निर्जीवन लघुबीमा क्षेत्रकै पहिलो कम्पनी नेपाल माइक्रोले शुरु गर्यो कारोबार [फोटोफिचर]

काठमाडौं । निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजत पाएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले बिहीबार अर्थात असार २८ गतेदेखि कारोबार शुरु गरेको छ । इन्स्योरेन्सले बिहीबार चितवनको भरतपुरमा आयोजित एक समारोहबीच कम्पनीको उद्घाटन गरी आफ्नो व्यवसायिक कारोबार औपचारिक रुपमा शुरु गरेको हो । उक्त कम्पनीको उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका हुन् । यससँगै इन्स्योरेन्सले बिहीबारबाट देशभर निर्जीवन लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्न पाउने छ । कम्पनीले केन्द्रिय कार्यालय भने चितवनको भरतपुर(१ मा छ । कारोबार सञ्चालन गरेपश्चात नेपाल माइक्रो इन्स्योरेन्स निर्जीवन लघुबीमा क्षेत्रकै पहिलो कम्पनी हुनेछ । तर, लघु बीमाकाे क्षेत्रमा भने नेपाल माइक्रो इन्स्योरेन्स दोस्राे कम्पनी हाे । नेपाल बीमा प्राधिकरणले उक्त कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकिदिएको छ । कम्पनीले घर, सम्पत्ति तथा व्यवसाय र इन्जिनियरिङ्गको अधिकतम ५०/५० लाख रुपैयाँसम्मको लघुबीमा गर्न पाउने छ । हाल कम्पनीले सम्पत्ति बीमा पोलिसी बिक्रीका लागि नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएको छ । नेपाल बीमा प्राधिकरणले उक्त कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकिदिएको छ । कम्पनीको सञ्चालक समितिमा अध्यक्ष आशिष श्रेष्ठ र सञ्चालकमा लतिका गोल्यान, सिद्धान्त झुनझुनवाला र प्रविना दाहाल छन् । त्यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मृगेन्द्रनाथ रिमाल, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा अनिल राज गिरी र महाप्रबन्धकको जिम्मेवारीमा प्रबिना नेपाल छन् । त्यसैगरी, कम्पनीको विभागीय प्रमुखमा तीन जना छन् । जसमध्ये प्रशासन विभाग प्रमुखमा अमृत लामिछाने, सूचना प्रविधि विभागको प्रमुखमा सुशान थापा र मार्केटिङ हेडमा अमृत अधिकारी छन् । आइटी प्रमुख थापा कम्पनीको सूचना अधिकारी समेत हुन् । बिहीबारदेखि कारोबार सुरु गर्दै नेपाल माइक्रो इन्स्योरेन्स, सीईओ भन्छन् : ठूला कम्पनीले गर्न नसकेको बिजनेस गर्छौं

साउने सोमबारको व्रत सुरु (फोटोफिचर)

काठमाडौं । चान्द्रमास अनुसार साउन महिनाको पहिलो सोमबार काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर मन्दिरमा देखिएको भक्तजनको चहलपहल । यस वर्ष सौरमास अनुसार साउन महिनाका सोमबार अधिकमास परेकाले चान्द्रमास अनुसार पहिलो सोमबारदेखि नै भक्तजनको भीड लागेको हो । वीरगन्जको पिपरामा अवस्थित पशुपतिनाथ मन्दिरमा सोमबार पूजा आराधना गर्न आएका भक्तजन । यस वर्ष सौरमास अनुसार साउन महिनाका सोमबार अधिकमास परेकाले चान्द्रमास अनुसार पहिलो सोमबारदेखि नै भक्तजनको भीड लागेको हो । तस्बिर : रासस

असार १५ को रौनक (फोटो फिचर)

२०औँ धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुक्रबार सुनसरीको इनरुवामा धान राेपेपछि नाचगान गर्दै स्थनाीय । २०औँ धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुक्रबार सुनसरीको इनरुवामा धान रोप्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नगरप्रमुख केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहतालगायत । २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा घोराही १७ डवरीस्थित गुठी खेतमा धान रोप्दै लुम्बिनी प्रदेशसभा सदस्य सीता चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसी तथा दाङका प्रमुख जिल्ला अधिकारी शुसिल बैद्यलगायत । लमही नगरपालिका–६ मध्यनगरस्थित खेतमा धान रोप्न हिङ्गाले हिलो सम्याउँदै कृषक । गोरु नहुनेहरू धान रोप्न आफैँले हिङ्गा तानेर खेत सम्याउने गर्छन् । नुवाकोटको विदुर नगरपालिका–४ विदुरका किसान धान रोपाइँको तयारीका लागि ट्रयाक्टरले खेत जोत्दै । तस्बिर : रासस