सन नेपाल लाइफ इन्स्योरेन्सले अपाङ्ग उपाध्यायलाई दियाे ३ लाख बीमा भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लम्की कैलालीका बीमित डिल्लीराज उपाध्यायलाई ३ लाख रुपैयाँ बराबरको बीमा भुक्तानी गरेको छ । उक्त कम्पनीमा बीमा गरेका उपाध्याय बस दुर्घटनामा परि अपाङ्ग भएकाले कम्पनीले निजलाई अशक्तता लाभ बापतको चेक हस्तान्तरण गरेको हो । उपाध्यायले यस कम्पनीमा ३ लाख रुपैयाँ बीमाङ्ककाे बीमा गरेका थिए । कम्पनीले निजलाई मासिक सुविधा रकम १२० महिनासम्म प्रदान गर्नेछ । निजले वार्षिक रुपमा भुक्तानी गर्नुपर्ने बीमा शुल्क मिनाहा गरी १५ वर्षपछि बीमाङ्क वापतको तीन लाख रुपैयाँ र सोमा आर्जित बोनस रकम एकमुष्ठ भुक्तानी गर्नेछ । साथै, कम्पनीले सोही दिन लम्कीमा हजारौँ जनसमुदायको उपस्थिीतिमा बृहत बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको जनाएको छ । उक्त कार्यक्रममा कम्पनीका महाप्रवन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुमुस” र कुञ्जना घिमिरे “सुन्तली”लम्की चुहानगरपालिकाका मेयर महादेब बजगाईको उपस्थिती थियो ।
युनाइटेड फाइनान्सको सञ्चालक समिति सदस्यमा अधिकारी नियुक्त
काठमाडौँ । युनाइटेड फाइनान्स लिमिटेडको सञ्चालक समितिको सदस्यमा रोशन अधिकारी नियुक्त भएका छन् । पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले राहुल इन्फ्रास्ट्रक्चर(नेपाल) प्रालिको तर्फबाट अधिकारीलाई सञ्चालक समितिको सदस्य नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका सदस्य सञ्जु अधिकारीले दिएको राजीनामा बैठकले स्वीकृत गर्दै अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव शेषकुमार ढुंगानाले जनाएका छन् ।
ललितपुर र काठमाडौंमा सानिमा लाईफ इन्स्योरेन्सको ३ शाखा उद्घाटन
काठमाडौं । ललितपुर र काठमाडौंमा सानिमा लाईफ इन्स्योरेन्सको ३ शाखा कार्यालयकाे उद्घाटन भएकाे छ । सानिमा लाईफ इन्स्योरेन्सको शाखा ललितपुरको ग्वार्काेमा इन्स्योरेन्सका संचालक घनश्याम थापाले उद्घाटन गरेका छन् । काठमाडौं महानगरपालिका गोङ्गबु शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स संचालक भरतबहादुर थापाले गरेका हुन्र । त्यस्तै किर्तिपुर शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स अध्यक्ष गंगाराम महर्जन र संचालक घनश्याम थापाले संयुक्त रुपमा गरेका थिए । उक्त अवसरमा सद्भावना दुत कलाकार जीतु नेपाल, कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना, कम्पनीका नायव महा प्रबन्धक केशवराज केसी, मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा समेतको उपस्थिति रहेको थियो ।