काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीका प्रवक्ता मनिष झाका अनुसार सोमबारको बैठकका लागि नौ वटा एजेन्डा तय गरिएको छ ।
बैठकमा पार्टीका हालसम्मका गतिविधिबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरिनेछ भने केन्द्रीय सदस्यहरूको रिपोर्टिङ पनि मुख्य कार्यसूचीमा राखिएको छ । रिपोर्टिङका लागि २० जना सदस्यलाई प्रति व्यक्ति दुई मिनेटका दरले समय निर्धारण गरिएको प्रवक्ता झाले जानकारी दिए ।
बैठकमा संगठनात्मक अवस्थाको समीक्षा, आन्तरिक समन्वय र आगामी रणनीतिबारे समेत छलफल हुने अपेक्षा गरिएको छ ।