०.७९ प्रतिशतले मूल्यवृद्धि घट्दा काठमाडौं सबैभन्दा महङ्गो

काठमाडौँ । भदौ महिनामा ०.७९ प्रतिशतले मूल्यवृद्धि घटेको छ । साउनमा ६.९५ प्रतिशत रहेको मूल्यवृद्धि भदौमा ६.१६ प्रतिशतमा ओर्लिएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको हो । गत भदौमा भएको मूल्य वृद्धि आर्थिक वर्ष २०७५/७६ को भन्दा २.३ प्रतिशतले बढी हो । गत आवको भदौमा ३.८६ प्रतिशत मूल्य वृद्धि रहेको थियो । समग्रमा साउनको तलुनामा भदौमा केही मूल्यवृद्धि कम भएपनि तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य अत्याधिक बढेको छ । गैर–खाद्य उपसमूहको लुगा तथा जुत्ता, घरायसी उपयोगका वस्तु तथा सेवा र शिक्षा उपसमूहको समेत उच्च मूल्य वृद्धि रहेको छ । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ६।५१ प्र्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ५.८९ प्रतिशत रहेको छ । साउनको तुलनामा भदौमा खाद्य तथा गैर–खाद्य दुबै समूहको मूल्य वृद्धि घट्दा यसको असर समग्र मूल्य वृद्धिमा परेको राष्ट्र बैंकले जानएको छ । साउन महिनामा खाद्य समूहको ८.०२ र गैर-खाद्य समूहको ६.१२ प्रतिशत मूल्य वृद्धि कायम रहेको थियो । २०७५ को भदौमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि १.४२ र गैर-खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ५.८१ प्रतिशत थियो । २०७६ को भदौमा यी दुबै समूहको मूल्यवृद्धि बढेको छ । काठमाडौं सबैभन्दा महङ्गो राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले काठमाडौंको जीवनशैली दिनप्रतिदिन महङ्गिदै गएको देखाएको छ । गत साउनको तुलनामा काठमाडौंको मूल्यवृद्धि केही घटेपनि २०७५ भदौको भन्दा अत्यधिक मूल्य वृद्धि भएको छ । २०७५ को भदौमा काठमाडौंको मूल्यवृद्धि अन्य क्षेत्रको भन्दा अत्यन्त कम भएपनि यस वर्षको भदौमा अत्यधिक मूल्यवृद्धिको सूचिमा काठमाडौं उपत्यका परेको छ । गत आवको भदौमा काठमाडौंमा जम्मा २.९८ प्रतिशतमात्र मूल्यवृद्धि थियो भने यस आवको भदौमा मूल्यवृद्धि बढेर ७.९० प्रतिशत पुगेको छ । गत साउनमा काठमाडौंमा ८.६३ प्रतिशत रहेको थियो । २०७६ को भदौमा तराईमा ५.६९, पहाडमा ५.०९ र हिमालमा ५.०२ प्रतिशत मूल्य वृद्धि रहेको छ । गत आवको भदौमा तराईमा ३.३८, पहाडमा ५ र हिमालमा ३.३५ प्रतिशत मूल्यवृद्धि रहेको थियो ।

घरायसी र व्यवसायिक प्रयोजनका लागि अब फेरि ग्यासमा दुई थरी मूल्य

काठमाडौं । अब सरकारले घरायसी प्रयोजनका लागि सहुलियत दरमा र व्यवसायिक प्रयोजनका लागि लागत मूल्यमा खाना पकाउने एलपी ग्यास विक्री गर्ने भएको छ । नेपाल आयल निगमले यसअघि नै गरेको निर्णयलाई कार्यान्वयनमा लैजाने याे गृहकार्य थालेकाे हाे । निगमले यस व्यवस्था  विविध कारणले  प्रभावकारी कार्यान्वयन हुन सकेकाे थिएन । निगमले याे व्यवस्थाका साथै आफैले प्लान्ट राखेर ग्यास आयात गर्ने बाटो पनि खोल्न लागेको छ। अहिले ग्यासमा प्रति सिलिन्डमा सरकारले ३ सय रुपैयाँ अनुदान दिइ रहेको छ । साे व्यवस्था  कार्यान्वयनमा गएसँगै व्यवसायीले भने सरकारले दिएकाे याे सुविधा पाउने छैनन् । व्यवसायीलाई नै आफनो इच्छा अनुसार ग्यास आयात गर्न दिँदा ग्यासको लागत खर्च कम लाग्ने हुँदा व्यवसायीहरुलाई पनि ग्यास सस्तो हुन जाने स्रोतको दावी छ । घरायसी र व्यवसायिक प्रयोजनका लागि २ रङका सिलिन्डर प्रयोगमा ल्याउँदा नियमन गर्न गाह्राे भएकाे र ग्यासको दुरुपयोग हुने भन्दै केही वर्षदेखि रोकिएको थियाे । अब भने निगमनले संयन्त्र र उपभोक्ता विवरण प्रणाली बनाएर सहुलियत मूल्यमा ग्यास वितरण गर्ने भएकाे छ । हाल निगमले खाना पकाउने एलपी ग्यासमा सबैभन्दा धेरै घाटा व्यहोरी रहेको छ । गत आर्थिक वर्षमा ग्यासमा निगमले साढे ५ अर्ब ४४ करोड रुपैयाँ घाटा व्यहोरोको थियाे । घरायसी प्रयोजन र व्यवसायिक प्रयोजनका लागि एउटै मूल्य भएको कारणले व्यावसायीहरुले पनि घरायसी मूल्यको ग्यास नै प्रयोग गरिरहेका छन् । यस्तो अवस्थाको अन्त्य गर्न सरकारले २०७० सालमा दुई प्रकारका सिलिन्डर प्रयोगमा ल्याउने निर्णय गरेर केही समय कार्यान्वयमा पनि लगेकाे थियाे । उद्योगीहरूले सिलिन्डरको रङ्ग परिवर्तन पनि गर्न सक्ने  आँकलन गरेर उपभोक्ताका लागि कार्ड समेत वितरण गरेकाे थियाे। तर अब त्यसो नभइ व्यवसायीहरुले आफ्नो इच्छा अनुसार प्लान्ट राखेर ग्यास राख्न पाउने सक्ने गरि ऐन परिवर्तन  गर्न लागिएकाे समेत स्रोतले जानकारी दिएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने जनतालाई सहुलियत दिनका लागि कुन व्यवस्था लागु गर्दा सहज र सरल हुन्छ भनेर अध्ययन भहिरहेको बताए ।  यस विषयमा छिट्टै निचोडमा पुग्ने उनकाे भनाइ छ। नेपाल एलपी ग्यास उद्योग व्यवसायी महासङ्घका अनुसार देशभरी करिब मासिक २ लाख ७० हजार सिलिन्डर एलपी ग्यास विक्री हुने गरेकाे छ । उक्त ग्यासमध्ये ४० प्रतिशत व्यावसायिक प्रयोजन र ६० प्रतिशत ग्यास घरायसी प्ररियोजनका लागि प्रयोग हुने अनुमान छ ।

टिभिएसकाे फाइनान्स मेला कात्तिक १ गतेदेखि, अर्को योजनामा बाइक नकिनी १ लाख जित्न सकिने

काठमाडौं । नेपालको लागि टिभिएस टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले फाइनान्स मेला “टिभिएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर” को आयोजना गर्ने भएको छ । मेलामा ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप १० हजार रुपैयाँ मुल्याँकनजस्ता उत्कृष्ट अफरहरु पाउने उक्त मेलाको मुख्य आकर्षण हो । यही कार्तिक १ गतेदेखि ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा संचालन हुने यस मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन् । कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटरको बदलामा टिभिएस को नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने छ । साथै, यो योजनाले टिभिएससँग नाता जोड्न चाहने नयाँ ग्राहकहरुलाई सुनौलो अवसर प्रदान गरेको छ भनें पुराना टिभिएस ग्राहकले आफ्नो बाइकको स्तरोन्नति गर्ने मौका पाएका छन् । योजना संचालन गर्नुको उद्देश्य माथि प्रकाश पार्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने “हामीले यतिखेर ग्राहकहरुमाझ टिभिएस दशैंको दौड जस्तो पहिले नभएको विशेष अफर पेश गरिरहेका छौं । यो फेयरले ग्राहकहरुलाई टिभिएससँग अझ नजिक बनाउने विश्वास हाम्रो रहेको छ ।” त्यस्तै, ग्राहकले “टिभिएस दशैंको दौड” योजना अन्तर्गत बाइक नकिन्दा नै १ लाखसम्म नगद जित्न सक्नेछन् भनें किन्दा १०० प्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन् । साथमा अन्य आकर्षक उपहारहरु पनि यस योजनामा प्राप्त गर्न सकिन्छ । टिभिएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ ।