यी हुन् नेपाली फोटो ग्राफरले खिचेका उत्कृष्ट फोटाहरु

काठमाडौं, १४ साउन । आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ का विजेताहरु छानिएका छन् । गत वर्षभरी नेपाली फोटो ग्राफरहरुले खिचेका उत्कृष्ट तस्विरहरु सम्मिलित प्रतियोगीताको शिर्ष उपाधि दिपकरत्न बज्रचार्यले जिते । त्यस बाहेक बिभिन्न बिधामा प्रथमदेखि तृतिय स्थान हासिल गर्ने फोटो ग्राफरहरु छानिएका छन् । भूकम्प जाँदै गरेको दृश्य क्याप्चर गरेकोे यो फोटोले बज्राचार्यलाई फोटो अफ द इयर ०७३ बनाएको हो । यसैगरीको नभेष चित्रकारको यो फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो । आईएमएस डेली लाइफ’ विधामा नरेश श्रेष्ठको फोटोले बाजी मार्यो । त्यस्तै नभेष चित्रकारले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जिते । नेपाल टेलिकमले प्रायोजन गरेको नेचर एण्ड वाइल्डलाइफमा रमेश कुमार पौडेलको फोटोले प्रथम स्थान हासिल गर्यो । चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगलमा देखिएका मयुरहरु । घुमफिर २०७३ कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठले दिएको फोटो प्रथम भयो । त्यस्तै मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस विधाको उपाधि सुरबिन्द्रकुमार पुनले जिते । रुकुमको तकसेरा गाविसको तक गाउँको एक परम्परागत घरको छतमा फुटबल खेल्दै स्थानीय बालकहरु । भिरालो जमिन हुने पहाडी क्षेत्रमा खेल्ने मैदान नहुँदा खेल्ने उमेरका बालबालिकाहरु विकल्पका रुपमा घरको छतलाई पनि प्रयोगमा ल्याउने गरेका छन । फोटो स्टोरीमा नबिन बरालको फोटो प्रथम भयो । आईएमएस डेली लाइफमा गोपेन राईको फोटो दोश्रो भयो । प्रताप थापाको यो फोटाले तेस्रो स्थान हासिल गर्यो । अर्घाखाची सिमेन्ट न्युज बिधामा राजेश गुरुङले खिचेको यो फोटो दोस्रो बन्न सफल भयो । लक्ष्मीप्रसाद ङाखुसी लिएको यो तस्विरले तेस्रो स्थान ओगट्न सफल भयो । नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफमा’मा बिसोप ताम्राकारको फोटोले दोश्रो स्थान पायो । त्यस्तै, विकास खड्गीको फोटो तेस्रो भयो । घुमफिर २०७३ ‘कल्चर एण्ड टुरिजममा सम्बर्दन बज्रचार्यको यो फोटोले दोश्रो स्थान प्राप्त गर्यो । आभाष कर्माचार्यको फोटो भने तेस्रो स्थानमा पर्न सफल रह्यो । मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टसमा रोबिक उपाध्यायको फोटो दोस्रो बन्यो । त्यस्तै, उमेश श्रेष्ठले खिचेको यो तस्विर तेश्रो नम्बरमा पर्न सफल भयो । शिखर इन्स्योरेन्स नेपाल स्माईलमा रजेन्द्र केसीको फोटो दोस्रो स्थानमा पर्यो । सुलभभक्त श्रेष्ठको फोटो भने तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै फोटो स्टोरीमा सागर क्षेत्रीको फोटो उपविजेता बन्न सफल भयो । तेश्रो स्थानमा भने नभेष चित्रकारका फोटा पर्न सफल भए । 

नेपालको आर्थिक–सामाजिक विकासमा लगानी गर्न युएईलाई चेम्बरको आग्रह

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र संयुक्त अरव इमिरेट्स (यु.ए.ई.) बीचको व्यापार तथा लगानी अभिवृद्धिमा प्रभावकारी भूमिका निभाउन राजदूत साइद हमदान अल नगवीलाई आग्रह गरेका छन् । नेपालका लागि संयुक्त अरव इमिरेटसका नवनियुक्त राजदूत साइद हमदान अल नगवी र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीबीच आज नेपाल चेम्वर अफ कमर्समा भएको भेटघाटका अवसरमा अध्यक्षले उक्त कुरा बताएका हुन् । अध्यक्ष श्रेष्ठले नवनियुक्त राजदूतको सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशबीचको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण विकास हुने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष श्रेष्ठले गत वर्षको विनाशकारी भूकम्प पश्चात पुर्नस्थापना र पुर्ननिर्माणका लागि नेपालमा पूजीं र प्रविधिको आवश्यकता रहेको बताउंदैं नेपालमा संयुक्त अरव इमिरेट्सको पूजीं र प्रविधि भित्र्याउन अनुरोध गरेका छन् ।  अध्यक्ष श्रेष्ठले नेपाल चेम्वर अफ कमर्सले सेप्टेम्वर २३ देखि २७ तारेखसम्म आयोजना गर्ने नेपाल चेम्वर एक्सपो २०१६ मा सहभागिता जनाई व्यापार तथा लगानी गर्न समेत राजदूतलाई आग्रह गर्दै दुई देश विचको चेम्वर अफ कमर्सविच सहकार्य हुनु पर्ने बताए। भेटघाटका अवसरमा राजदूत साइद हमदान अल नगवीले दुई देशबीचको आर्थिक–सामाजिक विकासमा आफूले सक्दो प्रयास गर्ने बताउंदै नेपालमा व्यापार, लगानी, पर्यटन, जलश्रोत उर्जा, कृषि लगायत प्रविधिमा संयुक्त अरव इमिरेट्सका निजी क्षेत्र नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराए । उनले दुई देशबीचको दोहोरो कर हटाउन आवश्यक रहेको बताउंदै, हवाई क्षमता विस्तार गर्न र कार्गाे सेवालाई प्रभावकारी बनाउन विशेष ध्यान दिन अनुरोध गरे । राजदूतले दुई देशबीचको आर्थिक सामाजिक सम्बन्ध विस्तारमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा उच्चस्तरीय भ्रमण प्रतिनिधिमण्डलमा निजी क्षेत्रको सहभागिता बढाउन, मेला तथा प्रदर्शनीमा सहभागिता बढाउनु पर्नेमा जोड दिए ।

धनकुटाको बस दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्रीसहित सातको मृत्यु

धनकुटा, १३ साउन । संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा२ख ७३६६ नम्बरको यात्रुबाहक बस आज धनकुटाको परेवादिन–५ सिधुवा बजारमा दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेका अनुसार दुर्घटनामा परी पूर्व अर्थ राज्यमन्त्री खेवाको मृत्यु भएको छ । खेवा डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री थिए। सो बस दुर्घटनामा परी मृत्यु भएकामध्ये अहिलेसम्म खेवासहित तीन जनाको मात्रै सनाखत हुनसकेको छ । मृत्यु हुनेमा धरानको वेदप्रकाश अग्रवाल र परेवादिन–४ को तारा बस्नेत रहेका छन् । दुर्घटनामा परी दर्जनौँ यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उद्धारका लागि सदरमुकाम र सिधुवालगायत क्षेत्रबाट प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस