लाइफ इन्स्योरेन्सले कमायो ११ करोड ६७ लाख

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले गत वर्ष ११ करोड ६७ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष ३२ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । यो बीमा कम्पनीले कुल बीमाशुल्कमार्फत ८ अर्ब ७० करोड रुपैयाँ संकलन गरेको छ । यसको विमालेख संख्या ६ लाख ६८ हजार १३८ वटा रहेको छ । यसको घोषित मुनाफा दर (बोनस) ६१ देखि ७५ रुपैयाँसम्म छ । यसको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ । यसले जीवन बीमा कोषमा ३३ अर्ब ८९ करोड रुपैयाँ राखेको छ भने जगेडा कोषमा २ अर्ब ६० करोड रुपैयाँ राखेको छ । यो बीमा कम्पनीको प्रति सेयर आम्दानी ८ रुपैयाँ ७५ पैसा छ । प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ५ पैसा रहेको पनि उल्लेख छ ।

मेटा लाईफको नाफा ५२ प्रतिशतले घट्यो, २२ करोड नाफा

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स मेटा लाइफको नाफा ५२ दशमलव ४३ प्रतिशतले घटेको छ । यो जीवन बीमा कम्पनीको नाफा गत आवमा २२ करोड २४ लाख रुपैयाँ मात्रै छ । यसको नाफा अघिल्लो वर्ष ३३ करोड ९० लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा यो बीमा कम्पनीको नाफा ११ करोड ६६ लाख रुपैयाँले घटेको हो । यसको जीवन बीमा कोषमा १३ अर्ब २२ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ छ । यो बीमा कम्पनीले कुल बीमा शुल्क आम्दानी ३ अर्ब ८ करोड रहेको छ । यसले ७ लाख ६७ हजार विमालेख जारी गरेको छ । यो बीमा कम्पनीले अन्तिम लेखा परीक्षण नभएको र सो पनि नाफा परिवर्तन हुन सक्ने बताएको छ ।

एनबी इन्सुरेन्सकाे नाफा १० करोड, ५ करोड ७३ लाखले रूपैयाँले बढायाे

काठमाडौ। निर्जीवन बीमा कम्पनी एन.बी इन्सुरेन्सले गत आवमा १० करोड रुपैयाँ नाफा कमाएको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष जम्मा ४ करोड नाफा गरेको थियो । यसले गरको नाफा अघिल्लो वर्षको तुलनामा १३१ प्रतिशतले बढी हो । गत वर्ष यो बीमा कम्पनले ५ करोड ७३ लाखले नाफा बढाउन सफल भएको छ । अघिल्लो वर्ष गरेको नाफा भन्दा पनि बढी नाफा यसले एकै वर्षमा बढाएको छ । यो बीमा कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ९ करोड ३५ लाख रुपैयाँ छ । यसले बीमा कोषमा १० करोड २३ लाख रुपैयाँ रहेको छ । यसले गत वर्ष बीमा शुल्कबाट मात्रै ३० करोड रुपैयाँ संकलन गरेको थियो । पुनर्विमा कमिशनबाट ६ करोढ ७७ लाख रुपैयाँ कमाएको थियो । यसको अभिकर्ता कमिशनमा १ करोड १५ लाख खर्च भएको छ । गत वर्षसम्मको कुल विमाशुल्क आर्जन भने ६९ करोड रुपैयाँ रहेको छ । यसको बिमालेखको संख्या ५६ हजार ११९ मात्रै छ । यस मध्ये नबीकरण भएका विमालेखको संख्या भने १७ सय ६४ वटा मात्रै छ । यसको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३९ पैसा छ । यसको प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ ५१ पैसा रहेको छ ।