जनरल इन्स्योरेन्स कम्पनी र मुक्तिनाथ विकास बैंकबीच बैङ्कासुरेन्स सम्झौता

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जीआईसी नेपाल) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच इन्स्योरेन्स कम्पनी तथा विकास बैङ्कबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोट र बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसंगै बैङ्कका ग्राहकले जीआईसी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाएइको छ ।

एनएलजी इन्स्योरेन्सकाे प्रमुख कार्यकारी अधिकृतमा सुनिल वल्लभ पन्त नियुक्त

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृतमा सुनिल वल्लभ पन्त नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले पन्तलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न बीमा समितिमा सहमति मागेकोमा समितिले विहीबार सहमति दिएको छ । २९ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत पन्त सोही कम्पनीमा करिव डेढ वर्ष अघिदेखि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । कम्पनीले आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

प्रभु लाइफ इन्स्योरेन्सका पाँच नयाँ शाखाहरुको एकैसाथ शुभारम्भ

प्रभु लाइफ इन्स्योरेन्सले २०७५ असोज १८गते विहिवारदेखि आफ्ना नयाँ पाँच शाखा तथा उप–शाखाहरु महेन्द्रनगर शाखा कार्यालय, बेलौरी उप–शाखा कार्यालय, लम्की उप–शाखा कार्यालय, फिदिम उप–शाखा कार्यालय तथा ईलाम उप–शाखा कार्यालयहरुको एकैसाथ शुभारम्भ गरी कारोबार सुरु गरेको छ । प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक तथा मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमाबजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ। कंचनपुर जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले एक कार्यक्रमकाबीच महेन्द्रनगर शाखा कार्यालय, लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले लम्की उप–शाखाकार्यालय, ७ नं. प्रदेशका सभासद कुलवीर चौधरीले बेलौरी उप–शाखाकार्यालय,फिदिमजिल्ला समन्वय समितिका प्रमुख बिष्णु प्रसाद सापकोटाले फिदिम उप–शाखाकार्यालय तथा प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने तथा ईलामजिल्ला समन्वय समितिका संयोजक गणेश बरालले संयूक्त रुपमा ईलाम उप–शाखा कार्यालयको उद्घाटन, एकै दिन गरी सेवा शुभारम्भ गरेका छन्। दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन्। कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ।