आयाेडिन नुनकाे महत्व बुझाउन १ महिने कार्यक्रम चलाइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०२१ फेबुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा मनाउने भएको छ । आयोडिनयूक्त नून सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यलेआयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्यले मन्त्रालयले एक महिनाभर साल्ट ट्रेडिङ्ग कर्पोरेशनसँगकाे सहकार्यमा आयोडिन महिना मनाउन लागेको हो । यूनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको भएको कारण नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थ घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि संचालन गरिदै आएको छ । आयोडिन मािनसलाई शारिरिक प्रक्रियाहरु संचालन गर्न तथा विकास गर्नको लागि आवश्यक पर्ने एउटा खनिज तत्व हाे । याे मानिसलाई दैनिक रुपमा थाेरै मात्रामा चाहिने तर नभइ नहुने पाेषक तत्व हाे । यसकाे कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये भिजिबल गोइटर सन १९८५/८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको छैन । सरकारले २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको एनएनएमएस सर्वे अनुसार ९१.० प्रतिशत घर परिवारले उपयूक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ भने सन २०१६ मा नेपाल सरकारले गरेको एनडिएचएस सर्वे अनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका वालवालिकाले उपयूक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ ।अतः यस उपलब्धीलाई जोगाई राख्न सम्वन्धित सवै निकायहरुको ध्यान दिनु जरुरी देखिएको छ । यस वर्ष कोभिड १९ का कारण नेपाल कोरोनाको संक्रमणबाट अझै पनि जोखिमपूर्ण रहेकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्दिष्ट गरिएको नियम पालना गर्दै १ महिनासम्म आयोजना गरिने कार्यक्रमहरुमा कर्पोरेशनले नेपाल सरकारको जनस्वास्थ्यसँग सम्बन्धित निकायहरुका साथै विद्यालय, समुदाय एवं गैर सरकारी संघसंस्था,स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्थासँग समन्वय गरी भौतिक दुरी कायम गरी कार्यक्रम संचालन गर्ने जनाएकाे छ । आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतना मूलक सामग्री बितरण, प्रर्दशनी कक्ष(स्टल) राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्गले जनाएको छ । सरकारले विगत ५७ वर्ष देखी साल्ट ट्रेडिङ्गलाई देशभर आयोडिनयूक्त नूनको आपूर्तिकोे जिम्मेवारी दिएको छ । साल्ट ट्रेडिङ्गले ग्रामीणस्तर सम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यमा बिक्री बितरण तथा जनचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
बर्डफ्लु नियन्त्रणका लागि ¥यापिड रेस्पोन्स टिम तयार
काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ । मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि ‘¥यापिड रेस्पोन्स टिम’ तयार गरेर सतर्क रुपमा बसेको मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले बताएका हुन् । सहसचिव निर्मलले काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्खोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमुना संकलन गरी परीक्षणको दायरा बढाएको बताए । कुनैपनि फार्ममा बर्डफ्लु पुष्टि भएमा तत्काल ¥यापिड रेस्पोन्स टीमले कुखुरा नष्ट गर्ने काम गर्ने पनि उनले जानकारी दिए । नेपालमा खासगरी टर्की, हाँस र लोकल कुखुरामा बर्डफ्लु देखिएको छ । यस्तै अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको पनि उनले बताए । अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट रहेको र पहिलाकाे एच फाइभ एन वान भन्दा याे कम खतरा रहेको डा. निर्मलको भनाई छ । तर एच फाइभ एन एटमा एच फाइभ एन वान मिसिन सक्ने भएकाले जोखिम उत्तिकै रहेको मानेर त्यसको नियन्त्रणका लागि सरकारी निकायहरुबीच छलफल भइराखेको पनि उनी बताउँछन् । मन्त्रालयले विभिन्न प्रयोगशाला, ८ वटा क्वारेन्टाइन कार्यालय, २४ वटा चेकपोष्टहरुलाई सतर्क रुपमा राखेको उनले जानकारी दिए। सहसचिव डा. निर्मलले कुखुरा फार्म तथा मासु पसलमा काम गर्दा मास्क लगाउने, केस छोप्ने, बुट लगाउने, एप्रोन लगाउने, फार्मलाई डिसइन्फेक्ट गर्ने, बाहिरी मान्छे र अन्य चराचुरुङ्गी तथा जनावरलाई जान नदिने किसिमको सतर्कता अपनाउन आग्रह गरेका छन् । यस्तै उनले उपभोक्ताले पनि न्यूनतम ७० डिग्री तापक्रममा मासु पकाएर खानुपर्ने र कसैले मरेका कुखुरालाई काटेर विक्री वितरण गरेको पाइए कारवाही गर्ने बताए ।
स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध
काठमाडाैं । बहराइनका लागि नेपाली राजदूतावासले कोरोना भाइरसबाट बच्नका लागि माक्स प्रयोग गर्न, सामाजिक दूरी कायम गर्नलगायत स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्न अनुरोध गरेको छ । मनामास्थित राजदूतावासले आइतबार विज्ञप्ति जारी गरी बहराइन अधिराज्य सरकारले बहराइनी नागरिकसरह त्यहाँ कार्यरत नेपालीलगायत सबैको हितका लागि कोरोना भाइरसको खोप निःशुल्क उपलब्ध गराएकोमा धन्यवादसमेत व्यक्त गरेको छ । “बहराइन सरकारले खोप कार्यक्रममा सहभागी भइनसकेकालाई नाम दर्ता गराउन बारम्बार आग्रह गरेकातर्फ राजदूतावास यहाँ रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले खोपको दुवै मात्रा लिइसक्नुभएको र उहाँमा स्वास्थ्यसम्बन्धी कुनै जटिलता महसुस नभएकोसमेत दूतावासले जनाएको छ ।