टिभीएसको ह्विली बिट्स कन्सर्ट भोलि जनकपुरमा हुने
काठमाडौं । नेपालको लागि टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रा.लिले नेपालीहरुको महानपर्ब बडा दशैँ तथा दीपावलीको पावन अवसरमा ग्राहकहरुलाइ लक्षित गरी “ टिभी एस दशैको दौड” भन्ने स्किम लागु गरेको सबैलाई अवगत नै छ । यही उपलक्ष्यमा जगदम्बा मोटर्स प्रा.लि. नेपालको मुख्य मुख्य सहरमा टिभिएस ह्वीली बिट्स नामको कार्यक्रम गर्न लागेको छ । त्यस कार्यक्रममा राष्टिय बाइक राइडरको स्टन्ट शो प्रस्तुत हुनेछ भने बिभिन्न गीतहरुमा नृत्य साथै राष्टिय तथा स्थानीय कलाकारको कमेडी पनि प्रस्तुत हुनेछ । जुन कार्यक्रमबाट हालै नेपाली बजारमा भित्रिएका दुइ नया बाइक आर टि आर १६० २ भी र रेडीएन ११० को लन्च पनि हुनेछ । यस कार्यक्रमको सुरुवात सांस्कृतिक तथा धार्मिक र पयर्टकीय क्षेत्र जनकपुरबाट भोलि भाद्र ३१ गते जनकपुरको रामचोकमा दिउसो २ बजे टिभीएसको ह्विली बिट्स कन्सर्ट हुनेछ । साथै, टिभीएसको कन्सर्ट, नृत्य, गायन र अन्य मनोरन्जनात्मक कार्यक्रम हुनेछ , यस कार्यक्रम हेर्न को लागि कुनैं शुल्क लाग्ने छैन । साथमा लोकप्रिय राष्टिय कलाकारका साथै स्थानीय कलाकारको पनि सहभागी हुने कुरा जगदम्बा मोटर्सको मार्केटिङ म्यान्जेर नवराज कोइरालाले बताएका छन् ।
इभेण्ट सोलुसनकाे आयोजनामा दशैं तिहार लक्षित ‘स्टक क्लियरेन्स मेला’ हुँदै, असोज १ देखि शुरु
काठमाडौं । दशैंको अवसर पारेर असोज १ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको सबै तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रा.लिले जनाएको छ । असोज २ गतेदेखि मेला आयोजना हुने भनिएकोमा प्राविधिक कारणले असोज १ गतेदेखि नै मेला शुरु हुने भएको हो । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएको छ । यस पटक पनि मेलालाई निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ । यसरी, ‘अफरै अफरको ब्यापारिक मेला शपिङ गर्ने यहि हो बेला भन्ने अर्को नारासहित सञ्चालन हुने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन् । इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले बताएका छन् । दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । एक्सपोको प्रवद्र्धन नेपाल चेम्बर अफ कमर्शले गर्नेछ ।
नेपालमा उत्पादन भएको कार्पेट सस्तो छः केशवप्रसाद सिटौला
चीनबाट कार्पेट ल्याएर बिक्री गर्दै आएको माहाकोष सेगी कार्पेटले अहिले नेपाालनै विदेशी गुणस्तरको कार्पेट उत्पादन गरिरहेको छ । कम्पनीले ४ वर्षदेखि नेपालमै कार्पेट उत्पादन गर्दै आएको छ । नेपालमा कार्पेटको व्यापार कस्तो छ । कार्पेट उत्पादनको लागि के समस्या छ भनेर माहाकोष सेगी कार्पेटका डाइरेक्टर केशवप्रसाद सिटौलासँग गरेको कुराकानीः माहाकोष सेगीले कस्तो कार्पेट उत्पादन गर्छ ? माहाकोष सेगीले सेगीको टपटेन सेगीको कार्पेट उत्पादन गरिरहेको छ । हामीले नेपालमा नै उत्कृष्ट गरिरहेका छांै । हामीले ४ वर्ष अघिदेखि उत्पादन सुरु गरेका थियौ । अरु कार्पेटभन्दा माहाकोष सेगी कार्पेटमा के फरक छ ? हाम्रो प्रकृतिमैत्री कार्पेट हो । यो कार्पेट सजावटका लागि बढी प्रयोग गरिन्छ । यो कार्पेट पहिले चीनबाट आइरहेको थियो । पछि हामीले नेपालमा नै उत्पादन सुरु गरेका हौ । चीनबाट आयात गरेर बिक्री गर्नुभन्दा नेपालमा नै उत्पादन गरेर बिक्री गर्दा के फरक पाउनु भयो ? विदेशबाट ल्याउदा एक पटक जति सामान ल्यायो त्यति मात्रै हो । त्यो कम्पनीले बिग्रेको सामानको जिम्बा लिदैन । तर नेपालमा नै उत्पादन भएको सामान वा सेगीको कम्पनीले जिम्बा लिन्छ । चीनबाट ल्याएर बिक्री गरेको कार्पेट भन्दा नेपालमा नै उत्पादन भएको विदेशको भन्दा अझ गुणस्तरको सेगी कार्पेट नै कम मूल्यमा बिक्री गरिरहेका छौ । हामीले उपभोताको इच्छा अनुसार कस्तो र कत्रो चाहिन्छ अडोर अनुसार हामीले उत्पादन गरेर दिने गरेका छौ । मुनाफामा नेपालमा मै उत्पादन गरेको र विदेशबाट ल्याएर बिक्री गरेकोमा कुनमा बढी ? नेपालमा उत्पादन गरेको उत्पादन गरेको कार्पेटभन्दा विदेशी कार्पेट ल्याएर बिक्री गर्नु नै बढी मुनाफा हुन्छ । तर, नेपालमा नै विदेशको भन्दा राम्रो कार्पेट उत्पादन गर्नुमा छुटै किसिमको मज्जा छ । नेपालमा नै उद्योग सञ्चालन गर्दा नेपालीले नै रोजगारी, देशको व्यापर घाटामा केहि कमी हुन्छ । चीनको सेगी कार्पेट व्यापार र नेपालमा नै उत्पादित सेगीको व्यापारमा के फरक छ ? जब नेपालमा सेगी कार्पेट उत्पादन हुन थाले पछि नेपालीहरुले यो नेपालमा नै बनेको र विदेशको भन्दा राम्रो र सस्तो छ भनेर व्यापारमा वृद्धि भएको छ । जब नेपालमा नै सेगी उत्पादन हुन थाल्यो । तब उपभोताले नेपाली राम्रो ब्रान्ड हो भनेर विदेशी भन्दा नेपाली उत्पादनलाई बुझ्दै गए । बजारको प्रतिकृया कस्तो छ ? हाम्रो उद्योगमा नै आएर उपभोताले यस्तो किसिमको उत्पादन गरिदिनु परो भनेर भनिरहेका हुन्छन । हाम्रो कार्पेटको बजारमा राम्रो बन्दै गइरहेको छ । नेपालमा कार्पेट उत्पादनमा के समस्या छ ? हाम्रो देशमा मध्यम खालका मेशिनहरू मात्रै छन । हाम्रो देशमा कच्चा पदार्थहरू छैन । हामीले धागो उद्योगहरुको समेत विकास गर्न सकेका छैनौ । हामीले कच्चा पदार्र्थ भारत र चीनबाट ल्याइरहेका छौ । त्यो कच्चा पदार्थ नेपालमा नै उत्पादन हुने हो भने अझ सहज हुने थियो । मेलामा सहभागि हुँदा के फाइदा भएको छ ? माहाकोष सेगीलाई उपभोक्ताले चीनको प्रडक्ट हो भनेर नै बुझिरहेका थिए । यो मेलामा हामीले हाम्रो ब्रान्डको बारेमा बुझाउन पाइरहेका छौं ।