होण्डाको ‘एचआर-भी’, दशैंमा किने भारी छुट
काठमाडौँ । होण्डा फोर व्हिलर्सको नेपालका लागि आधिकारीक विक्रेता स्याकार ट्रेडिङ्ग प्रा.लि.ले केहि महिना अघि नेपालमा लञ्च गरेको ‘एचआर–भि सवकम्प्याक्ट एसयुभि’ निकै नै चर्चामा रहेको छ । यसको मूल्य नेपाली बजारमा ९९ लाख रुपैयाँ रहेको छ । जापानमा होण्डा विजेलको नामबाट चिनिने यो कारमा केहि पार्टस्हरु होण्डा ज्याज, होण्डा सिटि र होण्डा डब्लुआरभी कै दिइएका छन् । होण्डाको लेटेस्ट डिजाइन ल्याङ्ग्वेज पाएको यस मोडेलमा ठूलो ग्रिल, नयाँ एलइडि हेडल्याम्प्स, नयाँ फग ल्याम्प र नयाँ फ्रन्ट बम्पर दिइएका छन् । ठूलो अपेरियन्स र ठूलै क्याविन रहेको यस कारको अफरोडिङ्ग क्षमता पनि गज्जवको रहेको छ । यस कारका सेफ्टि फिचरहरुको रुपमा ४ ओटा एयरब्याग्स, एबीएस सिस्टम, ईबीडी सिस्टम, ट्र्याक्सन कन्ट्रोलजस्ता कुराहरु रहेका छन् भने कम्फर्ट फिचरका रुपमा एयर कण्डिसन, फोल्डिङ्ग गर्न मिल्ने एड्जस्टेवल र आरामदायक लचकदार सिटहरु रहेका छन् । त्यसैगरी अन्य फिचरहरुको रुपमा यो कारमा पेडल सिफ्टर्स, स्मार्ट किलेस इन्ट्री, क्रुज कन्ट्रोल, पुस स्टार्ट सिस्टम, ७.० इन्च टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, टायर प्रेसर मोनिटरिङ्ग सिस्टम जस्ता कुराहरु रहेका छन् । यसमा प्रयोग भएको १४९६ सीसी ४ सिलिण्डर डिओएचसि पेट्रोल इञ्जिनले १२९ बिएचपिको पावर र १५५ एनएमको टर्क प्रोड्यूस गर्दछ । त्यसैगरी यस कारमा ६ गियरहरु रहेका छन् भने कारले ० देखि १०० केएमपीएचको स्पिड केवल ११.२ सेकेण्डमै कभर गर्न सक्छ । यसैगरी ५ सिटर यस कारको डाइमेन्सनको कुरा गर्नु पर्दा यसको लम्वाई ४२९५ मिलिमिटर, चौडाई १७७० मिलिमिटर र उचाई १६०५ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १८० मिलिमिटर रहेको छ । त्यसैगरी ४० लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यस कारका सम्पूर्ण चक्काहरुमा डिस्क ब्रेक दिइएका छन् । कम्पनीले जनाए अनुसार अहिलेको विशेष अफर अनुसार यस कारको खरिदमा रु.५ लाख छुट, इन्स्योरेन्सको व्यवस्था र एडिस्नल एक्सेसरीजका रुपमा फ्लोर म्याट र डोर भाइजरजस्ता कुराहरु पनि दिइएका छन् ।
किन चर्चित छ नेपालमा यामाहाको ‘एफजि भी३’ ?
काठमाडौँ । यामाहाले केहि महिना अघि एफजिको भर्जन ३ लाई पुरानो भर्जनभन्दा फरक डिजाइनका साथ सार्वजनिक गरेको थियो । एफजि भी३ आफ्नो पुरानो भर्जन एफजि भी२ भन्दा अझ बढि मस्कुलर र कम्फर्टेवल रहेको छ । यामाहाले एफजि भी३ मा विल्कुलै नयाँ एलईडि हेडलाइट दिएको छ जुन यामाहाकै एफजि २५ को हेडलाइट सँग मेल खान्छ । त्यसैगरी यस बाइकमा दिइएको मस्कुलर ट्याङ्कको कारण यो बाइक एकदम ह्याभि र एग्रेशिभ पनि देखिन्छ । यामाहाले सिङ्गल सिट सेटअप, वाइड हेण्डल वार, बेली प्यान, नयाँ एक्जस्ट, नयाँ इन्स्ट्रुमेन्ट कन्सोलजस्ता कुराहरुको सहायताले एफजि भी ३ लाई पूर्णरुपमा नयाँ लुक्स दिन सफल भएको छ । त्यसैगरी पिलियन कम्फर्टमा विशेष ध्यान पुर्याएको यस बाइकको सिटको सर्फेस एरिया भने पहिलेभन्दा १६ प्रतिशतले बढी छ । ५–स्पिड गियरबक्स दिइएको एफजि भी३ मा १४९ सीसी सिङ्गल सिलिण्डर एयरकुल्ड इञ्जिन दिइएको छ जसले १३.२ पिएसको पावर र १२.८ एनएमको टर्क प्रोड्यूस गर्दछ । यो इञ्जिन फ्यूल इन्जेक्टेड इञ्जिन हो जसको विशेषता बाइकले दिने माइलेजमा लामो समयसम्म एकरुपता ल्याउनु र त्यसैगरी इञ्जिन चिसिएर स्टार्ट नहुने समस्यालाई पनि समाधान गर्नु हो । त्यसैगरी यस बाइकको टप स्पिड १२० केएमपीएच हो भने यसले लगभग ५० केएमपीएलको माइलेज दिन्छ । दुवै चक्कामा डिस्क ब्रेक भएको यस बाइकको अगाडिको चक्कामा एबीएस दिइएको छ जसले अकस्मात ब्रेक लगाउँदा बाइक चिप्लिने समस्यालाई समाधान गर्दै बाइकलाई थप सुरक्षित समेत बनाएको छ । नेपालका लागि यामाहा टू व्हिलर्सको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रा.लि.ले नेपाली बजारमा एफजिएस भी३ को मूल्य रु.३,१५,९०० तोकेको छ । यसको आकर्षक लुक्स, कम्फर्टेवल सिट, राम्रो माइलेज र त्यसैगरी एफआई इञ्जिन र एबीएसजस्ता आधुनिक फिचरका कारण यस बाइकले नेपाली बजारमा राम्रो पकड जमाउन सफल भएको हो भन्न सकिन्छ । अहिले दशैं अफरको रुपमा एफजिएस भी३ मा स्क्र्याच कुपन मार्फत् कम्तीमा रु.७,००० देखि रु.१,००,००० सम्मको नगद छुटको व्यवस्था रहेको कुरा कम्पनीले जनाएको छ ।
यो हो नेपालमा पाइने भक्सवागनको सबैभन्दा सस्तो कार, मूल्य कति ?
काठमाडौं । भक्सवागनको नेपालका लागि आधिकारीक विक्रेता पूजा इन्टर्नेशनल प्रा.लि.ले जर्मन अटोमेकर कम्पनीको विभिन्न मोडेलहरु नेपालमा विक्री वितरण गर्दै आइरहेको छ । नेपालमा पाइने भक्सवागनका कारहरुमध्ये पोलो १.० ट्रेडलाइन प्लस सवैभन्दा सस्तो मोडेल रहेको छ जसको बजारमूल्य रु.२८ लाख ४५ हजार तोकिएको छ । यस कारका सेफ्टि फिचरहरुको रुपमा दुईओटा एयरब्याग्स, एबीएस सिस्टम, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टि लकजस्ता कुराहरु रहेका छन् भने कम्फर्ट फिचरका रुपमा म्यानुअल एयर कण्डिसन, फोल्डिङ्ग सिट, हाइट एडजस्ट गर्न मिल्ने ड्राइवर सिट, एडजस्ट गर्नमिल्ने हेड रेस्टजस्ता कुराहरु रहेका छन् । त्यसैगरी, अन्य फिचरहरुको रुपमा यो कारमा आउटसाइड रियर भ्यू मिरर्स, रुफ माउन्टेड एन्टेना, सवै आवश्यक जानकारी डिस्प्ले गर्ने एनालग इन्स्ट्रुमेन्ट क्लष्टर, १२ भोल्टको ब्याट्री जस्ता कुराहरु रहेका छन् । यसमा प्रयोग भएको ९९९ सीसी ३ सिलिण्डर डिओएचसि पेट्रोल इञ्जिनले ७५ पिएसको पावर र ९५ एनएमको टर्क प्रोड्यूस गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १८.७८ केएमपीएल माइलेज दिन्छ । यसरी, ५ सिटर यो कारको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ३९७१ मिलिमिटर, चौडाई १६८२ मिलिमिटर र उचाई १४६९ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १६५ मिलिमिटर रहेको छ । त्यसैगरी ४५ लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् । कम्पनीले जनाए अनुसार अहिलेको विशेष अफर अनुसार यसकारको खरिदमा रु. १,५५,००० छुट दिइएको छ भने एडिस्नल एक्सेसरीजका रुपमा रियरभ्यू क्यामरा र पावर विन्डोजस्ता फिचरहरु पनि दिइएका छन् । भक्सवागनको नेपालमा विक्री भइरहेको सबैभन्दा महँगो मोडेल चाहिँ टिगुवान हाइलाइन एसयूभी हो जसको नेपाली बजार मूल्य भने रु.१ करोड ५८ लाख रहेको छ ।