प्रभु इन्स्योरेन्सको अध्यक्षमा कुसुम लामा नियुक्त, इन्स्योरेन्स कम्पनीको अध्यक्षमा पहिलो महिला

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा कुसुम लामा नियुक्त भएकी छिन् । इन्स्योरेन्स कम्पनीमा अध्यक्ष हुने सम्भवत उनी पहिलो महिला हुन् । अर्थशास्त्र विषयमा स्नातकोत्तर लामा सोही कम्पनीको विगत चार वर्षदेखि सञ्चालक थिइन् । प्रभु बैंकमा करिब चार वर्ष सञ्चालक भएर काम गरेको उनको अनुभव छ । बैशाख २० गते बसेको संचालक समितिको बैठकले लामालाई  कम्पनीको संचालक समितिको अध्यक्ष चयन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले जानकारी दिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागू भएपछि कम्पनीको अध्यक्ष देविप्रकाश भट्टचनले पदबाट राजीनामा गरेको थिए । नयाँ ऐनमा एउटै व्यक्ति बैंक र बीमा दुबै कम्पनीको सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था गरेको छ । भट्टचन प्रभु बैंकमा अध्यक्ष छन् ।

सुर्या लाइफको अध्यक्षमा भट्टराई

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा केशब प्रसाद भट्टराई नियुक्त भएका छन् । कम्पनीको बैशाख १९ गते बसेको सञ्चालक समिति बैठकले भट्टराईलाई अध्यक्ष नियुक्त गरेको हो । सोही बैठकले कम्पनीका सञ्चालक बिनोद कुमार प्याकुरेलको राजीनामा समेत स्विकृत गरेको छ ।

प्रभु इन्स्योरेन्समा भट्टचन र पौडेलकाे राजीनामा

देविप्रकाश भट्टचन दक्ष पौडेल काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष देविप्रकाश भट्टचन र सञ्चालक दक्ष पौडेलले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष भट्टचनले सञ्चालक पदमा समेत नरहने गरी राजीनामा दिएका छन् । कम्पनी स्रोतका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ (वाफिया) मा एउटै व्यक्ति बैंक र इन्स्यारेन्स दुबैमा सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था भएकोले दुबै जनाले राजीनामा दिएका हुन् । भट्टचन प्रभु बैंकमा अध्यक्ष छन् भने पौडेल प्रभु बैंकमा सञ्चालक छन् । केही दिनअघि प्रभु इन्स्योरेन्सका सञ्चालक कुशुम लामाले प्रभु बैंकको सञ्चालक पदबाट राजीनामा दिएका थिए । बैशाख २० गते तय भएको प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले दुई जना सञ्चालक नियुक्त गर्नुको साथै अध्यक्ष पनि चयन गर्ने योजना रहेको स्रोतले बतायो ।