सञ्चय कोष र निजी क्षेत्रमा पेन्सनको अवधारणा

कृष्णप्रसाद आचार्य प्रशासक, कर्मचारी सञ्चय कोष कर्मचारी सञ्चय कोषमा मेरो नियुक्तिसँगसँगै कामदारका सामाजिक सुरक्षासम्बन्धी विभिन्न अवधारणा अघि बढाएको छु । नेपालमा निजी क्षेत्र र अनौपचारिक क्षेत्रमा काम गर्ने कर्मचारी तथा श्रमिकको सामाजिक सुरक्षासम्बन्धी व्यवस्था एकदमै कमजोर रहेको छ । त्यस्ता क्षेत्रका कर्मचारीलाई पेन्सनलगायत विभिन्न किसिममा सामाजिक सुरक्षाको व्यवस्था गरिएको छैन । तर, सरकारी क्षेत्रको कर्मचारीमा सामाजिक सुरक्षाको व्यवस्था राम्रो पाइएको छ । जसको तुलनामा निजी क्षेत्रका कामदार तथा कर्मचारीले सुविधा नै पाएका छैनन् भन्दा पनि हुन्छ । कर्मचारी सञ्चय कोष सामाजिक सुरक्षालाई प्रमुख उद्देश्य बनाएर स्थापना गरिएको संस्था हो । जसअन्तर्गत कोषले आफ्नो दायरा फराकिलो पार्नु जरुरत छ । दायरा फराकिलो पार्ने क्रममा निजी क्षेत्रका कर्मचारीलाई पेन्सनको व्यवस्था, विभिन्न किसिमका सामाजिक सुरक्षाका स्किम ल्याउन लागिएको हो । सञ्चय कोषमा आउनेवित्तिकै हामीले यस विषयमा अध्ययन गरिरहेका छौं । सुरुवाती चरणमा कर्मचारीको स्वास्थ्य बीमाको बारेमा अध्ययन गरेका थियौं । निजी क्षेत्रका बीमा कम्पनीले स्वास्थ बीमालाई कार्यान्वयनमा ल्याउन सक्ने व्यवस्था भए पनि उनीहरूले खासै चासो दिएनन् । उनीहरूले स्वास्थ्य बीमालाई व्यावसायिक रूपमा हेरे । तर, हामीले त्यसलाई व्यावसायिक रूपमा भन्दा पनि सामाजिक रूपमा अघि बढाउने अवधारणा ल्याएका छौं । यसलाई नेपाल सरकार र सञ्चयकोषले संयुक्त रूपमा सामाजिक सुरक्षाको अवधारणाअनुसार कार्यान्वयनमा ल्याउन सक्छन् । बीमाको नियमावली निर्माणपूर्व अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, बीमा समितिलगायत विभिन्न सरोकारवाला निकायसँग छलफल ग¥यौं । त्यसपछि बीमाभन्दा पनि सामाजिक सुरक्षाको अवधारणाबाट नियमावलीसमेत निर्माण गरेर स्वीकृतिका लागि मन्त्रालय पठाएका थियौं । जसमा योगदानमा आधारित स्वास्थ्य सुविधा आयोजना ल्याउन लागेको हो । तर, हालसम्म नियमावली पारित हुन सकेको छैन । कानुनतः स्वास्थ्य सुरक्षासम्बन्धी अवधारणा ल्याउँदा पनि सञ्चयकोषको सञ्चयकर्ताभन्दा बाहिरका कर्मचारीलाई ल्याउन सकिँदैन । तर, नेपालमा सञ्चयकर्ताभन्दा पनि अन्य क्षेत्रका कर्मचारी बढी छन् । उनीहरूलाई समेट्नका लागि पनि मौजुदा ऐन परिमार्जन जरुरी छ । हाल कर्मचारी सञ्चयकोषको सञ्चालक समितिले ऐन परिमार्जनको निर्णय गरेर नेपाल सरकारलाई पठाइसकेका छौं । उक्त ऐन आएमा सबै क्षेत्रमा कर्मचारी तथा व्यक्तिगत श्रमिकलाई समेत समेट्न सकिनेछ । निजी क्षेत्रका कर्मचारीमा बीमा, पेन्सनजस्ता सुविधा ल्याउन तीन वर्षभित्र छुट्टै एउटा निकाय स्थापना गर्नुपर्छ । जुन संस्था व्यावसायिकभन्दा पनि सामाजिक उद्देश्य राखेर स्थापना गरिनुपर्छ । जसमा नेपाल सरकार र सञ्चयकोषको लगानी रहनुपर्छ । जसमार्फत राज्यले विभिन्न क्षेत्रमा छरिएर रहेका कर्मचारीलाई स्वास्थ्यलगायत विभिन्न सामाजिक सेवासुविधा प्रदान गर्न सक्छ । राज्यले सामाजिक सुरक्षाका नाममा वृद्धा भत्तालगायतका स्किम ल्याएको छ । यदि कोषमार्फत पेन्सका अवधारण अघि बढाउन सकियो भने राज्यलाई त्यस्ता खालका व्ययभार घट्नेछ । राज्यले नागरिकलाई वृद्धा अवस्थामा पेन्सन दिने एउटा नीति लिइसकेको छ । हाल एउटा उमेर समूहभन्दा पछि राज्यले नागरिकलाई भत्ता वितरण गर्दै आएको छ । आगामी दिनमा त्यसलाई हटाउन सकिने अवस्था छैन । दिनानुदिन यसको भोलुम बढ्दै जाने छ । जसले राज्यलाई ठूलो भार पर्नेछ र राज्यले धान्न सक्ने छैन । जसका लागि ‘ब्याकअप’ को रूपमा कुनै नयाँ अवधारणा ल्याउनु जरुरी छ । जसका लागि फन्ड वेशमा जानुपर्छ । अहिलेको जस्तो बजेजबाट खर्च गरेर धान्न सकिँदैन । अहिलेको अवस्थामा जाने हो भने दीर्घकालमा सरकारी सेवाका कर्मचारीलाई पनि पेन्सन दिन नसक्ने अवस्था आउँछ । नेपालमा आर्थिक रूपमा सक्षम युवा जनशक्ति धेरै छन् । त्यसमा पनि निजी क्षेत्र, औपचारिक, अनौपचारिक क्षेत्रमा काम गर्ने युवाहरू धेरै छन् । यदि उनीहरूलाई अहिलेदेखि नै योगदानमा आधारित रहेर फन्ड सिर्जना गर्न सकियो भने सोही फन्डबाट उनीहरूलाई वृद्ध अवस्थामा पेन्सनलगायत अन्य सामाजिक सुरक्षा प्रदान गर्न सकिनेछ । पेन्सनको अवधारणाबाट योगदानकर्ता तथा राज्य दुवैलाई फाइदा पुग्ने छ । योगदानकर्ताको तर्फबाट हेर्ने हो भने हाल कोषमा योगदान गर्ने कर्मचारीले रिटायर लाइफपछि पनि आर्थिक रूपमा सक्षम हुनेछ । हाल निजी क्षेत्रका कर्मचारी तथा ज्याला मजदुरी र व्यक्तिगत कर्मचारी दुर्घटना भएमा उनीहरू सामाजिक तथा आर्थिक रूपमा सक्षम हुँदैनन् । यदि कोषमार्फत पेन्सनलगायत सामाजिक सुरक्षासम्बन्धी अन्य अवधारणा ल्याउन सकेको खण्डमा उनीहरूलाई सुरक्षित गर्न सकिनेछ । यस्तै राज्यको लागि पनि विशेषगरी दुई किसिमबाट फाइदा पुग्नेछ । हाल निजी क्षेत्र र औपचारिक क्षेत्रका कर्मचारीको पुँजी छरिएर रहेको छ । यदि उनीहरूलाई पेन्सन योजनामा ल्याउन सकिए राज्यमा ठूलो मात्रामा फन्ड जम्मा हुनेछ । उक्त फन्डमा जम्मा भएको रकम योगदानकर्तालाई निश्चित समयपछि मात्र दिने हो । तर, उक्त समय अवधिसम्म फन्डमा जम्मा भएको रकमलाई मेघा प्रोजेक्टमा लगाउन सकिने छ र देश आर्थिक रूपमा अघि बढ्न सक्नेछ । अहिले देशमा ठूला जलविद्युत्लगायत ठूला प्रोजक्ट अघि बढाउन विदेशी दातृनिकायहरूसँग सहयोगका लागि गुहार्नुपर्ने अवस्था छ । यदि कोषमा पैसा जम्मा गर्न सकिए स्वदेशी पुँजीबाटै त्यस्ता आयोजनाहरू अघि बढाउन सकिनेछ । अर्कोतर्फ सरकारले प्रदान गर्दै आएको बृद्ध भत्तालाई यसले विस्थापित गर्न सहयोग गर्नेछ र राज्यको खर्च घट्नेछ ।

भन्सार घटाउने हो भने सडकले सवारी धान्दैन

मन्त्रालयले समयसापेक्ष यातायातसम्बन्धी नीति नियम परिमार्जन गर्दैआएको छ र आवश्यकताअनुसार परिमार्जन गरिरहेका पनि छौं । हालसालै पनि दिगो वातावरणसम्बन्धी यातायात नीति ल्याएका छौं । यसैगरी, यातायात व्यवस्थापन नीति पनि कार्यान्यवनको चरणमा छ । अहिले राष्ट्रिय यातायात नीति, २०५८ अन्तर्गत सवारीसाधन व्यवस्थापन भइरहेको छ । हालको अवस्थाको उक्त नीति पर्याप्त छैन । यातायात व्यवस्थाको लागि हाल मन्त्रालयले २ वटा नीति ल्याउन लागेको छ । जसमध्ये एउटा मन्त्रिपरिषद्बाट पास भइसहेको छ भने अर्को स्वीकृत हुने क्रममा रहेको छ । ती नीतिहरू कार्यान्वयमा आएपछि वातावरण मैत्री सवारीसाधनलाई प्राथमिकता दिनुका साथै यातायात व्यवस्थापन गर्न सहज हुने छ । नीतिमा यातायात व्यवस्थापनमा के–कस्ता समस्या छन् र ती समस्यालाई कसरी कार्यान्वयमा ल्याउने भन्ने विषयमा बढी जोड दिइएको छ । त्यसैगरी, विभिन्न समितिको अवधारण ल्याइएको छ । सोही समितिले नै विभिन्न क्षेत्रको अध्ययन गरेर सुधार गर्न सहयोग गर्नेछ । यातायात व्यवस्था सम्बन्धी ऐन–नियम नै पुरानो भएको छ । हामी २०४९ सालमा बनेको ऐन–नियमबाट गाइडेट छौं । त्यो ऐन–नियमले हालको यातायात व्यवस्थापन गर्न सक्दैन । यसलाई पनि परिमार्जन गर्नुपर्छ । त्यसैगरी, यातायात सहजीकरणको लागि सवारीचालक अनुमति–पत्र दिने व्यवस्थामा पनि परिवर्तन गरेका छौं । हाल दिगो शहरी यातायात विकास आयोजनाअन्तर्गत उपत्यकाको यातायात व्यवस्थापन गर्ने काम भइरहेको छ । उक्त आयोजना कार्यान्वयनमा आएपछि उपत्यकाको यातायात व्यवस्थापन गर्न सहज हुनेछ । सो आयोजनाले मास ट्रान्स्पोटशनलाई पनि समेट्ने छ । नेपालमा सवारीसाधन निर्माण हु“दैन । सवै सवारीसाधन भारत लगायतका देशबाट आयात गर्नुपर्ने वाध्यता छ । केही समय यता देशमा दिनानुदिन सवारीसाधन भित्रने क्रम बढेको छ । सोही तुलनमा सडक विस्तार हुन सकेको छैन । यातायात व्यवसायीहरूले सवारीसाधनमा लाग्दैआएको भन्सार महशुल घटाउन माग गर्दैआएका छन् । यदि हालको भन्सार महसुल घटाउने हो भने देशमा सवारीसाधन भित्रने क्रम ह्वात्तै बढ्नेछ । जुन नेपालको सडकले धान्न सक्दैन । सवारीसाधन कम गर्न राज्यले कुनै नीति लिनुपर्ने हुन्छ । जसअनुरुप सवारीसाधनमा बढी भन्सार दर लगाइएको हो । नेपालमा जस्तै, श्रीलंकामा पनि भन्सार महसुल लगाइएको छ । हाल सवारी धनीले जथाभावी पार्किङ गरिरहेका छन् । कतिपय अवस्थामा पार्किङको एकदमै समस्या छ । आगामी दिनमा सवारीसाधन किन्ने व्यक्तिले पार्किङको पनि व्यवस्था गर्ने नीति अवलम्बन गर्नुपर्छ । पछिल्लो समय व्यवसायीहरूले भर्खर सडक सुविधा पुगेका जनताको लागि सहुलियत दरमा सवारीसाधन किन्न पाउनुपर्छ भन्ने माग गर्दैआएका छन् । त्यो एकदमै गलत छ । गाउ“का मान्छेले कार किनेपनि सञ्चालन गर्ने शहरमै हो । व्यवसायीहरूबाट मोटरसाइकलमा लाग्दैआएको भन्सार महसुल घटाउनुपर्ने माग आइरहेको छ । तर, देशमा अहिले नै मोटरसाइकलको संख्या बढी भइसकेको छ । नेपालमा चल्ने सवारीसाधनमा मोटरसाइकलको हिस्सा ७९ प्रतिशत रहेको छ । जसले गर्दा ट्राफिक व्यवस्थापन गर्न पनि कठिनाइ भइरहेको छ । मोटरसाइकलमा लाग्दै आएको विद्यमान भन्सार महसुल घटाउने हो भने नेपालको सडकले धान्ने नसक्नेगरी मोटरसाइकल भित्रनेछ । त्यसो गर्नु उचित हु“दैन । मोटरसाइकलले मानिसहरूलाई कुनै ठाउ“मा छिटो–छरितो रुपमा पुग्न सहयोग गरेको छ । तर, त्यस्ता साना खालका सवारीसाधनले यातायात व्यवस्थापन गर्न सहयोग गर्दैन । दिगो रुपमा यातायात व्यवस्थापनका लागि बढीभन्दा बढी ठूला सवारीसाधन सञ्चालनमा ल्याउनुपर्छ । हाल सरकारले काठमाडौं उपत्यकामा सडक चौडा पार्ने काम गरिरहेको छ । त्यस्ता सडकमा साना सवारीसाधन विस्तापित गरी यात्रुवाहक ठूला सवारीसाधन सञ्चालनमा ल्याउनु पर्छ । सरकारले यातायात व्यवसायीलाई पनि ठूला सवारीसाधन सञ्चालनमा ल्याउन आग्रह गर्दैआएको छ । त्यसका लागि छुट्टै सडक दिनका लागि सरकार तयार हुनुपर्छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यले पनि ४० भन्दा बढी सिट भएको गाडी यातायात गर्ने तथा सञ्चालनमा ल्याउने व्यवसायीका लागि छुटको व्यवस्था गरेको छ । संसारका आºनो सवारीसाधन नभएको कमैमात्र मुलुकमा नेपाल पनि पर्छ । जहा“ सरकारले सार्वजनिक यात्रुवाहक सवारीसाधनहरू सञ्चालनमा ल्याएका छैनन् । पछिल्लो समय नेपालमा पनि सरकार आपैm“ले सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्ने सम्बन्धमा वहस सुरु भएको छ । हाम्रो जस्तो देशमा सरकारले आºनै यात्रुवाहक सवारीसाधन नराख्ने हो भने एकाधिकार बढ्न जान्छ । जसले गर्दा अनिमियतता बढ्छ । यसलाई न्युनिकरण गर्नका लागि पनि सरकारले सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्नु जरुरी छ । यातायातको भविष्य भनेको मास ट्रान्सपोटेशन नै हो । सो कार्यका लागि सरकारलको पनि संलग्नता आवश्यक रहन्छ । तर, नेपालको सन्दर्भमा कुरा गर्दा सरकार आपैm“ले तत्काल सार्वजनिक सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था छैन । तर, दीर्घकालमा भने सरकारले आफैले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने योजना बनाएको छ । नेपालमा ट्रलीबस राम्रो यातायातको साधन थियो तर, त्यसलाई हामीले सञ्चालन गर्न सकेनौं । आगामी दिनमा विस्तारित चक्रपथमा ट्रलीबस सञ्चालन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गरिरहेका छौं । त्यस्तैगरी, काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भाव्यता अध्ययन भइरहेको छ । यसलाई पनि सरकारले नै सञ्चालन गर्ने योजना बनाएको छ । तसर्थ, सरकारले तत्कालका लागि प्रोत्साहनको नीति लिए पनि दिर्घकालमा नीति क्षेत्रस“ग सहकार्य गरेर सञ्चालन गर्ने योजना बनाएको छ । (सिटौला भौतिक पूर्वाधार यातायात व्यवस्था मन्त्रालयका सचिव हुनुहुन्छ ।)

आर्थिक सवलताको आधारमा संघीयता

नेपाल संघीय व्यवस्थामा जाने भन्ने करिब निश्चित भैसकेको अवस्थामा हाल विद्यमान वित्तीय संरचनामा परिवर्तन हुनु अति आवश्यक छ । यसै सन्र्दभमा अन्र्तराष्ट्रिय जगतमा भएको संघीयताको विश्लेषण गर्दा, संसारभरीका १९६ वटा देशहरु मध्ये २७ वटा देशहरु मात्रै संघीयतामा गएका छन् । यी २७ देशहरु मध्ये संघीयतामा जाने विकसित देशहरुको संख्या ९ छ भने १४ वटा विकासशिल देश र ४ वटा अति कम विकसित देश संघीयता गएका छन् । अरु देशको र छिमेकी भारतको स्थितिलाई विश्लेषण गरेर हेर्दा संघीयतामा तीनवटा महत्वपूर्ण आधारहरुलाई दृष्टिगत गरेर अर्थ राजनीतिमा केन्द्र र प्रान्तको सम्बन्ध सवल र मजवुद् बनाउन सकिन्छ । अन्यथा केन्द्रबाट शासित हुने वा छुट्टिएर अलग्गै बस्ने वातावरण सृजना हुन्छ । पहिलो आधार, संघीय प्रजातन्त्र ः केन्द्र र प्रान्तबीचको, केन्द्र र स्थानीय निकायबीचको प्रजातान्त्रिक अधिकार स्पष्ट रुपमा किटान हुन जरुरी देखिन्छ । दोस्रो भूगोल र जनसंख्याको आकार ः कति जनसंख्यालाई प्रदेशमा राख्ने वा कति जनसंख्या भएकोमा प्रदेश दिने, यो अति महत्वपूर्ण हुदोरहेछ किनभने उदाहरणको लागि भारतको ३५ वटा राज्य मध्ये १० वटा राज्यमा ७५ प्रतिशत जनसंख्या बसोबास गर्दछ । त्यसमा पनि विहार, उत्तर प्रदेश र मध्य प्रदेश तथा उडिसा राज्यहरुको सांसदको प्रतिनिधित्व ३७ प्रतिशत छ जसले गर्दा यी राज्यबाट जाने सांसदहरुको माग अनुसार आर्थिक नीति, निर्देशन तथा नियमहरु निर्धारणमा बहुमत हुन्छ । जसले गर्दा राष्ट्रिय विकासको रणनीतिमा यी कम विकसित राज्यहरुको प्रभुत्व बढ्दै गएको छ । फलस्वरुप महाराष्ट्र लगायत गोवा, हैदरवाद, केरला राज्यहरुको प्राथमिकता र उत्तर प्रदेश, विहार, उडिसा, मध्य प्रदेश राज्यहरुको प्राथमिकता विकासको सन्र्दभमा नितान्त फरक देखिएको छ । भारतमा सबैभन्दा धेरै राजस्व उठाउने राज्य महाराष्ट्रको केन्द्रीय सरकारसंग औद्योगिक विकासका लागि सूचना प्रविधिको लागि, राम्रो पूर्वाधार लगायतका लागि सशक्त माग हुन्छ भने विहार, उत्तर प्रदेश लगायतका राज्यहरुको अनूदान, गरिबी निवारण कार्यक्रम, शिक्षा, स्वास्थ्य लगायत ग्रामिण विकास कार्यक्रमका लागि सशक्त माग हुन्छ । फलस्वरुप हरेक वर्ष बजेटको बेलामा केन्द्रमा महाराष्ट्रले ‘हामीले सबैभन्दा धेरै राजस्व कमाउने, कम राजस्व कमाउने राज्यहरुलाई हाम्रो पैसा किन दिने’ भन्ने सधै विवाद भइरहन्छ । त्यस्तै राज्यको आर्थिक पक्ष तेस्रो आधार ः राजस्वको कुन स्रोतमा कसको अधिकार भन्ने विवाद संसारमा यी २७ संघीय देशहरुमा आजपनि यथावतै छ । ठ्याक्क यस्तै हुनुपर्छ भन्ने कुनै मोडालिटि छैन । भन्सार, मूल्य अभिवृद्धि कर, अन्त शुल्क, ब्यक्तिगत आयकर, संस्थागत आयकर, प्राकृतिक स्रोतबाट उठ्ने राजस्व र गैर कर राजस्व केन्द्रीय सरकार, प्रान्तिय सरकार र स्थानीय सरकारको आयका मुख्य आधारहरु हुन् । यसमा विश्लेषण नगरिकन हचुवाको भरमा बाँडफाँट गरिएमा केन्द्र र राज्यबीच मनमुटाव तथा बढी साधन र स्रोत हुने राज्य छुट्टिन सक्ने शतप्रतिशत संभावना हुन्छ । तसर्थ सम्वृद्धि र सन्तुलित नेपाल निर्माण गर्न राज्यको स्रोत र साधनको समानुपातिक वितरण गर्न, उचित परिचालन र व्यवस्थापन गर्न केन्द्रीय नेतृत्वले बुझ्न अति आवश्यक हुन्छ । नेपालमा साधन स्रोतको बाँडफाँडलाई हेर्दा आर्थिक वर्ष २०७०/०७१ सम्म आउदा शिर्षकगत राजस्वको विश्लेषण गर्दा अझै पनि अप्रत्यक्ष करको योगदान वढी छ भने प्रत्यक्ष कर राजस्वको अंशमा क्रमिक सुधारको संकेत देखिन थालेको छ । अप्रत्यक्ष कर रास्वको मुल्य अभिवृद्धि कर राजस्वको योगदान ४८ प्रतिशत जुन आयातमा वढी निर्भर छ । मूल्य अभिवृद्धि कर संकलनमा आन्तरिक योगदान ३७ र पैठारी योगदान ६३ प्रतिशत रहेको छ । सो अनुपात गत बर्ष ३५ः६५ रहेको थियो । हामीकहाँ कुल राजस्वमा भन्सार राजस्वको योगदान १७ प्रतिशत छ । देशभर उठ्ने कुल राजस्वको ८५ प्रतिशत सातवटा जिल्ला (काठमाडौं, पर्सा, मोरग, झापा, रुपन्देही, सिन्धुपाल्चोक, ललितपुरबाट उठ्छन् जसमा काठमाडौंबाट ४२ प्रतिशत, पर्साबाट २४ प्रतिशत, मोरङ, रुपन्देही, झापाबाट १४ प्रतिशत, सिन्धुपाल्चोक र ललितपुरबाट ५ प्रतिशत उठ्छ । बाँकी रहेका ६८ जिल्लाले १५ प्रतिशत मात्र राजस्व उठाउछन् । संघीयतामा जाँदा राज्यको पुनसंरचना गर्दाखेरी अर्को अति महत्वपुर्ण कुरा थाहा पाइरहनु पर्ने मुल भन्सार नाकाहरुको विद्यमान स्थिति जरुरी छ । नेपालमा मुल भन्सार उत्तरतिरको सिमानामा जम्मा नौ वटा छन् । दक्षिणमा मुल भन्सार २२ वटा छन् । त्यस्तै छोटी भन्सारको संख्या उत्तर तिर ६ वटा छन् भने दक्षिणमा १३७ वटा छन् । उत्तरी सीमनामा आयात निर्यात गर्ने कुल नाकाहरु जम्मा १५ वटा रहेका छन् भने दक्षिणमा १५९ वटा छन् । नेपालभरी मुल भन्सार र छोटी भन्सार मिलाएर जम्माजम्मी १७४ वटा नाका रहेका छन् नेपालको भौगोलिक कारणले गर्दा दक्षिणका नाकाहरु नै मजवुद् र सवल देखिन्छन् भने आयातमा निर्भर हाम्रो अर्थतन्त्र भारतबाट ६६ प्रतिशत आयात गरिन्छ । यसैमा आश्रीत रहेर राजस्वको अरु क्षेत्र अन्तशुल्क, मुअकर लगायत प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । राज्य पुनसंरचना गर्दा दक्षिणका क्षेत्रलाई बेग्लै राज्य र उत्तरका क्षेत्रलाई बेग्लै राज्य बनाउदा नेपाल राज्यबीच आर्थिक असमानता चरम रुपमा बढ्ने स्पष्ट देखिन्छ किनभने नेपालको अर्थतन्त्र सम्पूर्ण वस्तु र सेवाहरुको कुल व्यापारमा ८७ प्रतिशत योगदान आयातबाट भएको छ भने १३ प्रतिशत मात्रै निर्यातबाट भएको छ । आयातबाट भएको ८७ प्रतिशत योगदानमा दक्षिणका नाकाहरुको प्रत्यक्ष सम्बन्ध छ । भारत वा तेस्रो मुलुकबाट सामान आयात गर्दा वा भारत वा तेस्रो मुलुकमा निर्यात गर्दा ९९ प्रतिशत दक्षिणको नाका प्रयोग हुन्छ । उदाहरणको लागि भारतबाट सामान आयात गर्दा तराई हुदै गन्तब्य स्थान पहाडी वा हिमाली प्रान्तमा लैजानुपर्छ । यसरी ढुवानी गर्ने क्रममा राज्य राज्यबीच सेवा कर, बिक्री कर, विकास कर लगायत अनेक नामका कर ती सामानहरुमा लगाउने निश्चित छ जसको फलस्वरुप गन्तव्यसम्म पुगुन्जेलसम्म बस्तुको मुल्य दोब्बर, तेब्बर, चौबर तथा अझ बढी हुने निश्चित छ । त्यस्तै मूल्यमा एकरुपता ल्याउन मुद्रास्फितिलाई समान दरमा राख्न पनि उत्तर र दक्षिणलाई नछुट्टाईकन राज्य निर्माण गर्नुपर्ने जरुरी देखिन्छ । संघीयतामा जानु भनेको मुख्यत यो देखिएको असमानता हटाउनको लागि हो । यदि यो असमानता कायमै रहेमा संघीयताको कुनै अर्थ नहुने राज्यहरु अझै विभाजित हुदै जाने स्थिति हुन्छ । भारतमा १९५६ मा जम्मा १२ वटा संघीय राज्यहरु थिए तर आज भारतमा यस्ता राज्यहरु ३५ वटा भइसके । अरु पनि हुने स्थिति देखिएको छ । हामीकहाँ धेरै राज्य बनाएर पछि एक आपसमा गाभिन्छन् भन्ने सोच नराखे हुन्छ । राज्य एक आपसमा गाभिने भनेको धेरै ठूलो कुरा हो । भविष्यको संकटलाई आउन नदिन राजनीतिक दलका नेताहरुले दूरदर्शी भएर सोच्नुपर्छ र संसारमा अरु देशमा संघीयताबाट आएको समस्यालाई कुनैपनि हालतमा हामीकहाँ आउने वातावरण दिनु हुदैन । सहज र सरल नाका हुँदा प्रान्तको विकास गर्न सजिलो हुन्छ भन्ने उदाहरण भारतकै प्रान्तहरुबाट लिन सकिन्छ । भारतको सबैजसो समुन्द्री तटवन्दी प्रान्तहरु गुजरात, महाराष्ट्र, कर्नाटक, गोवा, केरला, तामिलनाडू, आन्ध्र प्रदेश, पश्चिम बंगाल आदिले राजस्व पनि राज्यको लागि धेरै उठाउछन् । साथै टुक्रिने क्रम पनि अत्याधिक न्यून छ । यसमा पनि महाराष्ट्रले सवैभन्दा वढी राजस्व उठाउछ । अर्को राज्यसंग सिमाना जोडिएका हिमाञ्चल प्रदेश, उत्तर प्रदेश, उत्तरान्चल, विहार, राजस्थान, मध्यप्रदेश, छत्तिसगढ, झारखन्ड, मेघालय, आसाम, नागाल्यान्ड, अरुणाचल प्रदेश आदिको मानव सूचांक पनि करिव करिव अरु राज्यको भन्दा आधाले नै कम छ भने आयात गरिएका बस्तु र सेवाहरु समुन्द्री तटवन्दसंग जोडिएका प्रान्तमा भन्दा धेरै महंगो छ । भारतीय सरकारले मुद्रास्फितिलाई सम्पूर्ण भारतभरि नै एकरुपता ल्याउन केन्द्रीय बैंकबाट बेलाबखत अनेक उपायहरु गरेको देखिन्छ तर पनि गाहे भएको हामीले देख्न सक्छौं । नेपालमा आफ्नो जातीय र क्षेत्रीय प्रान्तको लागि संघर्ष गरिरहेका वर्ग र समूदायले हामी आफ्नै सामाथ्र्यमा राज्य सम्पन्न बनाउछौं भनेको सुनिन्छ । ‘राज्य व्यक्ति हैन केही बर्ष विदेशमा बसेर कमाएर ल्याउने’ राज्य अमूर्त चिज हो, स्थिर हुन्छ । राज्यलाई कमाउन विदेश पठाउन सकिदैन । त्यसको उत्थानको लागि शुरु शुरुमा केही नभए पनि कम्तिमा पाँच बर्षसम्मको लागि आधुनिक शिक्षा र स्वास्थ्यको खर्च उठाउनै पर्छ । त्यसमा प्रशासनिक खर्च लगायत नयाँ संरचना निर्माण, केन्द्रमा देखिएका केही निकायहरु जस्तै पुुलिस लगायत निर्माण गर्नुपर्ने हुन्छ । तव मात्र यदि राजनीतिक स्थिरता राज्यभित्र रहेमा सवल र सामाथ्र्य राज्य हुनसक्ने वातावरण सृजना हुनसक्छ । सिंगापुरमा पनि केही थिएन, हंगकंगमा पनि केही थिएन तर उनीहरुसंग खुला समुन्द्री नाकाहरु थिए जसले गर्दा आफ्नो क्षमतालाई राम्रैसंग अन्र्तराष्ट्रिय स्तरमा देखाउने मौका पाए । हाम्रा सुन्नमा आएका पहाडी र हिमाली प्रान्तहरुको सम्बन्ध राष्ट्रिय र अन्र्तराष्ट्रिय जगतमा सरल र विना रोकतोक हुनको लागि पनि उत्तर दक्षिण विभाजन प्रान्तको लागि उत्तम हुने देखिन्छ । हामीसंग अहिले प्रष्ट देखिएको प्राकृतिक स्रोत जसको तुरुन्तै उपयोग गर्न सकिने जलस्रोत नै हो । हिमालबाट हिउ पग्लेर हुल्मा कर्णाली, मुगु कर्णाली, काली गण्डकी, मस्र्याङ्गदी, वुढी गण्डकी, त्रिशुली, इन्द्रावती, भोटेकोशी, तामाकोशी, लिखू, दुधकोशी, सुनकोशी, अरुण, तमोर नदीहरु उत्पत्ति भएका छन् र पहाड हुदै तराई झर्छन् । त्यस्तै महाकाली, सेती, वुढीगंगा, सानो भेरी, माडी, सेती, राप्ती, काली गण्डकी आदि उच्च पहाडी क्षेत्रमा मुहान भएका यी नदीहरु तराई आउदाँ महाकाली, कणाली, बबई, राप्ती, नारायणी, बागमती, कमला, सप्तकोशी, कन्काई र मेची हुन्छन् । नदीनाला सिधा बग्दैनन् । एउटै नदीले चारवटा प्रदेशलाई छोएर बग्न सक्ने सम्भावना प्रशस्त छ । यो स्थितिमा कुनै एउटा प्रान्तले जलविद्युत निकाल्न खोज्दा अर्को प्रान्तबाट अवरोध नआउला भन्ने छैन । यस्तो जटिल भौगोलिक स्थिति भएको र विभाजन गर्न सारै कठिन हुनेहुनाले तराईदेखि हिमालसम्म छुट्टाछुट्टै प्रदेश भएमा प्राकृतिक स्रोत र साधनको उपयोगमा आयदिन समस्या आउछ आउछ । तसर्थ उत्तर दक्षिण सिमांकन गर्दा नै स्रोत र साधनको पूर्ण उपयोग भइ संघीयता दिगो रहन सक्ने सम्भावना छ । भारतमा दशकौ देखि मुख्य तीन वटा नदिहरुमा भएको पानी विवाद (क) , कृष्ण –कावेरी पानी विवाद (ख) कावेरी पानी विवाद (ग) रवी –व्यास पानी विवाद, हाम्रो लागी महत्तपूर्ण शिक्षा हुन सक्दछ । कृष्णा नदि महाराष्ट्र हुदै, कर्नाटक, आन्द्र प्रदेश, मध्ये प्रदेश भएर उडिसा राज्यमा पुग्दछ । त्यस्तै कावेरी नदि कर्नाटक तामिलनाडु, केरला हुदै पाण्डीचेरी राज्य पुग्दछ । यमुना– सतलज र रवी– व्यास नदिहरु पंजाब, हरियाणा हुदै बग्दछन् । यी नदिमा बनेको हन्सी –बुटाना नहर विवादमा हरेक साल दर्जनौ मानिस मर्दछन् । त्यस्तै गोदावरी नदिको बाबली बाँधमा पानी बाडफाँडको विवाद महाराष्ट्र र आन्ध्रप्रदेश बीच दशकौं देखि छ । माथि देखिएका पानीका विवादहरु दशकौं देखि भारतको सर्वोच्च अदालतले समाधान गर्न सकेको छैन । संघीय प्रणालीमा सबै तहका सरकारहरु बीचको कार्य विभाजनलाई महत्वपुर्ण सूचकको रुपमा लिइन्छ । केन्द्र र प्रदेश अनि प्रदेश र स्थानीय निकाय बीच स्पष्ट कार्य विभाजन हुनुपर्दछ जसमा आर्थिक अधिकार, राजस्वको बाँडफाँट तथा ऋण र अनुदानको हस्तान्तरण सम्बन्धित दायित्व र अधिकार स्पष्ट विभाजित हुनुपर्छ । संघीय शासन प्रणाली सिद्धान्तत् उत्तरदायित्वको प्रणाली हो जसमा स्वनियमन तथा सामुहिक नियमन मुख्य आधार हुन् । फलस्वरुप सार्वजनिक सेवाको दक्षतामा वृद्धि हुनु, आयको न्यायपूर्ण वितरण हुनु, समष्टिगत आर्थिक ब्यवस्थापन हुनु, आन्तरिक बजारको संरक्षण हुनु, साझा बजारको अवधारणमा सरकार सञ्चालित हुनु लगायत अर्ध–सार्वजनिक सेवाहरुको उचित ब्यवस्था हुनु संघीय शासन प्रणालीको उत्तम सुचक हुन् । यसमा आर्थिक उत्तरदायित्वको निर्धारण संविधानद्धारा ब्यवस्थित गरिएपनि थप ब्याख्या, स्पष्टता र कार्यान्वयन गर्ने अख्तियारी कानुन, ऐन, नियमबाट गर्नुपर्छ । उदाहरणको लागि भारतमा प्रान्त प्रान्त वीच करको प्रतिशत एक प्रतिशत भन्दा वढी नाध्न हुदैन भन्ने सिद्धान्त संविधानमा उल्लेख गरेपनि कति राज्यहरुवीच दुई प्रतिशतसम्म बढी देखिन्छ । त्यस्तै मुद्रास्फितिलाई केन्द्रीय सरकारबाट नियन्त्रित रुपमा ब्यवस्थित गर्नु पर्छ अन्यथा यसले अर्थ ब्यवस्था नै बिगारिदिन्छ । नेपाल जस्तो अति कम विकसित देश जसबाट उठेको राजस्वले मात्र प्रशासनिक खर्च धान्न सक्छ । विकास निर्माणको लागि दातृ निकायको ऋण र अनुदानमा भर पर्नुपर्छ । यस्तो अवस्थामा संघीय राज्यमा जाँदा वढी राज्य बनाउनु आर्थिक भार वढी ब्यहोर्नु हो किनभने अहिले शासन पद्धतिमा नै हामीलाई हाम्रो राजस्वले प्रशासनिक खर्च धान्न सक्दैन भने भोली संघीय संरचनामा जाने वित्तिकै राज्यहरुको आ–आफ्नै प्रशासनिक संरचना हुन्छ जसमा प्रान्तको पुलिस, प्रशासनिक कर्मचारी लगायत राज्यलाई सहयोग गर्ने एकाईहरु गठन गर्नुपर्छ । नयाँ नयाँ पुर्वाधारहरु बनाउनुपर्छ । प्रान्तको राजधानी निर्माण गर्नु पर्यो आदि इत्यादि गर्दा प्रशस्त धनराशी खर्च हुन्छ । अहिलेको हाम्रो आम्दानी अनुसार धेरै राज्य हुँदा धान्नै सकिदैन । त्यसमा पनि राज्य छुट्टाउदा तराई पहाड र हिमाललाई एक अर्कोप्रति उत्तरदायित्व बनाउन सगै रहनेगरि विभाजन गर्नुपदर्छ । अहिले तराई पहाड र हिमालवीच अति सहिष्णु सम्बन्ध छ । उदाहरणको लागि तराईमा वाढी आई ढुवान हुँदा पहाडबाट राहतका सामानहरु वितरण गरेर त्यस्तै पहाडमा खाद्यान्य संकट हुँदा तराईबाट खाद्यान्य ल्याई वितरण गरिन्छ । यसले एउटा नेपाली नेपालीबीचको सम्बन्ध गाढा बनाई राखेको छ । एकातिर जडीवुटीको प्रचुर सम्भावना भएको हिमाली र पहाडी भेग फलफूल लगायत बेमौसमी तरकारीहरु उत्पादन गर्न सक्ने प्रकृतिले दिएको अपार सम्पदालाई एक आपसमा सम्मिश्रण गर्दा मात्र संघीयताबाट सम्मृद्धिमा जान सकिन्छ । यो अति जटिल परिस्थितिमा राजनीतिक नेताहरुले दिर्घकालिन सोच राखेर भिडको पछाडि नलागीकन साच्चै राजनेता हुन सक्नुपर्दछ । अन्यथा नेपाल नेपाल रहदैन । – See more at: http://bikasnews.com.np/index.php/component/content/article/46-2013-05-20-05-26-29/966-2014-07-24-08-54-26#sthash.O0ckNrv0.dpuf