शनिबारको विदेशी विनिमयदर : कुन मुद्रा बढ्यो, कुन घट्यो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०९ रुपैयाँ २५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा कायम भएको छ । केन्द्रीय बैंकअनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७१ पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०३ पैसा र बिक्रीदर २२ रुपैयाँ १२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
गार्डियन माइक्रो लाइफको नाफा ३३.६६ प्रतिशतले बढ्यो
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले पहिलाो त्रैमासमा कम्पनीले ७० लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको अघिल्लो आवको तुलनामा नाफा ३३.६६ प्रतिशतले बढेको छ । तीन महिनाको अवधिमा कम्पनीको महाविपत्ति कोषमा ६३२ लाख ११ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिका कम्पनीको महाविपत्ति कोषमा २५ लाख ८५ हजार रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङमा २ करोड २१ लख ९१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा १ करोड ५८ लाख ८६ हजार रुपैयाँ थियो । त्यस्तै अन्य इक्युटीमा २ करोड १ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीले १३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क १४१.९६ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनीले ११ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क ११९.४५ प्रतिशतले बढी हो । ७५ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको जीवन बीमा कोषमा ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीको अर्निङ पर शेयर ३.७८ रुपैयाँ, नेटवर्थ पर शेयर १०३.४१ रुपैयाँ र पिई रेसियो ५११.९३ गुणा रहेको छ ।
नेशनल लाइफको महाविपत्ति कोषमा ६८ करोड १३ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले पहिलो त्रैमासमा १४ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको यही अवधिमा १३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १.८१ प्रतिशतले बढेको छ । पहिलो तीन महिनामा कम्पनीको महाविपत्ति कोषमा ६८ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ६६ करोड ७२ लाख रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङमा ६३ करोड ८० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ५१ करोड १ लाख रुपैयाँ थियो । क्रम्पनीको अन्य इक्विटीमा ३७ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा ४२ करोड १४ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ७५ अर्ब ७ करोड ४१ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २४.७२ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनीले ५ अर्ब ७२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १६.३९ प्रतिशतले बढेको छ । त्यस्तै असोज मसान्तसम्ममा कम्पनीले ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क १३.९८ प्रतिशतले बढेको छ । कम्पनीको शेयर पुँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी १०.३० रुपैयाँ, पीई रेसियो ५६.११ गुणा र प्रतिशेयर नेटवर्थ १३१.५४ रुपैयाँ रहेको छ ।