‘आइएमई पे’ले ल्यायाे विभिन्न चार सुविधासहितकाे नयाँ योजना, के के छन् ?

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्रधित ‘आइएमई पे’ ले मोबाइल वालेट एप- ‘आइएमई पे’ मार्फत् ‘चार गुण सशक्त ’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ । कम्पनीले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि उक्त योजना प्रस्तुत गरेको हो । हालका लागि ‘आइएमई पे’ मोबाइल वालेट खातामा निम्न सुविधाहरू हाल प्रस्तुत गरिएको छः– वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा: आइएमई पे सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरुले यो योजनाअनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा भुक्तानी हुने गरि ४ प्रतिशत ब्याज पाउनेछन् । यसका लागि सेवाग्राहीहरुले वालेटमा रु. १००० को न्यूनतम ब्यालेन्स राख्नु पर्नेछ । अब सेवाग्राहीहरुले विदेशबाट पठाएको रकम आइएमई पे एपभित्र रहेको रेमिटान्स थिची सजिलै मोबाइलमा प्राप्त गर्न सक्नुहुनेछ । साथै देशभरिका २५ हजारभन्दा बढी आइएमईका एजेन्टहरुबाट पनि वालेटमा रकम राख्न सकिन्छ । यसका अतिरिक्त ग्लोबल आइएमई बैक लगायत अन्य विभिन्न बैंकहरुबाट पनि वालेटमा सिधै रकम राख्न सकिन्छ । बैंक बाट वा बैंकमा रकम ट्रान्सफर गर्दा हाल कुनै शुल्क लाग्दैन । आइएमई पे वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरुले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्ने छन् । टप-अप अर्थात् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्या सब्याकको सुविधा: यो योजना अनुसार, आइएमई पे वालेट प्रयोग गरि सेवाग्राहीहरूले नेपाल टेलिकम, एनसेल वा स्मार्ट सेलको टप–अप अर्थात् रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त आइएमई पेले थप ५ प्रतिशत क्यसब्यक प्रदान गर्ने छ्र हाल नेपाल टेलिकमले १०० प्रतिशत टक–टाइम बोनस र एनसेलले ५० प्रतिशत टक–टाइम बोनस प्रदान गरिरहेका छन् । ५०० रिवार्ड पोइन्टस्को सुविधा: यो योजना अनुसार कुनैपनि आइएमई पे वालेट प्रयोगकर्ताले अरु कसैलाई आइएमई पे वालेट डाउनलोड़ गर्न आमन्त्रण गर्दा ५०० रिवार्ड पोइन्ट दुवै जनाले पाउने छन् । रिवार्ड पोइन्टलाई वालेटको ब्यालेन्समा पनि परिणत गर्न सकिन्छ । सजिलो, भरपर्दो र छरितो क्यास आउटको सुविधा: हाल विश्वव्यापी महामारी फैलिएको अवस्थामा आइएमई पे सबैलाई डिजिटल भुक्तानी र मनी ट्रान्सफर गरी आफ्नो अत्यावश्यक वित्तीय आवश्यकता पुरा गर्न अनुरोध गर्न चाहन्छ । सेवाग्रहिहरुको आवश्यकतालाई ध्यानमा राखी आइएमई पे एप मार्फत नै भुक्तानी तथा मनि ट्रान्सफर गरि सजिलो, भरपर्दो र छरितो सेवा लिन सक्ने सुबिधा ल्याएको छ । देशको स्थिति सामान्य हुदै गएपछि नगदको आवश्यकता परेमा देसभारिका कुनै पनि नजिकको एजेन्टबाट वालेटको रकम निशुल्क निकाल्न पनि सकिन्छ । यो सुविधाले बाहिर नगई घरैबाट सेवाग्राहीहरुको आवश्यकता पुरा गर्न सहयोग पग्ने विश्वास छ ।

प्राइम लाईफमा ५ लाखसम्मको बीमा पोलिसी घरबाटै खरिद गर्न सकिने

काठमाडौं । प्राइम लाईफले लक डाउन सुविधा स्वरुप घरबाट नै ५ लाखसम्मको बीमा पोलिसी खरिद गर्न मिल्ने व्यवस्था ल्याएको छ । विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे कारण सरकारले लक डाउन गरिरहेकाे बेला कम्पनीले साे व्यवस्था ल्याएकाे हाे । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै बिमितले नियमित नविकरण बीमाशुल्क तिर्नुपर्ने मितिमा बीमाशुल्क घरबाटै तिर्न सक्ने पनि जनाएको छ । कम्पनीले  खल्ती, डिजीटल वालेट, पेमेण्ट गेट वेमार्फत बीमाशुल्क भुक्तान गर्न सक्ने जानकारी दिएको हाे । यस्तै, बीमितले भुक्तान गर्न बाँकी रहेको किस्ताको हकमा सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिन भित्र बुझाउँदा किस्तामा लाग्ने व्याज तिर्नु नपर्ने जनाएको छ । 

अब नेपाल इन्स्योरेन्स कम्पनीकाे काम विद्युतिय माध्यमबाट हुने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लक डाउनको समयमा समेत बीमितलाई बीमा सेवा दिने भएको छ । कम्पनीले विद्युतिय माध्यमबाट प्राप्त लिखित अनुरोधको आधारमा बीमालेख नविकरण हुने व्यवस्था गरेको बताएको हो । शुक्ररबार एक सूचना जारी गर्द ैकम्पनीले लक डाउन अविधिभर विद्युतिय माध्यमकाे कामबाट सेवा दिने जनाएकाे हाे । लक डाउन अवधिभर बीमालेख समाप्त हुनु अगावै इन्स्योरेन्स कम्पनीको शाखाको इमेल ठेगानामा बीमितले ईमेल गर्न सक्ने सूचनामा उल्लेख गरिएकाे छ । साथै, कम्पनीले कोरोना भाइरसको नियन्त्रणका लागि सजग रही जिम्मेवार भूमिका निवार्ह गर्न अनुराेध गरेकाे छ ।