टेकुमा खुल्यो मोटरहेडको शोरुम, दशैंको अवसरमा छुट

काठमाडौं । टेकुमा मोटरहेड मोटरसाईकलको  ७ औं शोरुम खुलेको छ । मोटरहेडले दशैँमा बाइक किन्नेलाई छुट पनि दिने भएको छ । मोटरहेड मोटरसाइकलको नेपालको आधिकारीक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड कम्पनीका अध्यक्ष शिवप्रसाद घिमिरेले सोमबार शोरुमको उद्घाटन गरेका छन् । मोटरहेडले नेपालमा ५ वटा मोडलका मोटरसाइकलहरु बिक्री गर्दै आइरहेको छ । यो कम्पनीले नेपालमा बिक्री गरिरहेको बाइकको ६ गेयरको छ । नेपालमा बिक्री भइरहेको सो ब्रान्डका बाइकहरु १४९ सिसि देखि २२३ सिसिसम्मका छन् । कम्पनीले बाइकको मूल्यू २ लाख ७८ हजार देखि ४ लाख ५० हजार तोकेको छ । यी वाइकहरुमध्ये एम एच १५० मा ५ गियर रहेको छ भने बाँकी सवैमा ६ गियर रहेको छ । अमेरिकन कम्पनी मोटरहेडले उत्पादन गरेको यी बाइकहरुलाई चाइनिज कम्पनी फ्यूगो पावर्सले एसेम्वल गरेको हो । मोटरहेडका सम्पूर्ण मोडलहरुमा एल्युमिनियम मिसाइएको मेटल बढी भएको हुनाले खिया लाग्ने समस्या हुँदैन । त्यसैगरी यी मोडलहरु अफरोड बाइक हुन् तरपनि यिनीहरुको टायर पिच सडकलाई पनि हुने गरि तयार पारिएको छ । टेक्कन २५० सिसिको बाइकको मूल्य ३ लाख ७५ हजार, स्पोर्ट २५ सिसिको बाइकको मूल्य ३ लाख ६५ हजार, स्क्र्याम्ब्लर २५० सिसिको बाइकको मूल्य ४ लाख ५० हजार एम एच २०० सिसि बाइकको मूल्य ३ लाख ७२ हजार र एम एच १५० सिसिको बाइकको मूल्य २ लाख ७८ हजार तोकेको छ । एसएलआर टेक्नो एण्ड ट्रेड कम्पनीका अध्यक्ष घिमिरेले ग्राहकलाई दशैंको अफरस्वरुप स्क्र्याच मार्फत ५ देखि २५ हजारसम्म नगद छुटको व्यवस्था रहेको बताए ।

आरटिआर २०० ४भी र एनएस २००, जानौं यी दुईमा कुन छ राम्रो

काठमाडाैं । खासगरी मोटरसाइकल किन्नुभन्दा अगाडि ग्राहकले उचित मूल्य, राम्रो पर्फमेन्स, आकर्षक लुक्स तथा राम्रो माइलेज लगायतका कुराहरुलाई ध्यानमा राख्ने गर्दछन् । हाल नेपाली बजारमा यी सम्पूर्ण खुबीहरु भएको मोटरसाइकलका रुपमा बजाजको पल्सर एनएस २०० र टिभिएसको अपाचे आरटिआर २०० ४भीलाई बढी रुचाइएको पाइन्छ । यी दुई मोटरसाइकलहरुमा धेरै समानताहरु पाइएता पनि कतिपय कुराहरुमा भने भिन्नता रहेका छन् । आज हामिले यी दुई मोटरसाइकलका भिन्नताहरुलाई तपाईंका सामू लिएर आएका छौं, जसले तपाईंलाई यी दुईमध्येका मोटरसाइकलबाट कुनै एउटा छान्नमा मद्दत पुर्याउने छ । लुक्स अपाचे आरटिआर २०० ४भी को समग्र डिजाइनलाई हेर्ने हो भने पल्सर एनएस २०० को तुलनामा यो मोटरसाइकल स्लिम र स्लिक रहेको छ । तुलनात्मक रुपमा हेभि देखिने एनएस २०० को फ्यूल ट्याङ्क भने आरटिआर २०० को भन्दा बल्की छ । एनएसमा अण्डर बेली एक्जस्ट दिइएको छ भने आरटिआरमा चाहिँ म्याट ब्ल्याक फिनिसिङ्गको एक्जस्ट दिइएको छ । त्यसैगरी, कम्पनीले एनएसमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ भने आरटिआरमा चाहिँ फूल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ । डाइमेन्सन डाइमेन्सनको कुरा गर्दा एनएस २०० को लम्वाई २०१७ मिलिमिटर छ भने आरटिआर २०० को लम्वाई भने २०५० मिलिमिटर रहेको छ । त्यसैगरी एनएस २०० को चौडाई ८०४ मिलिमिटर, उचाई १०७५ मिलिमिटर, सीट हाइट ८०५ मिलिमिटर, ग्राउण्ड क्लियरेन्स १६७ मिलिमिटर र व्हिलवेश चाहिँ १३६३ मिलिमिटर रहेको छ भने आरटिआर २०० को चौडाई ७९० मिलिमिटर, उचाई ११०५ मिलिमिटर, सीटहाइट ८०० मिलिमिटर, ग्राउण्ड क्लियरेन्स १८० मिलिमिटर र व्हिलवेश चाहिँ १३५३ मिलिमिटर रहेको छ । त्यसैगरी कर्ववेटको कुरा गर्नुपर्दा एनएस २०० को कर्ववेट १५१ के.जी. छ भने आरटिआर २०० को कर्ववेट चाहिँ १४८ के.जी. रहेको छ । इञ्जिन तथा गियर एनएस २०० मा १९९.५ सीसीको लिक्विड कूल्ड इञ्जिन दिइएको छ भने आरटिआर २०० मा चाहिँ १९७.८ सीसीको ओयल कूल्ड इञ्जिन दिइएको छ । त्यसैगरी गियरको कुरा गर्नुपर्दा एनएस २०० मा ६–स्पिड गियरबक्स दिइएको छ भने आरटिआर २०० मा चाहिँ ५–स्पिड गियरबक्स दिइएको छ । पर्फमेन्स एनएस २०० को इञ्जिनले ९५०० आरपिएममा २३.१७ बीएचपीको पावर र ८००० आरपीएममा १८.३ एनएमको टर्क प्रोड्यूस गर्दछ । तर आरटिआर २०० को इञ्जिनले भने ८५०० आरपिएममा २०.२ बीएचपीको पावर र ७००० आरपीएममा १८.१ एनएमको टर्क प्रोड्यूस गर्दछ । त्यसैगरी एनएस २०० ले ० देखि ६० सम्मको स्पिड ३.७ सेकेण्डमा कभर गर्न सक्छ भने ० देखि १०० को स्पिड चाहिँ १०.५ सेकेण्डमा कभर गर्न सक्छ । तर आरटिआर २०० ले चाहिँ ० देखि ६० सम्मको स्पिड केवल ३.६ सेकेण्डमै र त्यसैगरी ० देखि १०० को स्पिड चाहिँ ११.५ सेकेण्डमा कभर गर्न सक्छ । टप स्पिड र माइलेज एनएस २०० को टप स्पिड १३६ केएमपीएच र आरटिआर २०० को टप स्पिड चाहिँ १३५ केएमपीएच छ भनी सम्वन्धित कम्पनीहरुले दावी गरेका छन् । त्यसैगरी एनएस २०० ले ३५ केएमपीएल माइलेज दिन्छ भने आरटिआर २०० ले चाहिँ ४० केएमपीएल माइलेज दिने गरेको छ । तर स्मरण रहोस् माइलेज भन्ने कुरा चाहिँ राइडरको कुदाउने तरिकामा भरपर्ने कुरा हो । मूल्य नेपाली बजारमा एनएस २०० को मूल्य रु. ३,१९,९०० तोकिएको छ भने आरटिआर २०० ४भी को मूल्य चाहिँ रु. ३,२४,९०० तोकिएको छ । अन्य एनएस २०० को फ्रन्ट टायर १००/८० सेक्सनको छ भने आरटिआर २०० को चाहिँ ९०/९० सेक्सनको छ । त्यसैगरी एनएसमा प्रेस्ड स्टिल पेरिमिटर फ्रेम दिइएको छ भने आरटिआर मा चाहिँ डवल क्रेडल स्प्लिट सिङ्क्रो स्टिफ फ्रेम दिइएको छ । स्लिपर क्लचको कुरा गर्नुपर्दा आरटिआर २०० मा यो फिचर दिइएको छ भने एनएस २०० मा चाहिँ दिइएको छैन ।

अनलाइन शपिङ साइटले ल्यायो ‘दराज दशैं धमाका’,६० प्रतिशत सम्म छूट

काठमाडौं । दशैंमा खुशियाली डिलिवर गर्ने बाचा लिएर नेपालको बृहत अन्लाईन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठुलो सेल – दराज दशैं धमाका लिएर आएको छ । अभियान यहि भदौ २९ देखि असोज १३ सम्म हुने भएको छ । यस अभियान अन्तर्गत उपभोक्ताहरुले ६०% सम्मको छूट भएको मेगा डिल्स्, दशैं दक्षिणा (डिस्काउन्ट भौचर), मिस्ट्री बक्स्, कलेक्टिबल भौचरहरु, गेम जोन, तथा अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नेछन् । उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउनु दराजको प्राथमिकता हो । त्यसैले दराजले लोकप्रिय शेक शेक गेम फेरी यस अभियानमा लिएर आएको छ । शेक शेक गेम अन्तर्गत आकर्षक भौचरहरु जित्न उपभोक्ताहरुले २८–३० भदौ र ३–५ असोज को बीच हरेक दिन तोकिएको समय (शेक शेक गेम सेशन) भित्र दराज एप खोली आफ्नो मोबाइल फोन हल्लाउनु पर्ने हुन्छ । दशैंको उपलक्षमा दराजले महा बम्पर उपहार पनि लिएर आएको छ । लक्की ड्र मार्फत एक भाग्यशाली उपभोक्ताले नयाँ टिभिएस अपाची आरटिआर १६० फोर भि जित्ने मौका पाउनेछन ्। लक्की ड्रमा भाग लिने उपभोक्ताहरुले भदौ २९ देखि असोज १३ को बीचमा दराजमा शपिङ गर्नुपर्नेछ । यस लगायत उपभोक्ताहरुले अन्य धेरै उपहार पनि जित्न सक्नेछन् । दराजको यस दशैं अभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भन्छन्, “दशैं भनेको वर्षकै सबै भन्दा ठुलो शपिङ सिजन हो । अन्लाईन प्लेटफर्म हुनुका कारण हामी यस दशैँ धमाका अभियानद्वारा उपभोक्ताहरुलाई घरै बसी तथा चाडपर्व सुरुहुनु अघिनै दशैँको किनमेल गर्न पाउने सहज सुविधा प्रदान गर्ने आशा गर्दछौं ।” बैंकिङ्ग सहयात्रीबाट पाइने अतिरिक्त छुटहरु ः उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन दराज ले ७ ठुला बैंकहरु सँग मिलि थप छूटहरु लिएर आएको छ । उपभोक्ताहरुले दराजको ७ बैंकिङ्ग पार्टनरहरुको (नबिल बैंक,स्टाण्डर्ड चार्टड,सानीमा बैंक,मेगा बैंक, ग्लोबल बैंक,एनआइसी बैंक,माछापुछे बैंक) डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा रु २५०० सम्मको छूट पाउनेछन् । यदी उपभोक्ताहरु सँग उक्त बैंकहरु को कार्ड छ तर अन्लाईन पेमेन्ट सुचारु छैन भने आफ्नो बैंकसँग सम्पर्क गरी सुचारु गर्न सकिन्छ । यस लगायत अन्य धेरै अफरहरु पनि टप ब्रान्डहरुमा दामी डिल्स्ः यस अभियानमा संयुक्त सहयात्री ब्रान्डहरु मध्ये टिभीएस, सियोमी, सामसुङ, भियानेट, समरा, होलिडज, हुवावे, साने, एलजी, होम ग्लोरी, एडिडास, भ्यान्स, सोनम ग्यर्स, मन्त्र विशेष, क्रियशन, लिगो, टेक्नििक, जुआस, रंगोली, एण्ड अमार्य फेसन हाउस पर्दछन् । यी सबै ब्रान्डहरुको विभिन्न उत्पादन हरुमा ६०% सम्मको छूट रहेको छ । दराज दशैं धमाका अन्तर्गत अन्य धेरै तथा छुटाउन नहुने अफरहरुमध्ये सम्साराको बालि, दुबई, इजिप्टका होलिडे प्याकेजहरु पनि पर्दछन् । साथै टिभिएस,एनटीओआरओ, स्कुटर, हिटाची, ४३ स्मार्ट टिभिएस भियानेट, प्याकेज, एमआइ फोन, मन्त्र नेपाल, टाभलिङ गितार, सोनम गियर्स, एडिडासका उत्पादनहरु तथा अन्य घरायसी समानहरुमा पनि आकर्षक छूटहरु रहेका छन् । यसका साथै अब दराजमा गाडी पनि किन्न मिल्नेछ । दराजले यस दशैँको उपलक्ष्यमा सबैभन्दा सुलभ मूल्यमा टाटा टियागो गाडी लिएर आएको छ ।