धादिङमा झन्डै ३ अर्वको तरकारी, जिल्लाभर ७६ हजार मेट्रिक टन तरकारी उत्पादन

काठमाडौं ३०, असोज । परम्परागत कृषि प्रणालीमा सुधार गरी धादिङका किसान यतिबेला तरकारी खेतीमा व्यावसायिक बन्न थालेका छन् । राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपतसँग सिमाना जोडिएका र आसपासका गाविसका किसानहरु बह्रमासे तरकारी खेतीमा लागेका समाचार आइतबारको कारोबार दैनिकमा खबर छापिएको छ । केही बर्ष अघिसम्म तेलमसलाका लागि मात्रै तरकारी बेचन किसानाहरु अहिले छोराछोरीलाई राम्रो शिक्षा दिन भन्दै लाखौंको तरकारी बेच्ने भइसकेका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार ६ हजार २२ हेक्टर ९१२ हजार ४ सय ४० रोपनी क्षेत्रफलमा तरकारी खेती गरिएको छ । जिल्लाभर ७६ हजार ४ सय ७९ मेट्रिक टन तरकारी उत्पादन हुन्छ । जिल्लाको छत्रेदेउराली, जीवनपुर, नौबिसे, थाक्रे, तर्सपु, केवलपुर, गोगनपानी र भुमेस्थान गाविस व्यवसायीक तरकारी पकेट क्षेत्र हुन ।

अर्ब नाफा कमाउने बैंक एक वर्षमै दोब्बर, कतिपय बैंक मर्जरपछि अर्ब नाफामा

काठमाडौं ३०, असोज । वार्षिक एक अर्ब नाफा कमाउने बैंकको संख्या एक वर्षमै दोब्बर भएको छ । आर्थिक वर्ष २०७१÷७२ मा नौ वटा बैंक अर्ब नाफा कमाउने सूचिमा परेकोमा गएको वर्ष यो संख्या बढेर दोब्बर भएको छ । नाफा गर्नेमा अधिकांश मर्जरपछि एक भएका बैंकले अर्ब भन्दा बढी नाफा कमाएका देखिएको छ । बैंकमा तरलता (लगानी योग्ग पूँजी) थुप्रियो लगानी हुन सकेन, लगानीका बाटो खुम्चिए भनेर बैंकले नै गुनासो गरिरहेको अवस्थामा अर्बभन्दा बढी नाफा कमाउने बैंक थपिदैँ गएका छन् । गएको वर्ष सरकारी स्वामित्वका तीन वटा र निजी क्षेत्रका दुई वटा बैंकले अर्बभन्दा बढी नाफा कामाएका थिए । अर्ब नाफा कमाउने बैंकको संख्या एक दर्जन पुगेको छ । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेड गएको वर्ष तीन अर्ब नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने बैंकको सूचीमा परेको छ । अर्बभन्दा बढी नाफा माउने बैंकमा राष्ट्रिय बाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, नेपाल एसबीआई, सिद्धार्थ, एनएमबी, प्राइम कमर्सियल, एनआइएसी एसिया, नबील, कृषि विकास, हिमालयन, ग्लोवल आइएमई, स्याण्डर्ड चार्टड, नेपाल बंगलादेश, प्रभु, सिटिजन्स र सानिमा बैंक रहेका छन् । समाचार स्रोतः अन्नपूर्ण पोष्टबाट ।

दसैंमा बाँडियो ५८ अर्बका नयाँ नोट, साना नोटमात्र ९ अर्ब नौ करोडका

काठमाडौं २९, असोज । दसैंको अवसरमा नेपाल राष्ट्र बैंकले ५८ अर्ब नौ करोडका नयाँ नोट बजारमा प्रवाह गरेको छ । राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरु र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट असोज महिनामा उक्त मूल्यका नयाँ नोट साटिएको हो । राष्ट्र बैंकका सह प्रवक्त राजेन्द्र पण्डितका अनुसार दसैंको लागि बजारमा गएका नयाँ नोटमध्ये ४९ अर्ब रुपैयाँ पाँच सयका र एक हजारका नोट छन भने बाँकी नौ अर्ब साना नोट हुन । बैंक तथा वित्तीय संस्थाले बजारमाा पठाएका यी नोट तिहारपछि बैंकमा नै फिर्ता आइसक्ने पनि राष्ट्र बैंकले जानकारी दिएको छ । नेपालको अर्थतन्त्रको आकार अनुसार हाल बजारमा प्रवाह भएका नोटको हिस्सा सानो भएकोले यसले मुल्यबृद्धि नगर्ने उल्लेख छ । हाल नेपालको अर्थन्त्रको आकार साढे २२ अर्बको रहेको छ ।