चालक अनुमतिपत्र छपाइका लागि आइपुग्यो चार लाख कार्ड
काठमाडौँ । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरीद गरेकामा पहिलो चरणमा चार लाख कार्ड आइपुगेको हो । ‘ग्लोबल टेण्डर’ मार्फत कार्ड खरीद गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि विभागमा कार्ड थोरै मात्रै बाँकी रहेकाले र अहिले ठूलो क्षमताको उपकरण ९मास प्रिन्टर० को परीक्षण भइरहेकाले अहिलेसम्म थोरै सङ्ख्यामा छपाइ हुँदै आएको विभागका प्रवक्ता तीर्थराज खनालले बताए । दश लाख कार्ड खरीद प्रक्रिया अघि बढाइएकामा केही समयभित्रै बाँकी छ लाख कार्ड आइपुग्नेछ । उनले भने, “कार्ड पर्याप्त भएपछि नियमित र क्षमतानुसार छपाइ हुनेछ ।” ‘मास प्रिन्टर’ को क्षमता प्रतिघण्टा ५०० कार्ड छपाइ गर्ने रहेको छ । यसले पूर्णरूपमा काम गर्न थालेसँगै अहिले रहेको चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ समाधान हुने प्रवक्ता खनालले बताए । चालक अनुमतित्रका लागि लिइएको परीक्षा उत्तीर्ण र नवीकरणका लागि राजश्व बुझाएको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र पाइसकेका छैनन् । सरकारले चार वर्षपहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । अहिलेसम्म विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन)को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका थिएनन् ।
‘सुजुकी जिक्सर २५०’ पर्ला त नेपाली युवाको रोजाईमा ?
काठमाडौँ । नेपालका लागि सुजुकी टू व्हीलर्सको आधिकारिक बिक्रेता भीजी अटोमोवाइल्स प्रालिले हालसालै सम्पन्न ‘नाडा अटो शो–२०१९’ मा ‘जिक्सर २५०’ सार्वजनिक गरेको थियो । यो विल्कुलै नयाँ मोडेल नेपाल आउनु अघि भारतीय बजारमा सार्वजनिक भएको थियो । ‘२०१९ जिक्सर १५५’ जस्तै देखिने यो मोडेल सो बाइकको तुलनामा अझ बढि मस्कुलर र कम्प्याक्ट समेत छ । सुजुकीले जिक्सर २५० मा विल्कुलै नयाँ फ्ल्याट एलइडि हेडलाइट, नयाँ फूल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ट्याङ्क स्राउड, बेली प्यान र स्प्लिीट सिटजस्ता फिचरहरु दिएको छ, जसको कारण यो बाइक एकदमै स्टाइलिस र एग्रेशिभ पनि देखिएको छ । सुजुकीले यस मोडेलमा एलइडि टेल लाईट, डुअल ब्यारेल एक्जस्ट र मडगार्डजस्ता कुराहरु दिएर यसको रियर सेक्सनलाई पनि आकर्षक बनाएको छ । ६–स्पिड गियरबक्स दिइएको जिक्सर २५० मा २४९ सीसी सिङ्गल–सिलिण्डर, एसओएचसि, फ्यूल इन्जेक्टेड इञ्जिन दिइएको छ जसले २६ बिएचपिको पावर र २२.६ एनएमको टर्क प्रोड्यूस गर्दछ । यो इञ्जिनमा ओएल कुलिङ टेक्नोलोजी समावेस गरिएको छ जुन इञ्जिन चिस्याउनमा एयर कुलिङ टेक्नोलोजी भन्दा राम्रो मानिन्छ । टायरको कुरा गर्नुपर्दा यस बाइकमा प्रयोग गरिएको अगाडिको ११०/७० सेक्सनको र पछाडिको १५०/६० सेक्सनको गरी दुवै टायरहरु जिक्सर १५५ को भन्दा चौडा छन् । त्यसैगरी दुवै चक्कामा डिस्क ब्रेक दिइएको यो बाइकमा डुअल च्यानल एबीएस पनि दिइएको छ जसले बाइकलाई एकदम सुरक्षित समेत बनाएको छ । भीजी अटोमोवाइल्स प्रालिले नेपाली बजारमा जिक्सर २५० को मूल्य रु.४,६१,९०० तोकेको छ । त्यसैगरी दशैं र तिहारको अफर अनुरुप भने कम्पनीले यस बाइकको खरिदमा रु.१०,००० नगद छुटको व्यवस्था गरेको छ ।
कारहरुको लागि होण्डाको ड्रिम एक्सचेञ्ज योजना
काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले तीन दिनका लागि होण्डा ड्रिम एक्सचेञ्ज योजना ल्याएको छ । असोज ९, १० र ११ गते, होण्डा कार शोरुम, रिङ्गरोड धोबीघाटमा हुने एक्सेन्ज योजनामा कुनै पनि पुरानो कारसँग नयाँ होण्डा कार एक्स्चेन्ज गर्न सकिने छ । योजना अविधि भर होण्डाका ग्राहकहरुले एक्सचेन्जमा विभिन्न सुविधाका साथै आकर्षक एक्स्चेन्ज बोनस समेत प्राप्त गर्न सक्नेछन् । योजना अन्तर्गत ग्राहकहरुले होण्डाको दशैं योजना अन्तर्गतका उपहार तथा सुविधाहरुका साथै ९.५% को ब्याजदरमा ७०% सम्मको फाइन्यानसिङ्ग सुविधा, रु. १ लाखसम्मको आकर्षक बोनस एक्स्चेन्ज, रु.५०,००० सम्मको आकर्षक लोयालिटी बोनस तथा टेष्ट ड्राइभमा आकर्षक उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।