स्याउ नबिकेपछि भैसीलाई, किसानको आम्दानी शून्य
काठमाडौं २९, भदौ । तपाईँ अचेल बाजुराको जुकोट पुग्नु भएको छ भने अनौठो नमाने हुन्छ। त्यहाँका बस्तुभाउ धमाधम स्याउ खाइरहेका भेटिन्छन् । पोहोरभन्दा दोब्बर उत्पादन भएपछि गाउँभरि स्याउकै छेलोखेलो छ । बिक्रीका लागि बजार भने छैन । बेच्न नपाएर स्याउका दाना बारीमै कुहिन थालेपछि किसानहरू चौपायालाई खुवाउँन थालेको छन् । जुकोटमा अधिकांश परिवारका दुई ४ सय वटासम्म स्याउका बोट छन् । लटरम्म फलेका दानाले स्याउबारी राताम्मे देखिन्छन् । बजार पुर्याउन सके स्याउबाटै लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने यहाँका किसानहरूको आम्दानी भने शून्य बराबर छ । भूपेन्द्र शाहीको बारीमा ४ सय बोटमा लटरम्मै छन् । तर उनले अहिलेसम्म स्याउ बेचेर मुस्किलले सय रुपैयाँ कमाएका छन्। ‘गाउँतिर स्याउ किन्ने कोही छैन,’ उनले भने, ‘कुहिने अवस्था आएपछि गाईभैंसीलाई खुवाउनुपरेको छ ।’ यति बेला जुकोट पुग्ने छरछिमेक र इष्टमित्रले बोक्न सकेजति सित्तैमा पाउँछन् । अपरिचित र किन्न चाहनेले डेलिसस, पञ्चमुखे, गोल्डेनलगायत जातका स्याउ रोजीरोजी रुपैयाँका ५ दाना पाउँछन् । सदरमुकाम पुर्याउन सके त्यही स्याउ दानाको २० रुपैयाँसम्म पर्छ । यहाँका किसानले स्याउ बिक्री गर्नुपरे लगभग एक दिन टाढा पर्ने कोल्टी वा दुई दिन लाग्ने सदरमुकाम मार्तडी पुर्याउनुपर्छ त्यती परसम्म किसानले डोकोमा पुर्याउन सक्दैनन् । भरिया खोजेर डोकोमा स्याउ पठाउँदा ज्याला बढी लाग्नेने उनीहरू बताउँछन् । जुकोटमाथि देबाले र सैदेवो लेकमा मात्रै स्थानीयका स्याउबारी छन् । स्याउ खेती गर्ने परिवार संख्या ७० भन्दा बढी छ । त्यहाँबाट गाउँमा ओसार्न पनि केही घण्टा लाग्छ। गाउँमा कोल्डस्टोरसमेत नभएकाले स्याउ भण्डारण गर्न सकिँदैन । समाचार तथा तस्बिर स्रोतःकान्तिपुर दैनिकबाट ।
प्रमको भारत भ्रमण टोलीमा १ सय १६ जना
काठमाडौं २९, भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी, व्यापारी र मिडिया समेत गरी १ सय १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारतको ४ दिने राजकिय भ्रमणमा निस्कने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंगलबारसम्म प्रधानमन्त्रीको भारत भ्रमणमा जाने टोलीमा ५० जना सरकारी प्रतिनिधिहरु, ३३ जना उद्योगीरव्यापारी र ३३ जना संचारकर्मीको नाम स्विकृत भएको छ । सरकारी प्रतिनिधिमण्डलमा रहेका ५० जनामध्ये ८ जना नयाँदिल्ली स्थित नेपाली दूतावासका कर्मचारी रहेका छन् भने बाँकी ४२ जना काठमाडौंबाट प्रधानमन्त्रीसँगै जानेछन् । ‘प्रधानमन्त्रीज्यूको आसन्न भारत भ्रमणमा जाने नेपाली प्रतिनिधिमण्डलमा सरकारी, नीजि क्षेत्र ९उद्योगीरव्यापारी० र संचारकर्मी समेत गरी १ सय १६ जनाको नाम स्विकृत भएको छ,’ स्रोतले भन्यो, ‘भारत प्रस्थान गर्ने बेलासम्म एकरदुई जना नाम थपघट हुनसक्छ ।’ प्रधानमन्त्रीसँगै भारत प्रस्थान गर्ने नेपाली प्रतिनिधिमण्डलको नाम मन्त्रिपरिषद बैठकले अन्तिम स्वीकृत गर्न भने बाँकी छ । स्रोतका अनुसार सरकारी प्रतिनिधिमण्डलमा परेका ५० जनाको मात्र सम्पूर्ण खर्च सरकारले व्यहोर्ने छ । यसमध्ये नयाँदिल्लीस्थित नेपाली दूतावासबाट सहभागी हुने कर्मचारीको स्थानिय खर्च मात्र सरकारले व्यहोर्ने छ । प्रतिनिधिमण्डलमा सहभागी गराईएका ३३ उद्योगीरव्यापारी र ३३ संचारकर्मीको खर्च भने उनीहरु स्वयमले व्यहोर्नेछन् । प्रधानमन्त्री दाहालको भदौ ३० देखि असोज २ गतेसम्म हुने भारत भ्रमणमा उनीसँगै दुई जना मन्त्री र ५ जना सचिव पनि जानेछन् । प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाने मन्त्रीहरुमा परराष्ट्र मन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक छन् । यस्तै, परराष्ट्र सचिव शंकर दास वैरागी, उर्जा सचिव अनुपकुमार उपाध्याय, बाणिज्य सविच ङइन्द्रप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात सचिव धनबहादुर तामाङ र प्रधानमन्त्री कार्यालय सचिव पनि प्रधानमन्त्रीको भारत भ्रमणमा रहनेछन् । वैद्य माओवादी अब चुनावमा तीन वर्षअघि संविधानसभा चुनाव बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० ले चुनावमा भाग लिने भएको छ। आफ्नो दल निर्वाचन आयोगमा भने दर्ता नगर्ने उसको जिकिर कायमै छ। देशभक्त जनगणतान्त्रिक मोर्चाका नाममा चुनावमा भाग लिने तयारीमा पार्टी लागेको छ। वैद्य माओवादीका वरिष्ठ नेता सीपी गजुरेल अध्यक्ष र परी थापा सचिव रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका पदाधिकारीमा कमल चौधरी, केबी गुरुङ, पवनमान श्रेष्ठ, श्रीनाथ अधिकारी, नगेन्द्र राई, केसबहादुर परियार सदस्य छन्। यी सबै वैद्य माओवादीका केन्द्रीय समितिमा रहेका नेता भएको मोर्चा अध्यक्ष गजुरेलले बताए । गजुरेलले निर्वाचन घोषणा भएमा त्यसलाई उपयोग गर्दै अघि बढ्ने बताए । ‘हाम्रो पार्टी निर्वाचन आयोगमा दर्ता हुँदैन, पार्टीको नाममा निर्वाचनमा जाने निर्णय पनि छैन,’ उनले भने, ‘तर चुनाव घोषणा भएको परिस्थितिमा भने मोर्चाका नाममा निर्वाचनमा भाग लिने निर्णय हाम्रो हो ।’ गजुरेलले महँगी, कालोबजारी, भ्रष्टाचार, बेरोजगारी मुद्दा उठाउने बताए । उनले राष्ट्रवादी उभार ल्याउन काम गर्ने घोषणा गर्दै जनजीविकाको मुद्दा उठाइरहने मोर्चाको लक्ष्य रहेको बताए। मोर्चालाई पार्टी संगठनकै संरचनामा उभ्याउने वैद्य माओवादीको तयारी छ । केन्द्रदेखि गाउँसम्मै चुनावी संरचना बनाए पनि आगामी चुनावमा भाग लिने कि नलिने भन्ने निर्णय त्यही बेला लिने गजुरेलले बताए । ‘यो विषय विल्कुलै कार्यनीतिक प्रश्न हो, चुनावमा प्रभावकारी उपस्थिति जनाउन मोर्चालाई निर्वाचन आयोगमा दर्ता गर्न लागेका हौं,’ उनले भने, ‘हामीले भनेजस्तो भएन भने बहिष्कार गर्नलाई पनि यो संरचना काम लाग्नेछ।’ माओवादी केन्द्रका आठ सांसदलाई सीआईबीको ‘क्लिन चिट’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अवैध मानव ओसारपसार र सरकारी कागजपत्र किर्तेमा जोडिएका माओवादी केन्द्रका ८ सांसदलाई ‘क्लिन चिट’ दिएको छ । ‘पक्राउ परेका दिनेश खड्काको बयानमा सांसदको संलग्नताबारे नखुलेको र मुख्य आरोपित शेरबहादुर साउद फरार रहेको’ भन्दै ब्युरोले आठै जनालाई उन्मुक्ति दिएको हो । खडका र साउद सांसदहरूलाई स्पेन लैजान सघाउने व्यक्ति हुन् । खड्का पक्राउ परेपछि ब्युरोले उक्त प्रकरणमा जोडिएका माओवादी केन्द्रका आठै सांसदको बयान लिएको थियो । प्रहरीले साउद र खडकालाई आरोपित बनाउँदै बुझाएको प्रस्तावित रायसुझावका आधारमा काठमाडौं जिल्ला अदालतमा पाँच दिनअघि अवैध मानव ओसारपसारको साटो सरकारी दस्तखत किर्तेको मुद्दा दायर भएको थियो । उक्त मुद्दामा खडकाको नाममा धरौटीमा निस्किए पनि ठगीको मुद्दामा २ वर्ष जेल सजाय पाएका ‘फरार’ भएकाले उनी जेल चलान भइसकेका छन् । ‘सांसदको बयान र पक्राउ परेका खडकाबाट घटनामा सांसदको संलग्नता खुलेन, अर्का मुख्य आरोपित फरारै छन्,’ ब्युरोका डीआईजी नवराज सिलवालले भने, ‘फरार रहेका साउदको पक्राउ पछि खुल्यो भने फेरि अनुसन्धान हुन सक्छ ।’ जुन र जुलाईमा स्पेनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन जाने भन्दै माओवादी केन्द्रका सांसदले भिसाका लागि बुझाएको सिफारिस पत्र किर्ते गरी असम्बन्धित व्यक्तिलाई पिए बनाएर लैजान खोजेको खुलेपछि सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरी अनुसन्धानमा तानिएका थिए ।
कम गुणस्तरका कारण जहाजको टायर पन्चर, मिचेलियनका टायर प्रतिबन्धित
काठमाडौं २९, भदौ । कमजोर गुणस्तरका कारण टायर पन्चर आशंकामा अबदेखि वायुसेवा निगमले रिप्रिट (मर्मत) गरेको टायर जहाजमा प्रयोग नगर्ने निर्णय मंगलबार नै गरेको छ । निगमको ए३२०–२२ सिरिजको ९एन एकेएक्स कलसाइनको लुम्बिनी नामक जहाज अवतरण क्रममा धावनमार्गमा टायर पन्चर हुँदा ठूलो दुर्घटनाबाट बचेको थियो । एक सय ५० यात्रु सवार यो जहाजको पांग्रा धावनमार्गमा ठोक्किनेबित्तिकै देब्रेतर्फको दुई नम्बरको टायर पन्चर भएको हो । जहाजमा परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत पनि सवार थिए । पटकपटक टायरमा आएको समस्याले उडान जोखिम बढाएको निष्कर्ष निकल्दै निगमले मर्मतपछि प्रयोग गर्ने गरेको टायर प्रयोग नगर्ने निर्णय गरेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार अमेरिकी कम्पनी मिसेलिनले बनाएको यो टायर थाइल्यान्डको बैंककमा रिप्रिट(मर्मत)हुने गरेको छ । पटकपटकको समस्याका कारण निगमले रिप्रिट भएको टायर प्रयोग नगर्ने निर्णय गरेको हो ।कंसाकारका अनुसार मंगलबार बसेको निगमको इन्जिनियरिङ, क्वालिटी, मेन्टेनेन्सहितका विभागको निर्णयले कम्पनीबाट आएको नयाँ टायरमात्रै प्रयोग गर्ने निर्णय गरेको छ । मिचेलियनका टायर प्रतिबन्धित नेपालको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्रधिकरणले नेपालमा दर्ता भइ अन्तर्राष्ट्रिय उडान गरिरहेका वायु सेवा कम्पनीका जहाजमा ‘मिचेलियन’कम्पनीका टायर प्रयोगमा रोक लगाएको छ। हाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम र निजी क्षेत्रको हिमालयन एयरलाइन्सले काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। ती मध्ये वायु सेवा निगमले डेढ वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरी ल्याएका दुई थान ‘ए ३२०,२००’ सिरिजका जहाजमा मिचेलियनका टायर प्रयोग गरिरहेको छ। निगमको ए ३२० जहाजमा रहेका टायर लगातार तेस्रोपटक पंक्चर भएपछि प्राधिकरणको हवाइ उड्डयान सुरक्षा विभागले अर्को निर्णय नभएसम्म प्रयोगमा रोक लगाएको हो । निगमले मर्मतपछि प्रयोग भएको यो टायरका कारण भएको यो घटनाको क्षतिपूर्ति मााग दाबी गर्ने पनि उल्लेख छ ।