कमजोर भएका १५ जना मोति बिन्दुका बिरामीको मोति बिन्दुको शल्यक्रियाका लागि आवश्यक आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले अस्पताललाई ३७ हजार ५ सय रुपैयाँको चेक हस्तातरण गरेको छ । सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले उक्त अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरेका छन् । सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले उक्त अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरेका छन् ।
धौलागिरिमा फेला पर्यो सेन्चुुरी पदमार्ग (फोटो फिचरसहित)
काठमाडौं, २१ पुस । धौलागिरि हिमाल प्रथम (८,१७२ मिटर) को दक्षिणि आधारशिविरसम्म पुग्ने नयाँ पदमार्ग पहिचान भएको छ । म्याग्दी उद्योग वाणिज्य संघले काठमाडौंबाट बिशेषज्ञ टोली बोलाएर ०७२ फागुनमा ‘धौलागिरि सेन्चुरी टे«क’ एक्सप्लोर गरेको थियो ।राजधानीमा उक्त पदमार्गको शुभारम्भ गरिएको छ । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारबाट झीं, पाखापानी, रायखोर, घ्यासिखर्क, छरी, फेदी, सहस्र भीर, ओडार क्याम्प हुँदै धौलागिरि आधारशिविर पुगेपछि फर्केर छरी, घ्यासिखर्कबाट चिमखोला, दर्मिजा, दग्नाम हुँदै गलेश्वर मन्दिर भएर बेनीबजारसम्म पदयात्रा गर्न सकिन्छ । काठमाडौंबाट पदयात्रामा निस्कनेहरुले बेनी, झीं, घ्यासिखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्नुपर्ने हुन्छ । घ्यासिखर्क, बेनी र फेदीमा आउँदा र जाँदा नै रात बिताउनु पर्छ । धेरै पर्यटकले छोटो दुरीका पदमार्गको खोजी गरिरहेको अवस्थामा धौलागिरि सेन्चुरी पदमार्ग चाँडै लोकप्रिय हुने संभावना छ । काठमाडौंबाट बेनीसम्म बसमा आउजाउ गर्न दुई दिन लाग्छ भने पदयात्रा गर्न ७ दिन लाग्ने छ । प्रकृति र संस्कृतिको अनुपम स्वाद चखाउँदै पर्यटकलाई धौलागिरि हिमालको फेदसम्म घुमाउन संघले नयाँ पदमार्ग पहिचान गरेको हो । यस काममा नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्स्जि एशोसियसन अफ नेपाल (टान), गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल, गैरआवासिय म्याग्देलीको संस्था मोना, पदमार्गको झीँ गाउँ, जिविस म्याग्दी र हिमालयन म्याप हाउस लगायतले सघाएका छन् । अध्ययन टोलीको नेतृत्व हिमालयन म्याप हाउसका निर्देशक पवन शाक्यले गरेका थिए । टोलीमा गुरिल्ला टे«ल समेत एक्सप्लोर गरेका अध्येता सुरेन्द्र राना, बेनीका सामाजिक अभियन्ता दिनेशनारायण श्रेष्ठ, फ्रेण्ड्स एडभेञ्चर टिमका गाइड ङवा तामाङ र दिपक लामा सहभागी थिए । यो नयाँ पदमार्गको छरीसम्म बस्ती छ । शिकारी, गोठाला र यार्सागुम्बा टिप्न जानेहरुले हिँड्ने गोरेटो पच्छ्याउँदै नयाँ पदमार्ग अध्ययन गरिएको हो । पदमार्ग ४,००० मिटर उचाइमा छ । रघु गंगा नदिको किनारै किनार पदयात्रा गर्नु पर्छ । यात्रामा मगर तथा छन्त्याल जीवनशैली र संस्कृति बुझ्न पाइन्छ । पदमार्ग सुधार, संकेत चिह्नको व्यवस्था, गाउँलेलाई अतिथि सत्कार, होमस्टे व्यवस्थापन लगायत तालिम दिएपछि मात्रै यो पदमार्ग दिगो हुने अध्ययन टोलीको निष्कर्ष छ । छरीभन्दा माथि बस्ती छैन । तलका गाउँमा सामान्य खाना, बास र भरिया पाइन्छ । हालका लागि क्याम्पिङ टे«क संभव छ । संघले हिमालयन म्याप हाउससँगको सहकार्यमा धौलागिरि सेन्चुरी टे«कको नक्सा, र पोस्टर प्रकाशन गरिसकेको छ । बृतचित्र समेत तयार छ ।
माछापुच्छ्रे बैंकद्धारा विभिन्न विद्यालयहरुलाई सहयोग
काठमाडौं, २० पुस । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो विभिन्न शाखाहरु मार्फत विभिन्न विद्यालयहरुलाई सहयोग प्रदन गरेको छ । बैंकको धनकुटा शाखाले श्री मार्गेश्वरी प्राथामिक विद्यालय, चारगाउ धनकुटाका फरक क्षमता भएका बालबालिकाहरुका लागि लत्ताकपडा तथा स्टेसनरी सामाग्रीहरु वितरण गरेको छ । त्यसैगरी , बैंकको पोखरा शाखाले पोखरा- १२ ढिकालेथर स्थित सरस्वती आधारभूत विद्यालयलाई डेस्क तथा बेन्च हस्तान्तरण गरेको छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु प्रदान गरेको हो । बैकले हरेक महिना एक सामाजिक उत्तरदायित्व भन्ने मूल नारा लिई देशभरका विभिन्न शाखाहरु मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यहरु गरीरहेको बताएको छ ।