तस्वीरमा ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी, विद्युतीय साइकलदेखि मिनी ट्रकसम्म

काठमाडौं । भृकुटीमण्डपमा आजबाट नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लाइन्सेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्ति बहादुर बस्नेतले गरेका छन् । आइतबारसम्म चल्ने सो प्रदर्शनीमा विभिन्न कम्पनीहरूले ईभीका सवारीदेखि इलेक्ट्रिक तथा मेसिनरी सामानहरू राखिएका छन् । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचर एण्ड इम्पोर्टरस एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा सो प्रदर्शनी भएको हो । मुलुकमा बढ्दो उत्पादित जलविद्युत्को विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक रूपमा सबलिकरण गर्ने उद्देश्य सहित प्रदर्शनीको आयोजना गरिएको छ । सो प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीको प्रदर्शनी कक्ष रहको बताइएको छ । उएक्स्पोको उद्घाटनसँगै प्रदर्शनीको अवलोकन गर्न आउनेहरूको पनि बाक्लो उपस्थिति थियो । प्रर्दशनीमा विद्युतीय साइकलदेखि मिनि ट्रकसम्म राखिएका छन् । उद्घाटनको क्रममा मन्त्री बस्नेतले विद्युती सामान र ईभीका सवारीको प्रयोगलाई सरकारले पनि प्राथमिकता दिएको बताए । ‘हामीले जलविद्युतको उत्पादन पनि गुणात्मक तरीकाले गरी रहेका छौं, आन्तरिक खपत बढाउने योजना र कार्यक्रमका साथ अगाडी बढेका छौं, यसलाई विस्तार गर्नको लागि आवश्यक पर्ने नीतिगत विषयलाई लिएर पूर्वाधारका काम अगाडी बढाउने कुरालाई प्राथमिकता दिएका छौं,’ उनले भने ।  

यसरी मनाइँदै छ जनैपूर्णिमा र रक्षाबन्धन (फोटोफिचर)

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ ।

काठमाडौं वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ नामक फोटो प्रदर्शनी

काठमाडौं । काठमाडौंको वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ नामक फोटो प्रदर्शनी आयोजना गरिएको छ । १८४ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) सिविन नेपालको सहयोगमा शनिवार (आज) एकदिने सो फोटो प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा बालबालिकाका गौरवगाथाहरुलाई चित्रण गर्ने खालका ६० भन्दाबढी तस्बिरहरु समावेश गरिएका छन् । बालबालिकाहरुमा खुशीयाली ल्याउन सो प्रर्दशनी आयोजना गरिएको एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । ‘१८४ औं विश्व फोटोग्राफी दिवसको असरमा हामीले शनिवार वसन्तपुरको डबलीमा सिविन नेपालको सहयोगमा ह्याप्पी बालबालिका, जो राष्ट्रिय गौरव हुन भन्ने नाराका साथ फोटो एक्जीविशन गरेका छौं । यसमा करिव ६० वटा फोटो राखिएको छ । बालबालिकाहरु गुम्न आउने, खेल्न आउने भएको यो ठाउँमा विभिन्न जिल्लाका बालबालिकाहरुको क्रियाकलापहरु समेटिएको फोटो प्रर्दशन गरिएको हो । बालबालिकाहरुमा खुशीयाली ल्याउन पनि यो प्रर्दशनी आयोजना गरिएको हो’, अध्यक्ष पन्तले भने । ‘बालबालिका राष्ट्रका गौरव हुन्’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रर्दशनीमा विभिन्न जिल्लाका बालबालिकाहरुले खुशीका साथ गरेका क्रियाकलापहरु समावेश गरिएको तस्स्बिरहरु छन् । एनएफपीजेले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसर पारेर खेल, मनोरञ्जन र काममा खुशीका साथ सहभागी भएका बालबालिकाहरुलाई थप उत्साही बनाउने उद्देश्यका साथ सो प्रदर्शनी गरिएको जनाएको छ ।