जीबन बीमा ब्यवसायको बृद्धि २८ प्रतिशत, कुन कम्पनीको बृद्धिदर कति ?

काठमाडौं, ४ साउन । गत आर्थिक बर्षमा जीबन बीमा ब्यवसायको बृद्धिदर झण्डै २८ प्रतिशत पुगको छ । संचालनमा रहेका जीबन बीमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्कको आधारमा बृद्धि दर यस्तो देखिएको हो । यो बृद्धिदर अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्कका आधारमा देखिएको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दिएको जानकारी अनुसार जीबन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जनको बृद्धिदर २७ दशमलब ५९ प्रतिशत पुगेको छ । कम्पनीहरुले गत आर्थिक बर्षमा ९ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ प्रथम बीमा शुल्क, २० अर्ब ६५ करोड ६५ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र १ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी कुल बीमा शुल्क ३१ अर्ब ८६ करोड २५ लाख रुपैयाँ आर्जन गरेका छन् । अघिल्लो आर्थिक बर्षमा कम्पनीहरुले ७ अर्ब ७२ करोड ४५ लाख रुपैयाँ प्रथम बीमा शुल्क, १५ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र १ अर्ब ७२ करोड १३ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी कुल बीमा शुल्क २४ अर्ब ९७ करोड ३२ लाख रुपैयाँ आर्जन गरेका छन् । राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क आर्जनको बृद्धिदर ११ दशमलब ११ प्रतिशत पुगेको छ । संस्थानले गत आर्थिक बर्षमा ३० करोड ३० लाख रुपैयाँ प्रथम बीमा शुल्क, २ अर्ब १७ करोड ४८ लाख रुपैयाँ नविकरणीय गरी २ अर्ब ४७ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर २७ दशमलब १६ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा १ अर्ब २ करोड ९७ लाख रुपैयाँ प्रथम बीमा शुल्क, २ अर्ब २८ करोड ५० लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र ४२ करोड ९ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी ३ अर्ब ७३ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर ११ दशमलब ११ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा ३ अर्ब २८ करोड रुपैयाँ प्रथम बीमा शुल्क, ६ अर्ब ४२ करोड रुपैयाँ नविकरणीय बीमा शुल्क र ५३ करोड रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी १० अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर ३४ दशमलब ०२ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा २ अर्ब १५ करोड ९३ लाख रुपैयाँ प्रथम बीमा शुल्क, ४ अर्ब ७९ करोड ६० लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र १८ करोड ७५ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी ७ अर्ब १४ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर १७ दशमलब २५ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा ६० करोड १९ लाख रुपैयाँ प्रथम बीमा शुल्क र १ अर्ब ४० करोड २ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क गरी २ अर्ब २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर ४५ दशमलब ४४ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा ४० करोड ९१ लाख रुपैयाँ प्रथम बीमा शुल्क, ४० करोड ९४ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र २३ करोड ६७ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी १ अर्ब ५ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर ३९ दशमलब ९४ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा ३६ करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्क, ५५ करोड १ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र ४ करोड ८६ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी ९६ करोड ३७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर २८ दशमलब २४ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा ५१ करोड ६० लाख रुपैयाँ प्रथम बीमा शुल्क, ८० करोड ७५ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र ४० करोड ३३ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी १ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । शाखाको रुपमा नेपालमा कार्यरत मेटलाइफ एलिकोको कम्पनीको बीमा शुल्क आर्जन बृद्धिदर २६ दशमलब ६ प्रतिशत छ । गत आर्थिक बर्षमा कम्पनीले ७१ करोड ४६ लाख र १ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क गरी २ अर्ब ५२ करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले दियो सुरक्षा बचत खाता बीमाको एक लाख रुपैयाँ

काठमाडौं, ३ साउन । नेपाल इन्भेष्टमेण्ट बैंकले बचत खाता धनी स्वर्गीय जसोदा देवी कानु वानीयाको जीवन बीमा बापतको एक लाख रुपैयाँ इन्स्योरेन्स उपलब्ध गराएको छ । बैंकले बैंकमा खाता खोल्ने ग्राहकहरुका लागि १ लाख रुपैयाँको निशुल्क जीवन बीमा वा २ लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा गराउदै आएको छ । सोही व्यवस्था अनुरुप बचत खाता धनी जसोदा देवी कानु वानियाको कानूनी वारिस, इन्स्योरेन्स गर्ने व्यवस्था अनुसार गणेश कानु बानीयालाई एक लाख रुपैयाँ दिएको छ । बैंकले नेपाल लाईफ इन्स्योरेन्ससँग मिलेर “सुरक्षा बचत खाता” धनीहरुका लागि निशुल्क जीवन बीमा वा दुर्घटना मृत्यु बीमाको सुविधा उपलब्ध गराई आई रहेको छ । यो सुबिधा हाललाई १८ देखि ६० बर्षका सम्पूर्ण नेपाली नागरिकहरुका लागी उपलब्ध रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बीमा कम्पनीहरुले पुस मसान्तभित्र वार्षिक साधारणसभा गर्नै पर्ने, समय तालिकासहित बीमा समितिको निर्देशन

काठमाडौं, ३ साउन । बीमा कम्पनीहरुको बार्षिक साधारणसभा समयमै गर्न बीमा समितिले बाध्यकारी ब्यवस्था गरेको छ । पुस मसान्तभित्रमा साधारणसभा सम्पन्न गरिसक्न समितिले जीबन र निर्जिबन दुबै प्रकारका कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले गत १३ असारमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । निर्जीबन बीमा कम्पनीहरुलाई पुस मसान्तभित्रमा साधारणसभा सम्पन्न गर्ने गरी काम गर्न कडा निर्देशन दिएको समितिले जानकारी दिएको छ । ‘कम्पनीको वित्तीय विवरणको समयमा जानकारी पाउनु बिमित र लगानीकर्ता दुबैको हक हो, त्यसैले पुस मसान्तभित्रमा साधारणसभा गरिसक्ने ब्यवस्था मिलाउनु हुन जानकारी गराइन्छ,’ समितिले निर्जीबन बीमा कम्पनीहरुलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । समितिको सो निर्देशन पालना नगरे कारवाही गर्ने चेतावनी समितिले दिएको छ । जीबन बीमा कम्पनीहरुलाई काम गर्नको लागि समितिले समयसीमा दिएको छ । जसअनुसार जीबन बीमा कम्पनीहरुले लेखापरीक्षण गराउने सैद्धान्तिक स्वीकृति आर्थिक बर्ष सकिएको २ महिना भित्रमा लिइसक्नुपर्ने छ । यस्तो सैद्धान्तिक सहमति बीमा समितिले दिन्छ । जीबन बीमा कम्पनीहरुले लेखा परीक्षण सहितको वित्तीय विवरण आर्थिक बर्ष सकिएको ४ महिनाभित्रमा स्वीकृति गराइ सक्नुपर्ने नयाँ ब्यवस्था गरिएको छ । आर्थिक बर्ष सकिएको ६ महिना भित्रमा बार्षिक साधारणभा पनि गरिसक्न समितिले निर्देशन दिएको छ । यसअघि अधिकांश बीमा कम्पनीहरुले पुस मसान्तभित्र साधारणसभा गर्ने गरेको थिएनन् । कम्पनी ऐन अनुसार पुस मसान्तसम्म भित्र साधारणसभा गरिसक्नु पर्नेछ । तर बीमा कम्पनीहरुले बीमा व्यवसायको प्रकृति फरक भएको, वित्तीय विवरण तयार गर्न बढी समय लाग्ने, बीमांकीय मूल्यांकन गर्नु पर्ने लगायतका कारण देखाउँदा साधारणसभा गर्न ढिलाई गर्दै आएका थिए ।