विश्वकर्मा पूजामा चिरिच्याट्ट ईभी ट्याक्सी (फोटोफिचर)

काठमाडौं । आज विश्वकर्मा पूजा । विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, सवारी साधन, पार्टपूर्जा तथा यन्त्रहरुको पूजाआजा गर्ने दिन सम्झछौं । हरेक वर्ष कन्या संक्रान्तिको दिनमा मनाइने विश्वकर्मा पूजा भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा पूजा गरिन्छ । त्यसैले पनि आजको दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल र भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । आज नेपालमा पनि विश्वकर्मा पूजा उल्लाहस रुपमा मनाइएको छ । पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जाँदा ट्याक्सीहरु पनि विद्युतीयमा रुपमा रुपान्तरण हुन थालेका छन् । काठमाडौं उपत्यकामा विद्युतीय गाडीसँगै ट्याक्सीहरु पनि बढ्न थालेका छन् । केहीले विद्युतीय ट्याक्सीलाई एकै ठाउँमा जम्मा गरेर पनि पूजाआजा गरेका छन् ।

गोकर्णेश्वरमा भक्तजनको भीड (फोटोफिचर)

काठमाडौं । भाद्रकृष्ण औँशीका दिन आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा जलदान, सिदादान र पिण्डदान गर्न आएका भक्तजनको भीड । बुबा नहुनेहरूले यहाँ आएर आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा छ । भाद्रकृष्ण औँशीका दिन आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बुबा नहुनेहरूले आफ्नो बुबाको नाममा श्राद्ध गर्दै ।  

नाडा अटो शोको दोस्रो दिन : यी गाडीमा देखियो मान्छेको आकर्षण

काठमाडौं । मंगलबारबाट सुरु भएको ‘नाडा अटो शो-२०२३’ भृकुटीमण्डपमा भव्य रूपमा सञ्चालन भइरहेको छ । लामो समयपछि भएको उक्त अटो शोमा दिनानुदिन अवलोकनकर्ताहरुको संख्या बढ्दो छ । विभिन्न कम्पनीहरूले अटो शो लक्षित गरेर नयाँ गाडी पनि सार्वजनिक गरेका छन् । जसले गर्दा नयाँ गाडी किन्न चाहनेहरूको लागि यो शो उपलब्धिमूलक हुने विश्वास लिएको छ । यस वर्षको अटो शो ईभीमय नै भयो भन्दा फरक नपर्ला । विभिन्न कम्पनीहरूले ईभी गाडीलाई नै प्राथमिकता दिँदै प्रदर्शनीमा गाडी राखेका छन् । जसले गर्दा पनि ईभी गाडीले अवलोकनकर्ताको ध्यान खिचेको छ । नाडा अटो शोको पहिलो दिन नै धेरै कम्पनीहरूले नयाँ गाडीको अनावरण गरिसकेका छन् । शोमा टाटा मोटर्स, सुजुकी, हुन्डाई मोटर्स, किया, एमजी मोटर, बीवाईडी लगायतका कम्पनीहरूले शोमा नयाँ मोडलका गाडी राखेका छन् । दुई र चार पाँग्री नयाँ सवारी साधनको प्रदर्शनीले अटो शोमा रौनक थपेको छ । अवलोकनकर्ताको आकर्षण विद्युतीय गाडी प्रति नै भएको भएको देखिन्छ । अवलोकनकर्ता राम शर्मा पनि अटो शोमा आएर विद्युतीय गाडी नै खोजेको बताउँछन् । ‘पछिल्लो समय मान्छेहरू ईभी गाडी किनेर कुदाएको देख्छु, त्यही भएर मैले पनि ईभी गाडी किन्ने सोच बनाएर आएको छु, केही गाडी हेर्यो तर मूल्य अलिक बढी भए जस्तो लाग्यो, गाडी चाहिँ शोको अवसर पारेर किन्ने हो, यहाँ किन्दा डिस्काउन्ट पनि पाइएला,’ उनले भने । भदौको ३१ गतेसम्म सञ्चालन हुने उक्त अटो शोमा गाडी बुकिङ गर्ने ग्राहकको संख्या पनि बढ्दै गएको गाडी व्यवसायीहरू बताउँछन् । अटो शोको आकर्षणको केन्द्र बनेको ईभी गाडी राखिएको स्टलमा मानिसहरूको घुइँचो पनि बाक्लो थियो ।