देश संकटमा पर्यो, हामी रातदिन नभनी काम गरिरहेका छौं : मन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपाल कोरोनाको कारणले देश संकटमा परेको बताएका छन् । आइतबार विश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कूरा बताएका हुन् । ‘कोरोनाको कारणले विश्वभर नै संकट परिरहेको बेला नेपालमा पनि त्यस्तै संकट सुरु भएको छ, यसको विरुद्दमा लड्का लागि मन्त्रालयले रातदिन नभनी काम गरिरहेका छ’, उनले भने । देशभर नै कोरोनाको क्रास बढिरहेको बेला मन्त्रालयले सक्रिय भएर काम गरिरहेको उनले बताए । सबैभन्दा धेरै काम उद्योग मन्त्रालयको भएका कारणले पनि काममा सक्रिय देखाएको उनको भनाइ छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उत्पादन र मौज्दातभन्दा धेरै वस्तु माग भएका बेला मन्त्रालयलले कसरी काम गर्ने भन्ने विषयमा कार्यविधि तयार गरिरहेको बताए । विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोनाको उच्च जोखिमको सुचिमा राखे पछि नेपालमा संकट सुरु भएको बुझ्न सकिन्छ । हाल संगठनले कोरोनालाई महामारीको संज्ञा पनि दिइसकेको छ । चीनबाट सुरू भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसगैं नेपाल पनि संकटमा छ । हाल कोरोना भाइरस १ सय ४९ वटा देशमा फैलिसकेको छ ।  

३ हजारले घट्यो सुनको मल्य

काठमाडौं । सुनको भाउमा एकै दिन उच्च गिरावट आएको छ । बिहीबार ८१ हजार ५ सयमा कारोबार भएको सुन शुक्रबार तोलामा ३ हजारले गिरावट आएको छ । आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन तोलाको ७८ हजार ५ सय कायम गरेको छ । मंगलबार तोलाको हालसम्मकै उच्च ८२ हजार ७ सय पुगेको सुन बुधबार ४ सयले घटेर ८२ हजार ३ सयमा कारोबार भएको थियो । बिहीबार ८ सायले घटेर तोलाको ८१ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, शुक्रबार तेजावी सुनको भाउ पनि तोलामा ३ हजारले झरेर ७८ हजार २ सय कायम भएको महासंघले जनाएको छ । बिहीबार तोलाको ८१ हजार २ सयमा कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले झरेको छ । आज चाँदीको भाउ तोलाको ८ सय २० रहेको महासंघले जनाएको छ । बिहीबार तोलको ८ सय ६० मा कारोबार भएको थियो भने बुधबार तोलको ८ सय ८० मा कारोबार भएको थियो ।

कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारबाही गर्न माग

काठमाडाैं । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले कोरोनाको त्रास देखाएर ग्यासलगायत अतिआवश्यक सामग्रीको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारबाही गर्न माग गरे । नेपाली काँग्रेसका सांसद पुष्पा भुसालले कोरोना भाइरसका कारण विश्वमा हजारौँको मृत्यु र सङ्क्रमण भइसकेको अवस्थामा नेपालमा त्यसको सम्भावित सङ्क्रमणलाई लिएर बजारमा खाना पकाउने ग्यास लुकाइसकेका कुरालाई सरकारले कडाइका साथ हेर्न ध्यानाकर्षण गराए । उनले खाद्य सामग्री र औषधि उपचारका लागि सरकार तयार रहनुपर्ने र जनतालाई खाद्यान्न तथा औषधि उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने माग गरे । राष्ट्रिय जनता पार्टी नेपालका सांसद महेन्द्रराय यादवले कोरोना भाइरसको त्रासले जनतामा अन्यौलता सिर्जना भइरहेको हुँदा सूचना दिने एउटै र आधिकारिक प्रणाली बनाउन माग गरेका छन् । सांसद प्रेम सुवालले कोरोना भाइरस नियन्त्रणका लागि खुला सिमानामा भएका ४१ ठाउँमा हेल्थ डेस्क राखे तापनि कतिपय नाकामा जाँच नभएको हुँदा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने माग गरे । नेपाली काँग्रेसका सांसद डा डिला सङ्ग्रौलाले कोरोना भाइरसको त्रास विश्वव्यापी भएका कारण नेपाली जनता त्रसित भएको हुँदा बजारमा ग्यासलगायत अतिआवश्यक वस्तुको अभावप्रति सरकारले ध्यान दिनुपर्ने माग गरेका छन् । सांसद विद्या भट्टराईले कोरोना भाइरसको त्रासले सिङ्गो जनजीवन प्रभावित बनाइरहेको हुँदा सरकारले समयमै ध्यान दिन आग्रह गरे । रासस