नयाँ नोट पाउनै सास्ती, सर्वधारणले विहानैदेखि लाइनमा

काठमाडौं १८, असोज । नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुको नयाँ नोट सहटीका लागि सहज व्यवस्था नगर्दा सर्वसाधारणले ठूलै सास्ती बोहोर्नुपरेको छ । घण्टौसम्म लाइनमा बस्दा पनि नयाँ नोट साट्न मुस्किल भएको छ । सर्वसाधारण नयाँ नोट साट्नकै लागि विहान पाँचै बजेबाट लाइनमा बस्न थालेका छन् । अन्य वैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट नपाएपछि राष्ट्र बैंकमा भिड बढ्न थालेको छ । राष्ट्र बैंकले आइतबार र सोमबार मात्रै करिब ७० अर्ब रुपैयाँ नयाा नोट साटेको छ । मंगलबार पनि विहानैदेखि सर्वसाधारणको लाइन लागेको छ ।

बैंकले नोट नसाटेपछि राष्ट्र बैंकमा तनाब, अनुमगमनमै जान सकेनन गभर्नर

काठमाडौं १८, असोज । आइतबार साँझसम्म राष्ट्र बैंकमा सर्वसाधारणको निकै लामो लाइन थियो । नयाँ नोट साट्न विहानैदेखि लाइनमा उभिएका झण्डै चार सय जनाले राष्ट्र बैंकको काउन्टरमा प्रवेश पाएका थिएनन् । एकाएक त्यहाँको सुरक्षामा खटिएका नेपाली सेनाका क्याप्टेनले लाइनमा अगाडि बढ्न रोकिदिए । दिनभर लाइनमा उभिएर बस्दा थाकेकी एक महिलालो ती सैनिकको कठालो समाइन र भनिन् । ‘म बिहानैदेखि लाइनमा बसेको छु, दिनभर लाइनमा बसेको मलाई रोक्न खोज्ने त को हो ?’ उनको यो हर्कतलाई राष्ट्रबैंकका सुरक्षा गार्डले नरोकेका भएन तत्कालै हवाई फायर गर्ने अवस्थामा ति सैनिक पुगेको समाचार मंगलबारको नयाँ पत्रिकाले छापेको छ । मंगलबार नै विदेश उड्न लागेको गर्भनर चिरन्जिवी नेपाल सोमबार थापाथलि मुद्रा व्यवस्थापन विभागको अनुमगमना जाने कार्यक्रम थियो । यो तनावले गर्भनर पूर्व निर्धारित समय अनुसार अनुमगनमा जान सकेनन् । गर्भनरले आफू जान नसक्ने भएपनि डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीलाइ पठाए । दसैको अवसरमा आम सर्वसाधारणले पैसा साटन् नपाएपछि सर्वसाधारण आक्रोशित हुन थालेको राष्ट्र बैंकको भनाइ छ ।

सिभिल र आइएलएफसीको एकिकृत कारोवार १ कात्तिकमा

काठमाडौं, १६ असोज । सिभिल बैंक र इन्टरनेसनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी (आइएलएफसी) को मर्जर सम्पन्न भएको छ । मर्जर सम्पन्न भएको कारण दुबै संस्थाले सिभिल बैंकको नामवाट आगामी १ कात्तिकदेखि एकिकृत कारोवार संचालन गर्ने भएका छन् । दुबै संस्थाले आइतवार सार्वजनिक सुचना प्रकाशित गरी यस्तो जानकारी दिएका हुन् । १ कात्तिकदेखि एकिकृत कारोवार गर्ने हुनाले डाटा माइग्रेसनको लागि दुबै संस्थाको बैंकिङ कारोवार बन्द गरिने भएको छ । मर्जर पछि बैंकको नाम सिभिल बैंक नै रहने भएकोले आइएलएफसीको चेक लिएका ग्राहकले एकिकृत कारोवारपछि सो चेक फिर्ता गरेर सिभिल बैंकको चेक लिनुपर्ने भएको छ । तर चेक पूर्ण रुपमा प्रतिस्थापन भइनसकेको अवस्थासम्ममा दुबै संस्थाले जारी गरेका चेकबाट कारोवार गर्न सकिने अल्पकालिन ब्यवस्था मिलाइएको छ । १ कात्तिकदेखि आइएलएफसीको एटिएम तथा डेविट कार्ड भने प्रयोग गर्न नमिल्ने भएको छ । १ कात्तिकदेखि आइएलएफसीको डेविट कार्ड र एटिएम कार्डवाट रकम झिक्न नमिल्ने भएकोले सो दिनदेखि सिभिल बैंकको नजिकको शाखामा गएर सिभिल बैंकको मास्टर कार्ड लिनुपर्ने भएको छ ।