राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्कमा १२४% छलाङ, नाफा बढ्यो १३.७३ प्रतिशत
काठमाडौं । राष्ट्रि बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा १३.७३ प्रतिशत बढेको देखिन्छ । असोज मसान्तसम्म कम्पनीले १८ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२४ प्रतिशत बढेको हो । ं असोजसम्म कम्पनीले १ करोड ४६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २६ लाख ३४ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ४६१ प्रतिशत बढेको हो । यसअवधिमा कम्पनीले ४१ करोड ५१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने १६ करोड १८ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ३६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने १० करोड ११ लाख रुपैयाँ कुल खर्च गरेको थियो । २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष कोषमा ३ अर्ब १ करोड ८० लाख रुपैयाँ, सञ्चित नाफा २ अर्ब ३३ करोड ५ लाख रुपैयाँ र अन्य इक्विटीमा १० अर्ब ९४ करोड रहेको छ । गत वर्षको सोही अवधिमा विशेष कोषमा २ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ, सञ्चित नाफा २ अर्ब २६ करोड ७९ लाख रुपैयाँ र अन्य इक्विटीमा भने ९ अर्ब ९९ करोड ७ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले ६३ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ५४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १८.३० प्रतिशतले बढी हो । कम्पनीले पुनर्बीमा मार्फत ४४ करोड ६९ लाख रुपैयाँ खर्चिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४५ करोड २६ लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५८.७२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १२२३.५२ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात भने ३०२.६३ गुणा रहेको छ ।
सूर्यज्योति लाइफको नाफा बढ्यो, जीवन बीमा कोषमा ३६ अर्ब बढी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले २.५१ प्रतिशत बढी नाफा गरेको हो । असोज मसान्तसम्म कम्पनीले २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २३ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्म कम्पनीले २ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ खुद भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ रहेको छ भने ३ अर्ब ३६ करोड ९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड २१ लाख रुपैयाँ, महाविपत्ती कोषमा ३७ करोड ७९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब ३३ करोड २७ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष २२.२८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीको जीवन बीमा कोषमा २९ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ रहेको थियो । चालु आवको पहिलो त्रैमासमा जीवन बीमा कोषमा ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ९.२० रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १४३.५९ रुपैयाँ रहेको भने पीई रेसियो ५४.७५ गुणा रहेको छ ।
नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ‘एक्सेल एण्ड इलिभेटु भन्ने नाराका साथ तीन दिने ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यूको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो । विभागिय प्रमुख तथा देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २५० जना भन्दा बढिको सहभागिता भएको उक्त सम्मेलनको समुद्घाटन गदै अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहले कम्पनीमा कार्यरत सवै तहका कर्मचारीहरु कम्पनीको ब्राण्ड एम्वेसडर भएको हुँदा कम्पनीलाई अग्रस्थानमा पुर्याउन आ–आफ्नो क्षेत्रबाट सबैजनाले जिम्मेवारी वहन गर्नुपर्ने बताइन् । उनले देशै भरीबाट कम्पनीको दैनिक कार्य सम्पादनमा उत्कृष्ट ठहरिएका ७ जना प्रशासनिक कर्मचारीहरु अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रविण कुमार शर्मा, दमौली शाखाबाट मिलन थापा मगर केन्द्रिय कार्यालयकी दिक्षा पनेरु राजविराज शाखाकी प्रज्ञा आचार्य कर्ण र पाँचथर शाखाकी दिलकुमारी योञ्जन लाई सम्मान तथा पुरस्कृत गरेका थिए । सम्मेलनमा प्रमुख कार्यकारी अधिकृतसुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिवद्धत्ता जनाए ।