प्रदेश नं ७मा सानिमा लाईफ इन्स्योरेन्सको शाखा विस्तार
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको शाखा प्रदेश नं ७मा विस्तार भएको छ । उक्त प्रदेशकाे अत्तरीया नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदबाट यस कम्पनीको अत्तरीयाशाखा कार्यालय रप्रदेश नं ७ लम्की नगरपालिका नगर प्रमुख महादेव बजगाईबाट यस कम्पनीको लम्कीशाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका थिए । त्यस्तै मा प्रदेश नं ७ दिपायल नगरपालिका नगर प्रमुख मन्जु मलाछीबाट दिपायल शाखा कार्यालयको उद्घाटन भएको हो । प्रदेश नं ७ बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीबाट यस कम्पनीको बेलौरी शाखा कार्यालयको रिवन काटी उद्घाटन गरेका थिए । उक्त अवसरमा कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना, मुख्य प्रबन्धक गणेश चौलागाई समेतको उपस्थिती रहेको थियो ।
बीमा समितिका अध्यक्ष भन्छन्ः बैंक र बीमा व्यवसायलाई छुट्याउनै मिल्दैन
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बैंक र बीमा व्यवसायलाई एक अर्कासँग छुट्याउनै नमिल्ने बताएका छन् । बुटवलमा आयोजीत बैंकिङ, बीमा र पुँजी बजार प्रदर्शनीमा बोल्दै समितिका अध्यक्ष चापागाईँले बैंक र बीमा क्षेत्र एकापसमा अभिन्न अंग भएको र यसको विकास पनि सँगसँगै अघि बढाउनुपर्ने स्पष्ट पारे । चिरञ्जीवि चापागाई, अध्यक्ष, बीमा समिति उनले मानव जीवन, सम्पत्ती, व्यवसाय, कृषि उत्पादन लगायत हरेक क्षेत्रमा हुने आर्थिक क्षती न्युनिकरण गर्न बीमाले सहयोग पु¥याउने पनि बताए । बैंकबाट कर्जा लिएर गरिने व्यवसायको जोखिम न्युनिकरण अनिवार्य रहेको उल्लेख गर्दै कृषि बीमामा सरकारले दिएको सुविधाको उपयोग गर्न आग्रह गरे । प्रदर्शनीमा बीमा समिति, नेपाल धितोपत्र बोर्ड, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, विभिन्न बाणिज्य बैंकहरु, विकास बैंक, बीमा कम्पनीहरु, वित्त कम्पनी, मर्चेन्ट बैंक, लघुवित्त कम्पनीहरु, स्टक ब्रोकर कम्पनीहरु लगायतको सहभागिता रहेको थियो ।
नेपाल एसबिआई बैंक नाफा बढाउन असफल, ९० करोडमै खुम्चियो
काठमाडौं । नेपाल एसिबआई बैंकको नाफा घटेको छ । २०७४ पुस मसान्तमा ९१ करोड नाफा कमाएको बैंकले २०७५ पुसमा ९० करोड मात्रै नाफा कमाउन सफल भएको हो । एसबिआईले असोज मसान्तदेखि पुस मसान्त अवधीमा निक्षेप भने ९४ अर्बबाट बढाएर ९७ अर्ब पुर्याएको छ । बैंकको कर्जा लगानी पनि असोज मसान्त ८४ अर्ब रहेकोमा पुसमा ९० अर्ब पुर्याएको छ । बैंकको सिडी रेसियो भने ७७.७७ प्रतिशत रहेको छ । बैंकले ५ अर्ब ३६ करोड ब्याज आम्दानी र ३ अर्ब १७ करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी २ अर्ब १९ करोड गर्न सफल भएको छ । बैंक आधार ब्याज दर ९.८२ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ५.९१ प्रतिशत रहेको छ । ०.१९ प्रतिशत खराब कर्जा रहेको बैंकको प्रति सेयर आम्दानी २४ रुपैंयाँ २१ पैसा रहेको छ ।