हार्ले डेभिड्सनको इन्ट्रिलेवल मोटरसाइकल नेपालमा, मूल्य २३ देखि २७ लाख रुपैयाँ पर्ने

काठमाडाैं । हार्ले डेभिड्सनको इन्ट्रिलेवल मोटरसाइकल नेपाल भित्रिएको छ। हार्लेको इन्ट्रिलेवल मोटरसाइकल अन्तर्गत स्ट्रीट ७५० र स्ट्रीटरड ७५० नेपाली बजारमा भित्रिएको हो । आइएमई ग्रुपअन्तर्गत आइएमई अटोमोटिभ्सले नाडा अटोशो २०१८ बाट नेपालमा हार्लेको बिक्री वितरण सुरु गरेको थियो। यसअघि कम्पनीले आइरन८८३ र फ्याट व्यय मोटरसाइकल बिक्री गर्दै आइरहेको छ। ७५०सीसी सेग्मेन्टमा यो मोटरसाइकल २ भेरियन्टमा उपलब्ध रहेको छ। स्ट्रीट ७५० र स्ट्रीट रड ७५०। हाल यो मोटरसाइकल किन्न चाहने ग्राहकले बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ। स्ट्रीट ७५० र स्ट्रीट रड ७५०मा लिक्वीड कुल्ड, २ सिलिन्डर, ४भल्भ ७४९सीसी इन्जिन रहेको छ। स्ट्रीट ७५०को इन्जिनले ५९एनएम टर्क तथा ५३बीएच पावर जेनेरेट गर्छ। यस्तै स्ट्रीट रड ७५० को इन्जिनले ६३एनएमटर्क जेनेरेट गर्छ। यी दुवै मोटरसाइकलमा ६स्पीडको गियरबक्स जडान गरिएको छ । स्ट्रीट रड ७५०को लम्बाई २१३१एमएम, सिट हाइट७५६ एमएम, ग्राउन्ड क्लियरेन्स २०५ एमएम र ह्वीलवेस १५०८एमएम रहेको छ। स्ट्रीटरड ७५०को फ्रन्टमा ३०० एमएमको डबल र रियरमा २६०एमएमको सिगंल डिस्क ब्रेक रहेको छ। यस्तै स्ट्रीट ७५०को लम्बाई २२१४ एमएम, सिटहाइट ६५२ एमएम, ग्राउन्ड क्लियरेन्स १४४ एमएम र ह्वीलवेस १५१८ एमएम रहेको छ। स्ट्रीट ७५०को फ्रन्टमा २९२एमएम र रियरमा २६०एमएमको डबल क्यालिपर डिस्क ब्रेक रहेको छ । यी मोटरसाइकलमा बेल्ट राइड, आल्मुनियम अलोय ह्वील, टियरड्रप फ्यूल ट्याङक, बार-इन्डमिरर, एनालग स्पीडो मिटर, फ्यूल वार्निङ इन्डिकेटर, लो आयल इन्डिकेटर, पिलियन सिट, इन्जिन किल स्वीच, डिजिटल ट्रिप मिटरजस्ता विशेषता रहेका छन् । स्ट्रीट भर्जन नेपालमा उपलब्ध हार्ले मोटरसाइकलहरु मध्ये सबैभन्दा कम मुल्य को हो । विभिन्न कलर अप्सनमा ग्राहकको चाहाना अनुरुप कम्पनीले मोटरसाइकल भित्र्याउने जनाएको छ भने कलर अनुसार मोटरसाइकलको मूल्य समेत फरक हुनेछ । नेपाली बजारमा भित्रिएको हार्ले स्ट्रीटको सुरुवाति मूल्य २३ लाख र स्ट्रीट रड ७५०को सुरुवाति मूल्य २७ लाख रुपैयाँ रहेको छ ।

मोटरहेड बाइकको आठौं शोरुम दाङको तुलसीपुरमा

काठमाडाैं । मोटरहेड मोटरसाइकलले आफ्नो आठौं शोरुम दाङको तुलसीपुरमा खोलेको छ । मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले तुलसीपुरमा डाइनामिक अटोमोवाइल्स मार्फत् आफ्ना मोटरसाइकलहरु बिक्री वितरण गर्ने भएको छ । मोटरहेडले २२३ सीसीको टेक्कन २५०, २२३ सीसीकै स्पोर्ट २५०, २२३ सीसीकै स्क्र्याम्ब्लर २५०, १९९ सीसीको एम एच २००, १४९ सीसीको एम एच १५० र त्यसैगरी २२३ सीसीको एक्सटर्क गरी ६ ओटा मोडलका बाइकहरु नेपाली बजारमा बिक्री गर्दै आइरहेको छ । यी बाइकहरुमध्ये एम एच १५० मा ५ गियर रहेको छ भने बाँकी सबैमा ६ गियर रहेको छ । अमेरिकन कम्पनी मोटरहेडले उत्पादन गरेको यी बाइकहरुलाई चाइनिज कम्पनी फ्यूगो पावर्सले एसेम्वल गरेको हो । मोटरहेडका सम्पूर्ण मोडलहरुमा एल्युमिनियम मिसाइएको मेटल बढी भएको हुनाले खिया लाग्ने समस्या हुँदैन । त्यसैगरी यी मोडलहरु अफरोड बाइक हुन् तरपनि यिनीहरुको टायर पिच सडकलाई पनि हुने गरी तयार पारिएको छ ।

न्युहोल्याण्ड कन्स्ट्रक्शनकाे एक्स्चेन्ज स्कीमः मेसिन किन्न ज्याेति विकास बैंकबाट ८०% सम्म ऋण पाइने

काठमाडौं । राशी अटोमोबाइल्स प्रा.लि.ले न्युहोल्याण्ड एक्स्चेन्ज स्कीम सार्वजनिक गरेको छ । यो स्किम अन्तर्गत एक्स्चेन्ज गरी नयाँ न्युहोल्याण्ड ब्याकुलोडलर लिने ग्राहकले नयाँ मेसिनमा २ वर्ष सम्मको वारेन्टी पाउने कम्पनीले जनाएकाे छ ।  साथै, नयाँ मेसिन खरिद गर्ने ग्राहकलाई ज्योति विकास बैंकबाट ८० प्रतिशत सम्मको ऋण लिन सक्ने गरि बैंकसँग सम्झौता भएको राशी अटोमोबाइल्सका महाप्रबन्धक रामबाबु तिवारीले जानकारी दिए । उक्त स्कीम अन्तर्गत पुराना ब्याकुलोडरहरु ग्राहकहरुले साट्न सक्ने छन् । स्कीमबारे जानकारी दिदै राशी अटोमोबाइल्सका प्रबन्ध निर्देशक कपिल शिवाकोटीले यो एक्स्चेन्ज स्कीम अन्तर्गत पुरानो ब्याकुलोडर सञ्चालन गरिरहेका ग्राहकहरुले आफ्नो पुरानो ब्याकुलोडर राशी अटोमोबाइल्सको सातदोबाटो स्थित शो-रुममा दिएर नयाँ न्युहोल्याण्डको ब्याकुलोडर लिएर जान सक्ने बताए । यसरी एक्स्चेन्ज गर्दा पुरानो ब्याकुलोडर चालु अवस्थाको हुनुपर्ने तथा ग्राहकले पुरानो ब्याकुलोडरको सरकारले तिर्नु बुझाउनु पर्ने सबै करहरु तिरेको हुनु पर्नेछ । पुराना ब्याकुलोडरहरुलाई “ जति मोडेल-त्यती दाम ” अनुसार भ्याल्युएसन गरिने पनि कम्पनीले जनाएको छ । अर्थात, सन् २०१२ मा बनेको मेसिनलाई १२ लाख, सन् २०१३ मा बनेको मेसिनलाई १३ लाख, चौध मोडेलको लाई चौधलाख, पन्ध्र मोडेकोलाई पन्ध्र लाख हुने गरि मुल्याङन गरिने बिएस मोर्टसका निर्देशक अंकित भुषालले जानकारी दिएका छन् । । पुरानो ब्याकुलोडर साटेर नयाँ न्युहोल्याण्ड ब्याकुलोडर मेसिन लिएर जाने ग्राहकहरुलाई ग्राहकहरुकै घर दैलो सम्म निःशुल्क डेलिभरीको ब्यवस्था गरिएको र पुरानो ब्याकुलोडर पनि कम्पनीले कुनै शुल्क नलिई मेसिन रहेको स्थानबाट उठाएर लिएर जाने ब्यवस्था गरिएको जानकारी राशी अटोमोबाइल्सका योगेश काफ्लेले दिएका छन् ।