प्राइम लाइफ इन्स्योरेन्सको बीमा शुल्क ३१ प्रतिशतले बढ्याे
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले खुद बीमा शुल्क आर्जनमा ३०.९९ प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्ष(आव)को पुस मसान्तमा ९३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा एक अर्ब २२ करोड रुपैयाँ कमाएको हो । कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ३६ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत पुस मसान्तको तुलनामा ८ करोड २३ लाख रुपैयाँ बढी हो । त्यस्तै, बीमालेखको धितोमा कर्जाबाट ३ करोड १५ लाख, अन्य प्रत्यक्ष आय ९८ लाख १५ हजार कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा बढी हो । कम्पनीको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार इन्स्योरेन्सले हालसम्म पुनर्बीमा कमिशनबाट कत्तिपनि आम्दानी गरेको छैन । यस वर्षको शुरुको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था ७६ लाख ९३ हजार रहेको इन्स्योरेन्सले जनाएको छ ।इन्स्योरेन्सले २०७५ पुसमा ९ करोड रुपैयाँ मात्रै नाफा कमाउन सफल भएको हो । उक्त नाफा गत असोज मसान्तको तुलनामा ३ करोड रुपैयाँले बढी हो । कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तमा ६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी बढेर १ अर्ब ७८ लाख रुपैयाँ रहेको छ । गत आवको दोश्रो त्रैमासमा कम्पनीको चुक्ता पुँजी ६१ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, कम्पनीको जगेडा कोषमा ९७ करोड ९० लाख, जीवन बीमा कोषमा ७ अर्ब ६८ करोड र महाबिपत्ती कोष जगेडामा ९ करोड ३९ लाख रुपैयाँ संचित रहेको छ । हालसम्म कम्पनीले १३ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, कायम रहेको बीमालेखको संख्या ४८ करोड ६६ लाख रहेको इन्स्योरेन्सको जारी बीमालेखको संख्या एक अर्ब ६६ करोडभन्दा बढी रहेको छ । समिक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च बढेर २ करोड ३२ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्षको पुस मसान्तमा एक करोड ६३ लाख रुपैयाँ रहेको थियो । हालसम्म कम्पनीले १ हजार ६० दाबी मार्फत कूल २२ करोड ७८ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । त्यस्तै, ५५ दाबी बापत १ करोड ९२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको कम्पनीको विवरणमा उल्लेख छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १०.१४, प्रतिसेयर नेटवेर्थ १६०.१२ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तीको मूल्य ६४२.३३ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ४९.२९ रहेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक अवधिमा कम्पनीको सेयरको अन्तिम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ रहेको थियो । सो अवधिमा अधिकतम मूल्य प्रतिकित्ता ५४५ र न्युनतम ३८५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
नेपाल बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । नेपाल बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता गरेको छ । नेपाल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार ग्राहकहरुले नेपाल बैंकका देशभरि संचालनमा रहेका १५८ शाखाहरुबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमालेख प्राप्तगर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवन बीमासेवाहरु प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन् भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध औषधि–उपचार खर्च प्राप्त गर्नेछन् । यसै सम्झौतासँगैनेपाल बैंककाग्राहकहरुलेपनियस नौलो योजनाहरुको लाभ उठाउन सक्नेछन् । नेपालभरका ग्राहकलाई सेवा प्रदान गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बैंकका ६० वटा भन्दाबढि शाखाहरु संचालनमा ल्याइसकेको छ।
ज्योति लाइफ द अमेजिङ मोटर र्याली हुँदै, सबैभन्दा ढिलो पुग्ने विजेता
काठमाडौं। ज्योति लाइफ द अमेजिङ मोटर र्याली २०१९” काठमाडौं-पोखरा यात्रा माघ १८ गटे शुक्रबार हुने भएको छ। केजिएच फाउन्डेसन र नेपाल अबुर्द रोग निवारण संस्थाले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेको हो। र्याली नेपाल टुरिजम बोर्ड, प्रदर्शनी मार्गबाट शुभारम्भ भई पोखराको बिन्दाबासनी मन्दिर चोक, पोखरा बाग्लुङ हाईवे हुँदै केजिएच हिमालय फ्रण्ट होटल सारङकोटमा पुगी सम्पन्न हुनेछ। पर्यटन प्रबन्धमा टेवा पुर्याउने उदेश्य सहित नेपाल टुरिजम बोर्डको सहयोग र अबुर्द रोग निवारणबारे जनचेतना गर्न अभिब्रिद्द गर्न क्यान्सर रोग बेलैमा उपचर गरे निको हुने सन्देश दिने उदेश्यको साथ उक्त मोटार र्याली आयोजना हुन लागेको हो। यसको अतिरिक्त सुरक्षित ड्राईभिङलाई यस्ता हाईवेहरुमा गाडी चलाऊन प्रोत्साहन गर्ने कार्यक्रमको लक्ष्य रहेको छ। प्रतियोगिता कुनै गाडीले अर्को गाडीलाई उछिनेर पहिलो हुने गाडी दौड नभई नभई आम ब्यक्तिहरुले चलाऊने गाडीको रफ्तारलाई ध्यान दिएर टिडिएसको आधारमा बिजयता घोसणा गरिने छ। सबैभन्दा ढिलो पुग्ने प्रतियोगितामा विजयी हुनेछ।