एशियन लाइफको नाफा ४२ प्रतिशत बढ्यो, २ अर्ब बढी बीमा शुल्क आर्जन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले ४२ प्रतिशत बढी नाफा आर्जन गरेको हो । असोज मसान्तसम्म कम्पनीले २ अर्ब १ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७९ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२.२३ प्रतिशत बढेको हो । असोजसम्म कम्पनीले ८ करोड २८ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीको दाबी भुक्तानी ८.६५ प्रतिशत बढेको हो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ५ लाख रुपैयाँ, सञ्चित नाफा ४५ करोड ९२ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ५८ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष ४३ अर्ब ५९ करोड ५६ लाख रुपैयाँ पुगेको छ । नफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १५.६४ रुपैयाँ छ ।
रिलायबल नेपाल लाइफको नाफामा ६७ प्रतिशत उछाल, १०.८३ अर्ब नाघ्यो जीवन बीमा कोष
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले ६६.९९ प्रतिशत बढी नाफा आर्जन गरेको हो । असोज मसान्तसम्म कम्पनीले १ अर्ब १२ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १०.११ प्रतिशत बढेको हो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ, सेयर प्रिमियममा १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड ७६ लाख रुपैयाँ, सञ्चित नाफा ९१ करोड ३८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष १० अर्ब ८३ करोड ५ लाख रुपैयाँ पुगेको छ । नफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १७.१९ रुपैयाँ छ ।
शिखर इन्स्योरेन्सको नाफासँगै ईपीएस पनि बढ्यो, १.७६ अर्ब पुग्यो विशेष कोष
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले २.५१ प्रतिशत बढी नाफा आर्जन गरेको हो । असोज मसान्तसम्म कम्पनीले २८ करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १.५७ प्रतिशत बढेको हो । असोजसम्म कम्पनीले १९ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ७९ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ०.५४ प्रतिशत बढेको हो । यसअवधिमा कम्पनीले ५५ करोड ७७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने ३९ करोड ३८ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५६ करोड २२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने ४० करोड ६७ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ, विशेष कोषमा १ अर्ब ७६ करोड ३७ लाख रुपैयाँ, महाविपत्ति कोषमा १४ करोड ५७ लाख रुपैयाँ, सञ्चित नाफा ३५ करोड ६१ लख रुपैयाँ र अन्य इक्विटीमा ६४ करोड ४७ लाख रुपैयाँ रहेको छ । नफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १६.९४ रुपैयाँबाट बढेर १७.३६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०९.६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४९.८२ गुणा छ ।