सिजि नेक्स्ट जेनको नयाँ सोरुम अब ललितपुरको पुल्चोकमा

काठमाडौं, १ असार । सिजि नेक्स्ट जेनले नेपाली अटो बजारमा नयाँ आयाम सुरु गरेको छ । सिजि नेक्स्ट जेन सुजुकी व्राण्ड सेन्टर ललितपुरको पुल्चोकमा सञ्चालनमा आएको छ । सिजि नेक्स्ट जेनका प्रमुख प्रबन्ध निर्देशक अरुण कुमार चौधरी र मारुती सुजुकी ईन्डियाका कार्यकारी निर्देशक शसांक श्रीवास्तवद्वारा समुदघाटन गरिएको हो । नेपालको लागी अधिकारिक बिक्रेता सिजी मोटोकर्पले नेपाली अटो बजारमा सबै भन्दा ठूलो बजार हिस्सा ओगट्न सफल भएको छ । ग्राहकले गाडी किन्दा धेरै गर्व महशुस गर्नका साथ उच्च सेवाको आकांक्षा राखेको हुन्छ । गा्रहकको यो मनसायलाई ध्यानमा राखी सीजी मोटो कर्पले सिजि नेक्स्ट जेन सुरु गरेको छ । सिजि नेक्स्ट जेन सोरुममा नेपालको कुशल सेल्स प्रतिनिधीले ग्राहकलाई विश्व स्तरीय सेल्स अनुभव प्रदान गर्नेछन् । कम्पनीका अनुसार सिजि नेक्स्ट जेन मार्फत ग्राहक वर्गले प्रिमियम माहोल साथ उच्च स्तरीय सेवा प्राप्त गर्नेछन् । सिजि नेक्स्ट जेनको कार्यकारी निर्देशक करण चौधरीका अनुसार गा्रहकलाई उच्च अनुभव र विश्व स्तरीय सेवा प्रदान गर्न कम्पनीले उच्च प्राथमिकता राखेको हुनाले सिजि नेक्स्ट जेन अरु कम्पनीको सोरुम भन्दा फरक हुने विश्वास राखेको छ । कम्पनीले आगामी दुई बर्षभित्रमा मुलुकका प्रमूख शहरहरु खासगरी वुटवल, पोखरा, नारायणघाट र विराटनगर लगायतका स्थानमा सुजुकी नेक्स्ट जेनेरेसन व्राण्ड सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।

टाटा मोटर्सको नयाँ शोरुम अब दाङमा

काठमाडौं, १ असार । टाटा मोटर्स र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ग्राहकहरुको विशेष सेवाको लागि दाङमा आकर्षक शोरुमको उद्घाटन गरेका छन् । नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्स्ले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने शोरुममा टाटा मोटर्स्को पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएका छन् । ग्राहकहरुलाई विक्री पश्चात् पनि भरपर्दो सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यस्वरुप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन् । दाङ चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्टीजका अध्यक्ष, हेमबहादुर बन्जाडेले आफ्नो शहर दाङमा बि. एन. अटोमोबाइल्स् लाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको बताए । साथै उक्त डिलरले यहाँका ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गरि उच्चस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । साथै उक्त कार्यक्रममा बि.एन. अटोमोबाइल्सका म्यानेजिङ्ग डाइरेक्टर विष्णु मैनालीले सिप्रदी ट्रेडिङ्ग प्रा.लि. सँग सहकार्य गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको बताए । उनले अब आफ्नो नयाँ शोरुमबाट टाटाका अत्याधुनिक  विशेषताहरुसहित सुविधासम्पन्न जेस्ट, बोल्ट र स्ट्रोम लगायतका गाडीहरुको पँहुच ग्राहकहरुसम्म हुने कुरा समेत व्यक्त गरे । मैनालीले सिप्रदीसँगको यो सहकार्यले स्थानीय स्तरबाटै ग्राहकहरुलाई आकर्षक एवं भरपर्दो सुविधाहरु प्रदान गर्न सक्षम हुने कुराको जानकारी गराए । ग्राहकहरुको पूर्ण सेवा र सन्तुष्टिका लागि टाटा मोटर्स् उनीहरुको चाहना एवं माग अनुरुप कार्य गर्न सदा तत्पर रहेको कम्पनीले जनाएको छ । निकट भविष्यमा पनि विभिन्न ब्राण्डहरुसहित ग्राहकहरुलाई विशेष अनुभूति प्रदान गरि उच्चस्तरीय सेवाका लागि टाटा मोटर्स् सदा प्रतिबद्ध रहेको जनाएको छ ।

एक लाख भूकम्प पीडितसँग अनुदान सम्झौता, एक हप्ता भित्रै ५० हजार

काठमाडौं, १ असार । सरकारले एक लाख परिवार भूकम्प पीडितसँग अनुदान सम्झौता सम्पन्न गरेको छ । मंगलबारसम्ममा भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि १ लाख २ सय ७२ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको पुननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताएका हुन् । भूकम्म अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा सम्बन्धित घरधनी र गाउँ विकास समितिका सचीवबीच अनुदान सम्झौता भएको हो । संघीय मामिल तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार २०७३ साल जेठ ३२ गतेसम्म गोरखामा १७ हजार ६ सय ६८, धादिङमा ४ हजार ८ सय २४, नुवाकोटमा १५ सय ८८, रसुवामा ११ सय र सिन्धुपाल्चोक ६६ सय ६० घरधनीसँग अनुदान सम्झौता भएको छ । यस्तै काभ्रेमा १४ सय ७५, दोलखामा १६ हजार २ सय, रामेछापमा ३५ हजार ३ सय ८० घरधनीसँग अनुदान सम्झौता भएको छ । ओखलढुङ्गामा १४ हजार २ सय २, सिन्धुलीमा ११ सय र मकावनपुर जिल्लामा ७५ घरधनीसँग अनुदान सम्झौता भएको छ । यसरी अनुदान सम्झौता सम्पन्न भएको एक हप्ता भित्रै लाभग्राहीको बैंक खातामा घर निर्माणका लागि सरकारले दिने २ लाख नगद अनुदानको पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ उपलब्ध गराउने व्यवस्था रहेको छ । सरकारले निजी घर निर्माणका लागि तीन किस्तामा दुई लाख अनुदान उपलब्ध गराउने कार्यबिधी तयार पारेको छ । त्यसमा पहिलो किस्तामा ५० हजार, दोश्रोमा ८० हजार र तेश्रो तथा अन्तिम किस्ताका रुपमा ७० हजार रुपैंयाँ उपलब्ध गराइनेछ ।