सोनालिका ट्रयाक्टरमा पेट्रोनस आयल प्रयोग गरिने, नेपालका लागि लुब्रि-एक्स सार्वजनिक

काठमाडौं । नेपाली बजारमा बिक्री-वितरण हुने सोनालिका ट्रयाक्टरमा अब पेट्रोनस आयल प्रयोग हुने भएको छ । यसका लागि सोनालिका र पेट्रोनस बीच सहकार्य भएको हो । पेट्रोनसले यसका लागि लुब्रि-एक्स सब-ब्रान्डको इञ्जिन तथा ट्रान्समिसन आयल नेपाली बजारमा सार्वजनिक गरेको छ । पेट्रोनस लुब्रिकेन्टका एसिया प्यासिफक रिजनल हेड रुस्लान हालिम बिन इस्लाउद्दिन र सोनालिका ट्रयाक्टरको उत्पादक इन्टरनेसनल ट्रयाक्टर्स लिमिटेडका इन्टरनेसनल सर्भिस एन्ड स्पेयर्स हेड तारक मन्नाले सो आयल सार्वजनिक गरेका हुन् । सोनालिका ट्रयाक्टरमा प्रयोग गरिने लुब्रि-एक्स इन्जिन तथा ट्रान्समिसन आयलले इन्जिन डिपोजिटलाई नियन्त्रण गर्नुृका साथै इन्जिनको आयु बढाउन सहयोग गर्छ । त्यसैगरी यसले ब्रेक, डिस्क, गियरबक्स र हाइड्रोलिक लिफ्टको आयु समेत बढाउछ । सो इन्जिन आयल १, ८.५ र १० लिटर तथा ट्रान्समिसन आयल १, ५ र २० लिटर प्याकमा उपलब्ध छ । नेपाली बजारमा उपलब्ध गराएको अवसरमा विन्टर धमाका नामक अफर समेत ल्याइएको छ । यस अन्तर्गत अक्टोबरदेखि डिसेम्बरसम्म ३ महिनाको अवधिमा ६ किलोलिटर वा सो भन्दा बढी आयल बिक्री गर्ने डिलरलाई ३ रात र ४ दिनको दुबई भ्रमणको अफर समेत सार्वजनिक गरिएको छ । सो अवसरमा दुवै कम्पनीका नेपालस्थित च्यानल पार्टनरहरुको सहभागिता थियो । पेट्रोनस र सोनालिका आफ्नो क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै परिचित कम्पनी हुन् । सन् १९७४ मा स्थापित मलेसियन कम्पनी पेट्रोनसका अटोमोटिभ तथा इन्डष्ट्रियल लुब्रिकेन्ट विश्वका ९० भन्दा बढी देशमा बिक्री हुन्छन् । विश्वका प्रमुख १० लुब्रिकेन्ट कम्पनीमा पेट्रोनस पनि पर्छ । पेट्रोनस लुब्रिकेन्ट सन् २०१२ देखि नेपाली बजारमा पनि उपलब्ध छ । नेपालमा बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले पेट्रोनस लुब्रिकेन्ट बिक्री-वितरण गरिरहेको छ ।

नेपाली बजारमा टोयोटाको सबैभन्दा सस्तो कार ‘इटिओस लिवा’, के छन् विशेषता?

काठमाडाैं । जापनिज अटोमेकर कम्पनी टोयोटाको नेपालका लागि आधिकारीक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि.ले टोयोटाका विभिन्न मोडेलहरु नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ । नेपालमा पाइने टोयोटाका कारहरुमध्ये‘इटिओस लिवा’ सबैभन्दा सस्तो मोडेलको रुपमा रहेको छ जसको नेपाली बजार मूल्य रु. ३६ लाख ७० हजार तोकिएको छ । यस कारमा प्रयोग भएको ११९७ सीसी ४ सिलिण्डर डिओएचसि पेट्रोल इञ्जिनले ७९ बिएचपिको पावर र १०४ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १८.२ केएमपीएलको माइलेज दिन्छ । ५ सिटर यस कारको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ३८८४ मिलिमिटर, चौडाई १६९५ मिलिमिटर र उचाई १५१० मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १७० मिलिमिटर रहेको छ । त्यसैगरी ४५ लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यस कारको अगाडिको चक्काहरुमा डिस्क ब्रेक दिइएको छ भने पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएको छ । यस कारका सेफ्टि फिचरहरुको रुपमा दुईओटा एयरब्याग्स्, एबीएस सिस्टम, ईबीडी सिस्टम, सेन्ट्रल लकिङ्ग, चाइल्ड सिट लक, रिभर्स पार्किङ्ग सेन्सरजस्ता विशेषताहरु रहेका छन् भने कम्फर्ट फिचर्सका रुपमा एयर कण्डिसन, फोल्डिङ्ग सिट, हाइट एडजस्ट गर्नमिल्ने ड्राइवर सिट, हेड रेस्ट, कार कुसन जस्ता विशेषताहरु रहेका छन् । त्यसैगरी अन्य फिचरहरुको रुपमा यस कारमा आउटसाइड रियर भ्यू मिरर्स, नयाँ अप्टिट्रन कम्बिमिटर,१२ भोल्टको ब्याट्री, ठूलो क्याविन स्पेस र बुट स्पेसजस्ता विशेषताहरु रहेका छन् । कम्पनीले जनाए अनुसार अहिलेको विशेष अफर अनुसार यस कारको खरिदमा रु. दुई लाख नगद छुटको व्यवस्था गरिएको छ । टोयोटाको नेपालमा विक्री भइरहेको सवैभन्दा महँगो मोडेल चाहिँ ल्याण्ड क्रुजर एसयूभी हो जसको नेपाली बजार मूल्य भने रु. चार करोड ५२ लाख रहेको छ।

‘हिरोे एक्सपल्स २००’, नेपाली बजारमा सस्तो मूल्यमै स्तरीय एडभेन्चर बाइक

काठमाडाैं । हिरोको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्गले हिरोको नयाँ उत्पादन ‘एक्सपल्स २००’ लाई तीन लाख ८५ हजार रुपैयाँ मूल्य तोक्दै नेपाली बजारमा केहि दिन अघि बाटविक्री वितरण शुरु गरेको छ । ‘एक्सपल्स २००’ एउटा अफरोड मोटरसाइकल हो जसलाई भ्रमणमा जान रुचाउने युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको हो । हाइ माउण्टेड मडगार्ड, अफरोडिङ्ग नव्बी टायर्स, इञ्जिन गार्ड, विन्ड सिल्ड, माथिपट्टि लगाइएको एक्जस्ट पाइप र नकल गार्डस् लगायतका फिचर्सले यस बाइकलाई एउटा उत्कृष्ट अफरोड मेशिन बनाएको छ । यस बाइकको अफरोडिङ्ग विशेषतालाई ध्यानमा राखेर कम्पनीले यसमा २२० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स र त्यसैगरी अगाडि २१ इञ्चको र पछाडि भने १८ इञ्चको स्पोक व्हिल्स दिएको छ । यी ठूला चक्काहरुले जस्तोसुकै अप्ठ्याराहरुलाई पनि पार गरेर अगाडि बढ्न सक्छ । खास फिचरको रुपमा एक्सपल्स २०० मा ब्लूतुथ कनेक्टिभिटी र नेभिगेसनको फिचर सहितको फूल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । यस बाइकमा २०० सीसीको सिङ्गल सिलिण्डर, २ भल्भ, एयर–कुल्ड कार्बुरेटेड इञ्जिन समावेस गरिएको छ जसले १८.४ पिएसको पावर र १७.१ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ट्रान्समिशन ड्यूटीको काम चाहिँ ५–स्पिड गियरबक्सले गर्दछ । दुवै चक्कामा डिस्क ब्रेक दिइएको यस बाइकमा सेफ्टि फिचरका रुपमा सिङ्गल च्यानल एबीएस दिइएको छ । त्यसैगरीअगाडि १९० मिलिमिटर सस्पेन्सन ट्राभल भएको टेलिस्कपिक फर्क दिइएको छ भने पछाडि चाहिँ १०–स्टेप एड्जस्टेवल मोनोसक पनि दिइएको छ । सिएट टायर्स प्रयोग भएको हिरो एक्सपल्स २०० को निर्माण क्वालिटी मजबुत रहेको कम्पनीको दावी छ । यस बाइकले नेपाली बजारमा होण्डाको एक्सआर १५० एल, रोयल इन्फिल्डको हिमालयन, यामाहाको एक्सटिजेड १२५ जस्ता मोडेलहरुसँग प्रतिष्पर्धा गर्नेछ ।