एभरेष्ट इन्स्योरेन्सले १०५ प्रतिशत हकप्रद निष्कासन गर्दै, बुक क्लोज कहिले ?
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले १०५ प्रतिशत अर्थात १ः१.०५ को अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले संस्थापक समूहलाई सो मात्रा अर्थात १४ लाख ३ हजार ३२५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । सो प्रयोजनको लागि कम्पनीले आगामी कात्तिक २७ गते संस्थाको बुक क्लोज गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३६ लाख रुपैयाँ रहेको छ । १०५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी २७ करोड ३९ लाख रुपैयाँ नाघ्ने छ । कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाई गत वैशाख १ गते बसेको इन्स्योरेन्सको २३औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।
सानिमा लाईफले ल्यायो “शुभलक्ष्मी जीवन बीमा योजना”
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले “शुभलक्ष्मी(सावधिक) जीवन बीमा योजना” ल्याएको छ । यस योजनामा बीमा गर्दा कम्पनीको मुनाफामा भाग लिन पाइने र परिस्थिति अनुसार बीमा रकमको तीन गुणा सम्म बीमा सुविधा पाईने छ । यो योजना मध्यम तथा निम्न स्तरीय जन समुदायलाई लक्षित गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ । सरल बीमा शुल्कमा १० लाख रुपैयाँसम्मको बीमा गर्न पाईने आकर्षक बीमा सुबिधा भएको नविनतम बीमा योजना भएकोले जीवन बीमाको क्षेत्रमा उत्कृष्ट सावित हुने कम्पनीकाे विश्वास छ ।
अब सिभिल बैंकबाटै यूनियन लाईफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले यूनियन नेपाल लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र यूनियन नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । अब यूनियन नेपाल लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवा सिभिल बैंकका जुनसुकै शाखाबाट पाइने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।